१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

नेपाल । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा पुर्याएको बेला मृत्यु भएको हो । मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट नगरपालिका १ कि १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते हुनेमा आठविसक...
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

नेपाल  । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ बजेको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।...
राष्ट्रिय सभाका अध्यक्ष दाहाल र अस्ट्रेलियाका सभामुखबिच शिष्टाचार भेट

राष्ट्रिय सभाका अध्यक्ष दाहाल र अस्ट्रेलियाका सभामुखबिच शिष्टाचार भेट

अमेरिका । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को १५१ अ‍‍ौँ महासभाको सन्दर्भमा जेनेभामा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष दाहालले अस्ट्रेलियन सभामुखसँग भेट गर्नुभएको हो। भेटमा दुई देशबिचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल भएको छ । अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा जलवायु परिवर्तनको सामना, नवीकरणीय ऊर्जा, स्थानीय सुशासन लगायतका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो। १ लाख ८० हजार बढी नेपालीहरू अस्ट्रेलियामा रहेको भन्दै अध्यक्ष दाहालले ६० हजार बढी विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको स्मरण गराउनुभयो । अस्ट...
बिहीबार तिहारको मुख्य दिन भाइटीका

बिहीबार तिहारको मुख्य दिन भाइटीका

नेपाल । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । उक्त दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देव...
राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

नेपाल । सरकारले हालै अमेरिका, बेलायत, चीन लगायत विभिन्न ११ मुलुकमा कार्यरत नेपाली राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। पत्रकार सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । सर्वोच्च अदालतले उक्त रिटमा कात्तिक ९ गतेका लागि पेसी तोकेको छ । रिटमा मन्त्रिपरिषद्ले ३० असोज ३० गते गरेको राजदूत फिर्ता निर्णय संविधान र कानुनविपरीत रहेको बताउँदै निर्णय कार्यान्वयन नगर्न–नगराउन सर्वोच्चसँग अन्तरिम आदेशको माग गरिएको छ । रिट निवेदनमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकार केवल चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने म्यान्डेटसहित गठन भएकाले दैनिक प्रशासनिक कामबाहेक दूरगामी राजनीतिक र कूटनीतिक असर पार्ने निर्णय गर्न संविधानले...
अमेरिका भाग्यो भनेर दाबी गरेका पूर्वऊर्जामन्त्री खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक

अमेरिका भाग्यो भनेर दाबी गरेका पूर्वऊर्जामन्त्री खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक

नेपाल । देश छोडेर अमेरिका भाग्यो भनेर गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेको एकदिपछि निवर्तमान ऊर्जामन्त्री दीपक खड्का आफ्नै निवासमा सोमबार बिहान सार्वजनिक भएका छन् । जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा उनी सार्वजनिक भएका हुन्। गृहमन्त्री अर्यालको अभिव्यक्तिलाई खण्डन गर्दै खड्का भिडियोमार्फत काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।...
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक होः राष्ट्रपति पौडेल

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक होः राष्ट्रपति पौडेल

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गर्नुभएको छ । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सोमबार एक सन्देश जारी गर्दै उहाँले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो । “नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ”, राष्ट्रपतिले सन्देशमा भननुभएको छ । राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भ...
तिहारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना

तिहारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा शुभकामना

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा सोमबार जारी गर्नुुभएको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उक्त शुभकामना व्यक्त गर्नुभएको हो । “कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो” शुभकामना सन्देशमा भनिएको छ,“तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔंँ ।” प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र यसका निम्ति राजनीतिक संवाद र सुरक्षास्थिति सुधारको काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको...
धन धान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिंदै

धन धान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिंदै

नेपाल । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो,...
नेपालमा ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने निर्णय

नेपालमा ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने निर्णय

नेपाल । नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको छ । प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सन्चालक सङ्घका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच भएको बैठकको सहमतिअनुसार भाडा छुटको निर्णय भएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ । सहमतिअनुसार ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी ७५ वर्षभन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ । फरक क्षमता भएका यात्रुका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गरिने भएको छ । प्राधिकरणले सहमति भएका व्यवस्था आइतबारदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ ।...