१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन

निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग हालसम्मको प्रगतिबारे जानकारी लिँदै उक्त निर्देशन दिएकी उनको सचिवालयले जनाएको छ । निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा यही कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञसदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख सदस्यसचिव छन् । ...
मतदाता नामावली दर्ता गर्न आयोगको आग्रह

मतदाता नामावली दर्ता गर्न आयोगको आग्रह

नेपाल । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ। कात्तिक मसान्तसम्म नामावलीमा नाम दर्ता गर्न पाइने छ । आयोगले मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरू मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन आग्रह गरेको हो । आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर सो मितिसम्म १८ वर्ष नपुगेका नागरिकहरू आगामी निर्वाचनमा मतदान गर्न योग्य नहुने हुँदा उनीहरूले निर्वाचन सम्पन्न भएपछि मात्र मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। नाम दर्ता स्थलहरूमा सेवाग्राहीको अधिक चाप देखिएपछि सहज सेवा प्रवाहका लागि विशेष व्यवस्था गरिएको आयोगले जनाएको छ । जेनजी आन्दोलन पछि बनेको सरकारले फागुन २१ गते निर्वाचनको मिति यसअघि नै घोषणा गरेको छ ।...
मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

नेपाल । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ । “मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९/८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनका लागि स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेस गरिनेछ”, ...
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

नेपाल । कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले सोमबार परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ । उत्पादनमूलकतर्फ ६७ हजार २९७ ले परीक्षा दिने छन्। परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ । शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ । तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने छ । दक्षिण कोरिया...
संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो निर्वाचनः गगन थापा

संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो निर्वाचनः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो निर्वाचन भएको र यसमा कुनै द्विविधा नरहेको बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पार्टीभित्र हस्ताक्षर भइरहेको अवस्थामा महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा गरेका हुन् । उनले संसद पुनर्स्थापना भन्दा ताजा जनादेश नै उपयुक्त बाटो भएको आशय व्यक्त गरेका हुन् । थापाको स्टाटसः फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन। नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा हो...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्ण नियुक्त हुँदै

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्ण नियुक्त हुँदै

नेपाल । सरकारले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकलेमधेश प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्नका लागिसमेत राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।...
भीम रावल पनि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै

भीम रावल पनि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै

नेपाल । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा मिसिने भएका छन् । बुधवार काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमकाबीच उनी नेपाली कम्युनिष्ट पार्टीमा मिसिन लागेका हुन् । नेकपा एमालेले उनलाई निष्कासन गरेपछि मातृभूमि जागरण अभियान चलाएका थिए । रावललाई नेकपामा छैटौँ वरियता दिने सहमति भएको छ । रावलले प्रचण्ड र माधव नेपालसहित आफूनिकट नेताहरूसँग छलफल गरेर एकता प्रक्रियामा जान तयार भएका हुन् । उक्त कार्यक्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गर्ने नेता प्रकाश ज्वालाले बताए ।...
नेकपा एसकी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेमा फर्किइन्

नेकपा एसकी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेमा फर्किइन्

नेपाल । नेकपा (एमाले) ले पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ । राष्ट्रिय सभा गृहमा सोमबार आयोजित विशेष समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्कनुभएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै घरमा स्वागत गर्नुभयो । कार्यक्रममा एकीकृत समाजवादीमा लाग्नुभएका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाउनुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता तथा कार्यकर्ताहरू ठुलो सङ्ख्यामा एमालेमा फर्कनुभएको छ । कार्यक्रममा फर्किएका नेताहरूको नाम सार्वजनिक गरियो । पार्टीका शीर्ष नेताहरूले यो अभियानलाई सङ्गठनभित्र पुनः एकताको सुरुवातका रूपमा व्याख्या गर्नुभएको छ। अध्यक्ष ओलीले एमालेमा फर्किएकाहरूलाई उत्साहप...
नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औँ प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । यो निर्णय यही कात्तिक २७ गतेदेखि लागु हुने छ । महानिरीक्षकको पहिलो दाबेदारका रूपमा रहनुभएका कार्की २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना हुनुभएको थियो । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा रहेको ३० बर्से सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसअघि नै सरकारले नयाँ नेतृत्व चयन गरेको हो । नवनियुक्त महानिरीक्षक कार्कीले अब कात्तिक २७ गतेबाट औपचारिक रूपमा प्रहरी कमान्ड समाल्नु हुने छ । ...
शिक्षक, प्राध्यापक र कर्मचारीका सङ्गठनलाई मान्यता दिन्नः शिक्षामन्त्री पुन

शिक्षक, प्राध्यापक र कर्मचारीका सङ्गठनलाई मान्यता दिन्नः शिक्षामन्त्री पुन

नेपाल । शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ । आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गराइएको बारे’ विर्षकको एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै शिक्षामन्त्री पुनले यस्तो जानकारी गराउनुभएको हो । शिक्षामन्त्री पुनले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँदछु ।’ उहाँले शिक्षक महासङ्घ, प्राध्यापक सङ्घलगायत शिक्षा क्षेत्रमा क्रियाशील सङ्घ सङ्गठनलाई गैरराजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्...