१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

प्रधानमन्त्री सुशीला कार्कीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

प्रधानमन्त्री सुशीला कार्कीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण बुझाउनु भएको छ । प्रधामन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानीस महिला, बालबालिका तथा ज्येष्ठ नागरिकस वन तथा वातावरणस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनस श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइस भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाउनु भएको हो । त्यसैगरी गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्तिस कानुन, न्याय तथा संसदीय मामिलास भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि डा महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिकमन्त्र...
मतदाता नामावली संकलनका लागि मंसिर ५ गतेसम्म म्याद थप

मतदाता नामावली संकलनका लागि मंसिर ५ गतेसम्म म्याद थप

नेपाल । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ । यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो। म्याद थपिएसँगै ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ । आयोगले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको जनाएको हो । यो अवधिमा (कात्तिक २७ सम्म) कुल २ लाख ५७ हजार ५०५ नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ । ...
रास्वपाका नेता सन्तोष परियारद्वारा पार्टी परित्याग

रास्वपाका नेता सन्तोष परियारद्वारा पार्टी परित्याग

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ । नेता परियारसहितका नेताहरू अब नयाँ दल खोल्ने तयारीमा जुटेको बताइएको छ । नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेत्री मानुषी भट्टराईलगायत नेतासँग परामर्श भइरहेको परियारले जनाउनुभएको छ । “नयाँ दल गठन गर्ने तयारी भइरहेको छ, नेतृत्वबारे टुङ्गो लागेको छैन । त्यसमा म, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी यमी भट्टराईलगायत रहनुहुनेछ”, नेता परियारले भन्नुभयो, “यससम्बन्धमा विज्ञप्तिमार्फत जानकारी गराइनेछ ।” यसअघि उहाँले प्रगतिशील राष्ट्रिय अभियानका नेता शर्मासँग पनि छलफल गर्नुभएको थियो । नयाँ शक्तिका नेत्री भट्टराईले आफूहरू राजनीतिको पुनःगठनका लागि छलफलमा जुटेको पुष्टि गर्नुभयो ।...
नेपाली कांग्रेसका सभापति देउवा दम्पत्ति सिङ्गापुरबाट स्वदेश फिर्ता

नेपाली कांग्रेसका सभापति देउवा दम्पत्ति सिङ्गापुरबाट स्वदेश फिर्ता

नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका धर्मपत्नी डा आरजु राणा देउवा सिङ्गापुरमा थप उपचारपछि शुक्रबार साँझ स्वदेश फर्कनुभएको छ । उहाँहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशशरण महतलगायत नेताले स्वागत गर्नुभएको थियो । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आफ्नै निवासमा घाइते हुनुभएका देउवा दम्पत्ति यही कात्तिक १० गते थप उपचारका लागि सिङ्गापुर जानुभएको थियो ।...
सहकारी ठगी प्रकरणमा रवि  र छविको मुद्दाको मिसिल झिकाउने आदेश

सहकारी ठगी प्रकरणमा रवि र छविको मुद्दाको मिसिल झिकाउने आदेश

नेपाल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश गरेको छ। अदालतका न्यायाधीशद्वय ओमप्रसाद अर्याल र वासुदेव आचार्यको संयुक्त इजलासले थप प्रमाण बुझ्नुपर्ने भन्दै सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउन आदेश भएको हो । यसअघि यही कात्तिक २० को आदेशमा भने सुरुको मिसिल झिकाउने आदेश भएको थियो । अहिले बाँकी मिसिल मगाएको अदालत प्रशासनले जानकारी दिएको छ । सहकारी ठगीमा उनीहरु अहिले प्रपक्षका लागि कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । उनीहरूले बिगो बराबरको बैंक जमानतमा रिहा गर्न माग गर्दै दिएको निवेदनमा अहिले सुनुवाइ भइरहेको हो ।...
पूर्वआईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय

पूर्वआईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय

नेपाल । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ । आयोगको बिहीबार बसेको बैठकले तत्कालीन घटनाबारे अनुसन्धानका लागि पूर्वआईजीपी खापुङलाई आयोगमा उपस्थित हुन आवश्यक देखिएकाले हालका लागि उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । खापुङ बिहीबारदेखि सेवा निवृत भएका छन् । आयोगले खापुङलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने बताएको छ । आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्मा अनुसार आयोगले घटनाबाट भएको क्षतिको विवरण अझै बाँकी रहेमा आयोगको ठेगानामा वा सिंहदरबारस्थित कार्यालयमा उपलब्ध गराउन सबै सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । आयोगका निर्णय तथा सूचना गृह मन्त्रालयको वेबसाइटमा पनि...
मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त

मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त

नेपाल । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नु भएको छ । प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा नेपालको संविधानको धारा १८० (घ) र प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम पाँचै प्रदेशसभा सदस्यहरूको पद स्वतः रिक्त भएको जनाएको छ । पदमुक्त हुनेहरुमा सर्लाहीका नागरिक उनमुक्ति पार्टीका प्रदेशसभा सदस्य उर्मिला देवी सिंह , सप्तरीका जसपा नेपालका प्रदेशसभा सदस्य मनिष कुमार सुमन, सर्लाहीका प्रदेशसभा सदस्य संजयकुमार यादव, सर्लाहीका सिंहासन सा कलवार र बाराका प्रदेशसभा सदस्य सारदा शंकरप्रसाद कलवार रहनुभएको छ । प्रदेशसभा सचिवालयले बिहीबार जारी गरेको सूचनाअनुसार लगातार दस वटा बैठकमा अनुपस्थित रहेका कारण उहाँहरूको पद रिक्त भएको बताइएको हो । नेपालको संविधानको धारा १८२(६) र प्रदेशसभा नियमावली २०७५ को नियम १८५ बमोजिम पद रिक्तसम्बन्धी सूचना जारी...
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित

नेपाल । नेकपा एमालेका पूर्व नेता, मातृभूमि जागरण अभियानका संयोजक भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । उक्त अवसरमा नेता रावलले अब बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेर अघि बढ्ने बताए । नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन हस्ताक्षर गरेपछि बोल्दै अब पार्टी संगठनलाई बलियो बनाएर लैजाने बताए ।...
पार्टी प्रवेश गर्ने नेताहरू जिम्मेवारीविहीन हुनु पर्दैनः महासचिव पोखरेल

पार्टी प्रवेश गर्ने नेताहरू जिम्मेवारीविहीन हुनु पर्दैनः महासचिव पोखरेल

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइने बताएका छन्। ललितपुर, च्यालसस्थित एमाले केन्द्रीय कार्यालयमा ‘घर फर्क अभियान’का सन्दर्भमा आयोजित भेटघाट कार्यक्रममा उनले विभिन्न करणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु नपर्ने बताएका हुन् । महासचिव पोखरेलले पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्यो भन्दा तलको व्यवहार नहुने बताए । ...
पुसभित्र महाधिवेशन गर्न काँग्रेस नेताहरुको प्रस्ताव

पुसभित्र महाधिवेशन गर्न काँग्रेस नेताहरुको प्रस्ताव

नेपाल । नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशन पुसभित्र गर्न प्रस्ताव गर्नुभएको छ । असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यले विशेष महाधिवेशन गर्न नहुने बताउनुभएको हो । उहाँहरुले पुसभित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्तुत गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँहरूले विशेष महाधिवेशन गर्दा पार्टीमा विग्रह आउन सक्ने भएकाले नियमित महाधिवेशन तयारीमा जुट्न ध्यानाकर्षण गराउनुभयो । केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गर्ने पक्षलाई पनि समेट्न आग्रह गर्नुभयो । बैठकमा सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा। शशाङ्क कोइराला, बलबहादुर केसी, डा. नारायण खड्का, रमेश लेखक, कल्पना चौधरी, जितजङ्ग बस्नेत, सुजाता परियार र श्यामकुमार घिमिरेले बोल्नुभयो ।...