१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

अमेरिका, बेलालय, चीनसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय

अमेरिका, बेलालय, चीनसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय

नेपाल । अन्तरिम सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । फिर्ता हुने राजदूतहरुमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, वेलायत, अमेरिका र जापानका आवासीय राजदूत रहेका छन्। उनीहरुलाई कात्तिक २० गतेभित्र स्वदेश फर्किसक्न निर्देशन दिइएको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।...
भ्रष्टाचारी र सहकारी ठगलाई कारबाही गर्ने प्रधानमन्त्री कार्कीको दृढता

भ्रष्टाचारी र सहकारी ठगलाई कारबाही गर्ने प्रधानमन्त्री कार्कीको दृढता

नेपाल । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने स्पष्ट पारेकी छन् । यसका लागि सूचना संकलन तीव्र पारेको उनले संकेत गरेकी छन्। सहकारी ठगी गरेर हिँड्नेहरूमा नक्कली डिभोर्स गर्नेहरूसम्म रहेको उनले बताएकी छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले सरोकारवालासँग छलफल गरिन् । छलफलमा सहकारी मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ,संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका पदाधिकारी सहभागी थिए । सुनका घडी लगाउने, महँगा गाडी चढ्ने सहकारी ठगहरूलाई कुनै हालतमा छाड्न नहुने उनले बताइन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उनले कानुनमा समस्या भए संशोधन गर्न भनेकी छन् । उनले ...
मधेस प्रदेशको मुख्यमन्त्री पदमा जितेन्द्र सोनल नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्री पदमा जितेन्द्र सोनल नियुक्त

नेपाल । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल बुधबार मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नयाँ नेतृत्वका लागि आज दिउँसो ४ः०० बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोक्नु भएकामा बिहान कांग्रस एमालेबाहेकको छ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो । सोनलले लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो । संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पुर्...
महरालाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

महरालाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

नेपाल । भन्सारसम्बन्धी कसुर र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश गरेको हो । जिल्लाको आदेशउपर महराले माथिल्लो अदालतमा निवेदन दिन पाउनुहुने छ । तत्काल प्राप्त प्रमाणका आधारमा महरा निर्दोष रहेरभएको अवस्थाको विद्यमानता नदेखिएको भन्दै अदालतले थुनामै राख्न आदेश गरेको हो । अदालतको आदेश अनुसार महरालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिनुभयो । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा दुई कसुर आकर्षित गर्दै जिल्ला सरकारी वकिल कार्यालयले सोमबार महराविरुद्ध मुद्दा दायर गरेको थियो । मङ्गलबारदेखि थुनछेक प्रक्रिया सुरु भएको थियो । महराविरुद्ध दुई कसुरमा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपियाँ ब...
सामाजिक सञ्जालले भन्दैमा नेतृत्व नछाड्ने ओलीको उद्घोष

सामाजिक सञ्जालले भन्दैमा नेतृत्व नछाड्ने ओलीको उद्घोष

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आदेश दिए नेतृत्व छाड्न तयार रहेको बताउनुभएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारबाट सुरु भएको एमालेको दसौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालले भन्दैमा भने नेतृत्व नछाड्ने बताउनुभयो । “पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीसाथ नेतृत्व छाड्न तयार छु । तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ, सामाजिक सञ्जालमा कसैले भन्दैमा नेतृत्व छाड्ने होइन ।” अध्यक्ष ओलीले थप्नुभयो, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो । कमिटीले भनेका बेला एकदम खुसीसाथ नेतृत्व छोड्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन ।” उहाँले जेनजी आन्दोलनबारे टिप्पणी गर्दै राष्ट्रिय झन्डा बोक्नेले सिंहदरबारमा आग...
पूर्णबहादुर खड्कालाई नेपाली काँग्रेसको कार्यवाहक सभापतिको जिम्मा

पूर्णबहादुर खड्कालाई नेपाली काँग्रेसको कार्यवाहक सभापतिको जिम्मा

नेपाल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका छन्। जेनजी आन्दोलनमा भएको आक्रमणबाट घाइते भएको एक महिनापछि मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमार्फत् सार्वजनिक भएका देउवाले पार्टीको महाधिवेशन पनि नियमित समयमै हुने बताए । ‘मेरो स्वास्थ्यको कारणले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रुपमा काम गर्नेगरी तोकेको छु । उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले भने, पार्टीको विधान अनुसार तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ।’...
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु हुँदै

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु हुँदै

नेपाल । नेकपा (एमाले) १०औँ केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा तीन दिनसम्म बैठक चल्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने छ । एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनःस्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने पनि गौतमले बताए । एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको तयारी छ । ...
तिहारको भाइटीकाको साइत कात्तिक ६ गते ११ः३९ बजे

तिहारको भाइटीकाको साइत कात्तिक ६ गते ११ः३९ बजे

नेपाल । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन ध...
आवश्यक अध्ययन गरेर मात्रै बस्ती विकास गर्नु पर्छः मन्त्री घिसिङ

आवश्यक अध्ययन गरेर मात्रै बस्ती विकास गर्नु पर्छः मन्त्री घिसिङ

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस—२०२५ का अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै आज उहाँले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष विपद्को सामना गरिरहनुपरेको भन्दै यसका लागि प्रभावकारी व्यवस्थापन र सूचना प्रणाली आवश्यक रहेको बताउनु भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रम समापनमा मन्त्री घिसिङले भन्नुभयो,“नदी प्रणाली र जल व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा विपद् व्यवस्थापनमा समस्या देखिएको छ । खाद्य सुरक्षा र खोला किनारामा भएको अव्यवस्थित बस्ती विकासले विपद् व्यवस्थापनलाई चुनौती दि...
जेनजी आन्दोलनपछि पहिलो पटक देउवा केन्द्रीय समिति बैठकमा सहभागी हुँदै

जेनजी आन्दोलनपछि पहिलो पटक देउवा केन्द्रीय समिति बैठकमा सहभागी हुँदै

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार शुरु हुँदैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति शेरबहादुर देउवा पनि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि बाहिर नदेखिएका देउवा बैठकमा सहभागी हुने भएका हुन् । मंगलबार नै पार्टीको विशेष महाधिवेशनका निम्ति हस्ताक्षरसहितको प्रस्ताव दर्ता हुँदैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको बताइएको छ। ...