१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

नक्कली भुटानी शरणार्थी ठगी कसुरमा संलग्न खरेल पक्राउ

नक्कली भुटानी शरणार्थी ठगी कसुरमा संलग्न खरेल पक्राउ

नेपाल । नक्कली भुटानी शरणार्थी ठगी कसुरमा सङ्लग्न फरार प्रतिवादी निराजन भन्ने निरन्जन कुमार खरेल पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९–८० दर्ता भएको ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरको अनुसन्धानको क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनी ठगी कसुरमा सङ्लग्न भइ नगद तथा चेकमार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी, कीर्ते र सङ्गठित अपराधनमा सङ्लग्न रही भागी फरार भएका थिए । रौतहट फतुवा हर्साह–९ स्थायी वतन भएका वर्ष ४२ को खेलललाई गोप्य सूचनाका आधारमा पक्राउ गरी थप आवश्यक कारवाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरिएको प्रहरीले जनाएको छ ।...
नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित

नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित

नेपाल । नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको २०२६ का लागि उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् । १५ वर्षपछि उनी अन्तर्राष्ट्रिय जेसिसको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । थापाले धैर्य, कडा परिश्रम र निरन्तरताले उपाध्यक्षमा निर्वाचित हुन सफल भएको बताइन् । नेपाल जेसीजले पछिल्लोपटक सन् २०११ मा अन्तराष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो । ‘अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्षको रूपमा सिनेटर रजनी थापाको चयन नेपाल जेसीजको लागि ऐतिहासिक पुनरागमन हो । यो उपलब्धिले नेपालको युवा नेतृत्व क्षमता, प्रतिबद्धता र अन्तर्राष्ट्रिय स्तरमा सशक्त उपस्थिति पुनः स्थापित गरेको छ । उहाँको सफलता नेपाली महिलाको क्षमता, परिश्रम र नेतृत्व योग्यताको प्रतीक बनेको छ’, जेसीज नेपालले भनेको छ । विश्वभरका सक्रिय र जिम्मेवार युवा नागरिकहरूको नेतृत्व विकास गर्ने संस्थाको रुपमा परिचित ज...
गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

नेपाल । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको प्रस्तावमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगाय...
नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

नेपाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशका सबै प्रदेशमा एकता सन्देश सभा सञ्चालन गर्ने भएको छ । साथै आगामी निर्वाचनका तयारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले तीन बुँदे निर्णय गर्दै सङ्गठन र जनपरिचालनलाई अझ सशक्त बनाउने निर्णय गरेको हो । प्रवक्ता अग्नी प्रसाद सापकोटाद्वारा जारी प्रेस नोटअनुसार, पहिलो निर्णयमा सबै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रमहरू सञ्चालन गर्ने भनिएको छ । दोस्रो बुँदामा घोषणा गरिएको निर्वाचन तयारीसम्बन्धी कार्यहरूलाई व्यवस्थित, प्रभावकारी र अभियानका रूपमा अघि बढाउने उल्लेख छ । तेस्रो बुँदामा पार्टीका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई समन्वयमा ल्याई जनपरिचालन कार्यक्रम सञ्चालन गर्न निर्देशन गरिएको छ । पार्टीले जारी प्रेस नोटमा देशभर जनसंगठनहरूबीच ए...
रास्वपालाई वैचारिक धारको पार्टी बनाउनु पर्ने तोसिमा कार्कीको माग

रास्वपालाई वैचारिक धारको पार्टी बनाउनु पर्ने तोसिमा कार्कीको माग

नेपाल । रास्वपा केन्द्रीय सदस्य तोसिमा कार्कीले चितवनमा भएको पार्टी बैठकमा रास्वपालाई वैचारिक धारको पार्टी बनाउनु पर्ने माग धारणा राखेकी छिन् । उनले पार्टीलाई बु्झाएको लिखित मार्गचित्रमा हालसम्मको राजनीतिक परिदृश्यमा वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण प्रबल रहेको देखिएको र तीमध्ये कम्युनिज्म, समाजवाद, सोसल डेमोक्रेसीको नारा भजाई गैरचरित्रबाट देशलाई ब्रम्हलुट भइरहेको यथार्थ रहेको बताएकी छिन् । उनले देशको आर्थिक समुन्नति, स्वास्थ्य, शिक्षा, रोजगारी तथा प्राविधिक क्रान्ति साथै सांस्कृतिक स्वाभिमानको एजेण्डा स्थापित हुन नसकेको र देशलाई वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणमा फस्न नदिई लोककल्याणकारी राज्यको अवधारणा स्थापित गर्न रास्वपाले आफूलाई स्पष्टसँग मध्यमार्गी राजनीतिक पार्टीका रूपमा नयाँ ध्रुवीकरणको नेतृत्व गर्नेगरी रास्वपा अघि बढ्नु पर्ने बताएकी छिन् । उनले महाधिवेशनका लागि सकारात्मक वातावरण...
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलद्वारा १ महिना नपुग्दै पदबाट राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलद्वारा १ महिना नपुग्दै पदबाट राजीनामा

