१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छुः प्रधानमन्त्री

एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छुः प्रधानमन्त्री

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताउनु भएको छ। द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिनुभयो । आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको सञ्जाल हो । सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्याङ्कन गर्न काठमाडौँ आइपुगेको छ । लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरु विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरुले बताउनु भयो । सरकारले आगामी फागुन २१ गते तोकिएको नि...
काँग्रेस बैठकमा नेताहरुले राखे त्रुटि स्वीकारेर क्षमायाचना गर्नुपर्ने धारणा

काँग्रेस बैठकमा नेताहरुले राखे त्रुटि स्वीकारेर क्षमायाचना गर्नुपर्ने धारणा

नेपाल । नेपाली कांग्रेसका नेताहरूले भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश असाधारण परिस्थितिमा रहेकाले यसको पृष्ठभूमिका गहिराइसम्म पुगेर समाधान खोज्नुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्ने केन्द्रीय सदस्यहरूले जेनजी विद्रोहका सन्दर्भमा गहन समीक्षा गरी त्रुटि स्वीकारेर क्षमायाचना गर्नुपर्ने बताउनुभएको हो । नेताहरूले भावी कार्यदिशा निर्धारण गर्नुपर्ने ऐतिहासिक दायित्व पनि कांग्रेसमाथि रहेको र यो निर्णय पार्टी र लोकतन्त्रसँग समग्र राष्ट्रिय एकता र भविष्यसँग जोडिने बताउनुभयो । केन्द्रीय सदस्यहरूले कांग्रेसभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि गर्नुभएको छ । नेताहरूले १५ औँ महाधिवेशनको कार्यताल...
गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्छ !

गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्छ !

नेपाल । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भावी प्रधानमन्त्रीका रूपमा पार्टीले गगन थापालाई अघि सारेर चुनावमा जानुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा सहमहामन्त्री मन्सुरले जनताको चाहना र नेताको प्रभावका आधारमा गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जानुपर्ने बताएका हुन् । । महामन्त्री थापाको सक्रियताले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनका लागि हस्ताक्षर सम्भव भएको उनले बताए । सहमहामन्त्री मन्सुरले संस्थापन पक्षबाट भनि आएको महाधिवशेनको कार्यतालिकाप्रति आफ्नो समर्थन नरहेको बताए ।...
जाँचबुझ आयोगसमक्ष बयानका लागि रविलाई सिंहदरबार ल्याइयो

जाँचबुझ आयोगसमक्ष बयानका लागि रविलाई सिंहदरबार ल्याइयो

नेपाल । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइयो । जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई ल्याइएको हो । उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गरेको थियो । यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए । आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ ।...
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित विभिन्न दश वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) लगायत वाम पार्टीबिच एकता घोषणा गरिएको हो । एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यक...
रामकुमारी झाँक्री नेकपा एमालेमा फर्कंदै

रामकुमारी झाँक्री नेकपा एमालेमा फर्कंदै

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता रामकुमारी झाँक्री र निवर्तमान सांसद किसान श्रेष्ठले नेकपा एमालेमा फर्कने घोषणा गरेका छन् । झाँक्रीसहितको पत्रकार सम्मेलनमा नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले)ज मा फर्कन लागेको जानकारी दिनुभएको हो । अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै आफूहरू दुवैतिर नलागी आफ्नै पुरानो घर फर्कन लागेको जानकारी दिनुभयो । आफूहरू एमाले प्रवेश गर्न लागेको नभई आफ्नो घर फर्कन लागेको उहाँको भनाइ थियो । “हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा (एमाले) मा प्रवेश होइन कि घर फर्कने अभियानमा जुटेका छौँ,” उहाँले भन्नुभयो । एमालेमा आफूहरू कुनै पदको आस गरेर जान नलागेको उहाँले स्पष्ट पार्नुभयो । “हामी घर फर्कने क्रममा एमालेसँग वार्ता संवादमा छौँ, देशभरिका नेता कार्...
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट बिहीबार स्वदेश फर्कंदै

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट बिहीबार स्वदेश फर्कंदै

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर बिहीबार अपराह्न स्वदेश फर्किँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो । सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरणm गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो ।...
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच बुधबार एकता हुँदै

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच बुधबार एकता हुँदै

नेपाल । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न ९ दल र समूहबीच बुधबार एकता हुने भएको छ । एकताका लागि अगुवाइ गरेको माओवादी केन्द्रले ती दलहरुसँगको एकता प्रस्तावलाई पार्टीको केन्द्रीय तहबाट मंगलबार अनुमोदन गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी बाहेक जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी तथा पूर्व माओवादी नेता गोपाल किराँती समूहबीच एकता हुने भएको हो । माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले सबै घटकको सहभागितामा राष्ट्रिय सम्मेलनबाट एकता घोषणा गरिने जानकारी दिए । एकीकृत पार्टीले नेपाली विशेषताको वैज्ञानिक समाजवाद कार्यक्रमलाई अघि बढाउने भएको छ। घोषणा बुधबार बिहान ११ बजे हुनेछ । साथै उनले एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने समेत बताए । एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र स...
नेपाल प्रहरीका ५ जना डीआईजीमा बढुवा

नेपाल प्रहरीका ५ जना डीआईजीमा बढुवा

नेपाल । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका छन् । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरिएको हो । गृह मन्त्रालयका अनुसार भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा गरिएको हो । गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा केही दिन अघि बसेको बढुवा समितिले उनीहरूको नाम सिफारिस गरेको थियो । ...
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय

नेपाल । सरकारले जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ । त्यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताए । विपद् संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।...