१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

तिहारमा काठमाडौँमै ४५ लाख वटा सयपत्री र मलमलीको माला खपत हुने अनुमान

तिहारमा काठमाडौँमै ४५ लाख वटा सयपत्री र मलमलीको माला खपत हुने अनुमान

नेपाल । यसपालिको तिहारमा काठमाडौँ उपत्यकामा ४० करोड रुपियाँ बराबरको पैतालिस लाख वटा सयपत्री र मलमलीको माला खपत हुने अनुमान गरिएको छ । तिहारको लक्ष्मीपूजाको दिनदेखि भाइटीकासम्म उपत्यकामा ठुलो सङ्ख्यामा मालाको खपत हुने गर्छ । तिहारमा सबैभन्दा धेरै ४० लाख वटा सयपत्री माला र पाँच लाख वटा मखमली माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । यस्तै गोदावरी फूलको समेत खपत उल्लेख्य परिमाणमा हुने गर्छ । फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारको पाँच दिनमा ४० करोड रुपियाँ बराबरको फूल र मालाको कारोबार हुने जानकारी दिनुभयो । सयपत्री र मखमली मालामा मुलुक आत्मनिर्भर भएको उहाँले जानकारी दिनुभयो । तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीका लगाउन सयपत्री मालाको खपत धेरै हुने गर्छ । मखमली मालाले स्थानीय माग पूरा गरेर विदेशमा समेत निर्यात हुने गरेको छ । विदेशमा रोजगारीका क्रममा नेपाली र...
पूर्वसभामुख महराबिरुद्ध साढे आठ करोड बिगोसहित मुद्दा दर्ता

पूर्वसभामुख महराबिरुद्ध साढे आठ करोड बिगोसहित मुद्दा दर्ता

नेपाल । भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दायर भएको छ । सङ्गठित अपराध र भन्सारसम्बन्धी दुई कसुरमा महराविरुद्ध मुद्दा दायर भएको हो । महराविरुद्ध दुई कसुरमा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपियाँ बिगो दाबी गरिएको छ । हाजिरी जमानतमा छुटेको डेढ वर्षपछि पक्राउ पर्नुभएका महराविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले दुई कसुरमा महराविरुद्ध मुद्दा दायर भएको बताउनुभयो । मुद्दा दायर भए पनि जिल्ला अदालतमा मङ्गलबारदेखि मात्र थुनछेक प्रक्रिया प्रारम्भ हुने छ । अदालतले थुनेछेकपछि थुनामै राख्न, धरौटी वा जमानतमा रिहाको आदेश गर्न सक्ने छ । २०७९ पुस १० मा फ्लाई दुबईबाट काठमाडौँ आएका चिनियाँ नागरिक दावाजिन वाङको साथमा शङ्कास्पद सुटकेस बरामद भएको थियो । सामग्री नै छाडेर ...
प्रधानमन्त्री कार्कीको नाममा चन्दा संकलन गरे कारबाही गरिने

प्रधानमन्त्री कार्कीको नाममा चन्दा संकलन गरे कारबाही गरिने

नेपाल । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले विभिन्न परियोजना कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सङ्कलन गरिरहेको भन्ने जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव, प्रवक्ता रविलाल शर्माले सोमबार विज्ञप्तिमार्फत विभिन्न जिल्ला तथा क्षेत्रहरूमा केही व्यक्ति वा समूहले प्रधानमन्त्री सुशीला कार्की र प्रधानमन्त्री कार्यालयको हवला दिँदै रकम वा आर्थिक दान माग एवं सङ्कलन गरिएकोप्रति ध्यानाकर्षण भएको बताउनुभएको हो । विज्ञप्तिमा प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको र यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कार्...
काँग्रेस, एमाले र माओवादीका प्रमुख नेतालाई बिदाई गरौंः गगन थापा

काँग्रेस, एमाले र माओवादीका प्रमुख नेतालाई बिदाई गरौंः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् । यसैबीच उनले पुराना नेताहरूले बिदा लिनुपर्ने भन्दै अन्य दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तालाई पनि प्रमुख नेतालाई छाड्न अनुरोध गर्नुपर्ने बताएका छन् । नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने नभएको भन्दै आफूहरू पनि अनुपयुक्त भए छाड्न तयार रहेको जिकिर गरेका छन् ।...
एमालेको सचिवालय बैठकद्वारा मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय

एमालेको सचिवालय बैठकद्वारा मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय

नेपाल । नेकपा एमालेले मंसिर अन्तिम साता पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता पार्टीको ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए । तोडफोड र आगजनीका घटनामा संलग्नहरूलाई गृहमन्त्रीको दबाबमा रिहा गराइएको भन्दै ज्ञवालीले सुरक्षाको जोखिम पैदा भएको बताए । सुरक्षाकर्मीको मनोबल खस्काउने गरी गृहमन्त्रीले काम गरिरहेको उनको भनाइ छ । सरकार चुनाव गराउने बाटोमा नरहेको निष्कर्ष बैठकले निकालेको ज्ञवालीले जानकारी दिए । चुनाव गराउने विश्वसनीय आधार नदेखिएको भन्दै उनले संसद पुनः स्थापना गर्नुपर्ने आफूहरूको अडान यथावत रहेको जिकिर गरे ।...
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उनी अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य भएकाले उनी डिस्चार्ज भएका हुन् । उनी जेनजी प्रतिनिधिहरुसँग बैठकमा बसिरहेकै बेला बिरामी परेका थिए । ...
सुनकाण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

सुनकाण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

नेपाल । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसुरमा पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । सिआइबीका अनुसार २०७९–०९–१० गते प्लाई दुबइ को फ्लाइट नम्बर एफ जेट ०५८७ बाट नेपाल आएका चिनिया नागरिक राहदानी नम्बर इजे ६३५००३० वाहक एलआइ हेङसोङ ले २ वटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट भेप अवैध रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याउँदै गरेको अवस्थामा जफत भएको थियो। त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएकोमा कार्यालयका नायव सुब्बा रेवन्त खड्‌का समेतले आफ्नो जिम्मा र संरक्षणमा रहेको नेपाल सरकारको गोदाम (स्टोर) बाट दुईवटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान (सुन सहितको) ईलेक्ट्रिक सिगरेट भेपमा रहेको मूल्य (आठ क...
नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेपाल । नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै छ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो । सचिवालय बैठकमा ओलीको कार्यशैलीको आलोचना मात्र होइन राजीनामा नै माग भएको छ।
काँग्रेसले केन्द्रीय समितिको पूर्ण बैठक असोज २८ गते बस्ने

काँग्रेसले केन्द्रीय समितिको पूर्ण बैठक असोज २८ गते बस्ने

नेपाल । नेपाली काँग्रेसले केन्द्रीय समितिको पूर्ण बैठकको मिति सारेर २८ गतेबाट बस्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय समितिको बैठक यसअघि असोज २६ गते बोलाइएको थियो । त्यस्तै बैठकमा अधिवेशन विधि, प्रक्रियासम्मत गर्नेबारे पनि छलफल भएको छ । साथै प्रतिनिधिसभाको निर्वाचन र संसद् पुनःस्थापनाको विषयमा छलफल भएको छ । केन्द्रीय समितिमा छलफल गरेर निष्कर्ष निकाल्ने जनाइएको छ ।...
लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उहाँले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरूलाई सुझाव दिनुभएको हो । राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै राजनीतिक दलहरूमा कुनै द्विविधा वा अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए ‘देश कहाँ पुग्छ ?’ भन्ने स...