नेपाल । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । मधेश प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री सोनालले राजीनामा दिएको घोषणा गरेका हुन् । शनिबार प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो । तर, उनले राजीनामा दिएका हुन्। लोसपाका सोनल जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायतको समर्थनमा मुख्यमन्त्री बनेर असोज ३० गते शपथ लिएको थिए । उनलाई समर्थन गरेका जनमत पार्टी विभाजन भएपछि विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएका हुन् ।...
नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री अफताव आलमको निधन

नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री अफताव आलमको निधन

नेपाल । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौँको सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहनुभएका आलमको शनिबार बिहान २ः०० बजे निधन भएको हो । आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आलमको उपचारका क्रममा शनिबार निधन भएको अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले जानकारी दिनुभयो । आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो । विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री हुनुभएको थियो । त्यसपछि उहाँ २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित हुन...
कुलमानले हटाएका प्राधिकरणका निवर्तमान एमडी शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

कुलमानले हटाएका प्राधिकरणका निवर्तमान एमडी शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबार उक्त विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा भनिएको छ, “अन्तरवस्तु र प्रस्तुत रिट निवेदनको तथ्य, कानुनी प्रश्नलगायतका विषयहरू समान भएको र प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेशको माग गरेको विषयमा प्रस्तुत मुद्दाको अन्तिम सुनुवाइ र निर्णय हुँदा रिट निवेदकले उठाएको संवैधानिक एवं कानुनी प्रश्नमा आवश्यक व्याख्या भई निरुपण र सम्बोधन हुनसक्ने विषय देखिए समेतबाट ती सम्पूर्ण मुद्दाहरू र प्रस्तुत मुद्दासमेत साथै रात्रि निर्णय गर्नु उपयुक्त र आवश्यक हुँदा हाल निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन”, अदालतले आगामी मङ्सिर ९ गतेका लाग...
सौराहामा रास्वपाको विस्तारित बैठक सुरु

सौराहामा रास्वपाको विस्तारित बैठक सुरु

नेपाल । शुक्रबारदेखि रास्वपाको विस्तारित बैठक सौराहामा सुरु भएको छ । विस्तारित बैठक सुरु हुनुअघि पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको थियो । पार्टीका प्रवक्ता मनीष झाका अनुसार कार्यतालिकासँगै पार्टीको आन्तरिक र राजनैतिक विषयमा छलफल भएको हो । केन्द्रीय समितिको बैठकपछि विस्तारित बैठक सुरु भएको उहाँले बताउनुभयो । दुई दिन चल्ने बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधिसम्बन्धी प्रतिवेदन पेस गरेका छन् । विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि प्रतिबद्धता पत्रको मस्यौदा पेस गर्नुहुनेछ । बैठकमा प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्था बारेमा धारणा राख्नुहुनेछ...
बालेन साहविरुद्ध राष्ट्रिय युवा संघले साइबर ब्यूरोमा दियो उजुरी

बालेन साहविरुद्ध राष्ट्रिय युवा संघले साइबर ब्यूरोमा दियो उजुरी

नेपाल । राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । प्रमुख साहले केही दिनअघि नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न भोटाहिटीस्थित ब्युरोका कार्यालयमा पुगेर सङ्घले बिहीबार उजुरी दिएको हो । संघका उपाध्यक्ष महाराज गुरूङले आफूहरुले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी दिएको र उहाँहरुले कानुनी अवस्था अध्ययन गरेर निर्णय गर्ने बताउनुभयो जानकारी दिनुभयो ।...