१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

पार्टीमा पुस्तान्तरणसहित काँग्रेस नेता प्रदीप पौडेलले राखे ५१ पृष्ठ लामो प्रस्ताव

पार्टीमा पुस्तान्तरणसहित काँग्रेस नेता प्रदीप पौडेलले राखे ५१ पृष्ठ लामो प्रस्ताव

नेपाल । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टी पुस्तान्तरणसहित रूपान्तरणको प्रस्ताव अघि सारेका छन् । जारी केन्द्रीय समिति बैठकमा पार्टी पुनर्गठनको लागि ५१ पृष्ठ लामो प्रस्ताव राखेका हुन् । प्रस्तावमा भनिएको छ, ‘योगदानको कदर गर्दै सबैलाई उचित भूमिका दिँदै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको स्वभाविक प्रक्रियालाई कार्यान्वयनमा ल्याउन ढिला गर्न हुँदैन । नेतृत्व पुरानो पुस्ताबाट नयाँ पुस्तामा सर्ने विषय प्राकृतिक कुरा हो, सास्वत सत्य हो ।’ पुरानो पुस्ताले अस्वभाविक लामो समय नेतृत्व गरिरहने हो भने समाजमा नयाँ पुस्ताको भूमिका कमजोर बन्न गई समग्र स्थानान्तरण तथा विकास प्रक्रिया नै अवरुद्ध हुन पुग्ने उल्लेख छ ।...
रास्वपाका चार नेता सचिवालय सदस्यमा मनोनीत

रास्वपाका चार नेता सचिवालय सदस्यमा मनोनीत

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । भर्चुअल रूपमा बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम , गणेश पराजुली , शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको हो । चारै जनालाई कार्यबाहक सभापति डिपि अर्यालले मनोनीत गरेका हुन् ।
काठमाडौँका विभिन्न स्थान भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध

काठमाडौँका विभिन्न स्थान भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध

नेपाल । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ । विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरुमा आजदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, सामाखुशी जाने मोडदेखि १०० मिटर...
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मी...
एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय

नेपाल । नेकपा (एमाले) ले पार्टीको ११औँ महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ। शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहित प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन समेत सुझावसहित पारित गरिएको छ । उनले जेनजी पुस्ताले अघि सारेका माग पूरा गर्न प्रतिनिधिसभा पुनःस्थापनको मुद्दालाई अघि बढाउने निर्णय गरिएको पनि बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको कारण पनि एमाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएको दावी गरे । सरकारले मुठभेटको वातावरण बनाइरहेको, नेताहरूको चरित्र हत्या गरेको, सन्देहास्पद पात्रहरू दलका नेतालाई भौतिक हमला गर्न खोजिरहेको र चुनावी परिणाम पनि नस्विकार्ने चेतावनी दिइरहेको अवस्थामा निर्बाधपूर्वक मत...
तिहार अर्थात् यम पञ्चक शनिबारदेखि सुरु

तिहार अर्थात् यम पञ्चक शनिबारदेखि सुरु

नेपाल । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आज शनिबारदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । काग तिहार भने आइतबार परेको उहाँले बताउनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात...
कांग्रेसको केन्द्रीय समिति बैठकमा नियमित अधिवेशनको मिति तय गर्नेबारे छलफल

कांग्रेसको केन्द्रीय समिति बैठकमा नियमित अधिवेशनको मिति तय गर्नेबारे छलफल

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नियमित अधिवेशनको मिति तय गर्नेबारे छलफल भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा जारी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले सो जानकारी दिनुभयो । प्रवक्ता डा। महतले भन्नुभयो, “अधिवेशन चाँडोभन्दा चाँडो कसरी गर्न सकिन्छ, त्यो व्यवहारिक पनि होस्। गर्न सक्ने पनि होस्, सबैको सहभागीता पनि सुनिश्चित होस्। विधि, प्रक्रिया पनि राम्रोसँग फलो गरियोस्, त्यस किसिमबाट अधिवेशन कहिलेसम्म गर्न सकिन्छ केन्द्रीय समितिबाट निर्णय लिनुपर्छ भन्ने कुरा साथीहरुले राख्नुभएको छ ।” उहाँले आजको बैठकमा डा। शेखर कोइरालासहित सात जना केन्द्रीय सदस्यले आ–आफ्नो राय राख्नुभएको जानकारी दिनुभयो । उहाँका अनुसार असोज २८ गते बैठकमा पार्टी सभा...
सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितको समस्या समाधानका लागि पहल लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्कटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारीपीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका पदाधिकारीलाई एकै ठाउँमा राखेर प्रधानमन्त्री कार्कीले सिंहदरबारमा छलफल गर्नुभएको थियो । सो क्रममा उहाँले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताउनुभयो । “ठगेर खानेलाई छाड्न मिल्दैन। बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौँ, जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ”, प्रधानमन्त्रीले भन्नुभयो, “अहिले नै गर्न...
सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

नेपाल । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए । उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरेका थिए । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा थिए । उनको काठमाडौँ कपनस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।...
निर्वाचन आयोगमा बुद्ध एयरका मालिकसहितले गरे नयाँ दल दर्ता

निर्वाचन आयोगमा बुद्ध एयरका मालिकसहितले गरे नयाँ दल दर्ता

नेपाल । नेपालको ख्यातिप्राप्त निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत केन्द्रीय सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । दलको अध्यक्ष दिनेशराज प्रसाईं हुनुहुन्छ । सो दलले बुधबार दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार गतिशील लोकतान्त्रिक पार्टीको निवेदन बुधबार दर्ता भएकामा कागजात अध्ययन तथा छानबिन भइरहेको छ । सात जना पदाधिकारी तथा २२ जना केन्द्रीय सदस्य गरी २९ जनाको केन्द्रीय समिति रहने सो दलले प्रस्ताव गरेको छ । सो दलले निवेदन दर्ता गराएसँगै आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको दलको सङ्ख्या चार पुगेको छ । हाल आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या १२४ छ ।...