१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

मंसिर ७ देखि आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईँ पक्राउ

मंसिर ७ देखि आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईँ पक्राउ

नेपाल । सोमबार मध्य राति दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित घरमै रहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको हो । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएकाले उनलाई मध्यरातमा पक्राउ गरिएको बुझिएको छ । प्रसाईँलाई प्रहरीले भद्रकाली लगेको उनको सचिवालयले जानकारी दिएको छ । उनले मंसिर ७ देखि आन्दोलनको घोषणा गरेपश्चात प्रहरीले यसलाई गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईँ अदालतको आदेशपछि छुटेका थिए ।...
नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी एकता सन्देश सभा गर्ने, कहिले कहाँ ?

नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी एकता सन्देश सभा गर्ने, कहिले कहाँ ?

नेपाल । नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी पार्टी एकता सन्देश सभा गर्ने भएको छ । यही मङ्सिर १२ देखि २३ गतेसम्म प्रदेश, जिल्ला र स्थानीय तहमा सभा गर्न लागेको आज जारी प्रेस नोटमा जनाइएको छ । त्यस क्रममा मङ्सिर १२ मा सुदूरपश्चिमको धनगढी, १३ मा लुम्बिनीको दाङ ९देउखुरी०, १४ मा गण्डकीको पोखरा, १५ मा प्रदेश नं १ को विराटनगर, १७ मा उपत्यका विशेष प्रदेशको काठमाडौँ, १८ मा कर्णालीको सुर्खेत, १९ मा सङ्घीय सम्पर्क समन्वय प्रदेशको काठमाडौँ, २० मा मधेस प्रदेशको जनकपुर, २१ गते प्रवास समितिको भर्चुअल र २३ गते बागमतीको हेटौँडामा सभा गर्न लागिएको गेको हो । यस्तै मङ्सिर २६ गतेसम्म सबै जिल्ला तथा २९ गते ७५३ वटै स्थानीय तहमा एकता सन्देशसभा आयोजना गर्ने निर्णय भएको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा आज जारी प्रेस नोटमा उल्लेख छ ।...
सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालन

सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालन

नेपाल । सर्वोच्च अदालत सोमबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्णरूपमा सञ्चालन भएको हो । सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । अवरुद्ध भएका सेवा सुरु हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याई पाउको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ सुरु भएको सर्वोच्च अदालतले जनाएको छ । जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनःप्राप्त) गरेको छ ।...
निगमका जहाजले डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने

निगमका जहाजले डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने

नेपाल । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसक्दा अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने भएको छ । निमगले त्यस्तो अवस्थामा हाल भारतको विमानस्थललाई आधार गरी उडान परिवर्तन गर्ने गरेको थियो । नयाँ व्यवस्था मङ्सिर ३ गतेदेखि लागु हुने जनाइएको छ । यसरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउँदा उल्लेखनीय खर्च कटौती भई समयको बचत हुने विश्वास निगमले लिएको छ । यसका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थल बनाई प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया थालनी गर्ने निर्णय पनि निगमले गरेको छ ।...
निर्वाचनमा आयोगमा १२२ वटा दल दर्ता, २८ वटा दर्ता प्रक्रियामा

निर्वाचनमा आयोगमा १२२ वटा दल दर्ता, २८ वटा दर्ता प्रक्रियामा

नेपाल । निर्वाचनमा आयोगमा एक सय २२ वटा दल दर्ता भएका छन् । आयोगले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् । उनकाअनुसार यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् । खारेज भएकाहरूमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरू नेतृत्वको आग्रहमा खारेज उनको भनाइ छ। उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताए । भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो । भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भएपनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । उनले प्रतिनिधि सभा र राष्ट्रि...
नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा अनियमितता गर्ने पूर्वसचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा अनियमितता गर्ने पूर्वसचिव अर्जुन कार्की पक्राउ

नेपाल । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पु¥याएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई आइतबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीच भाडामा दिने र लिने करार सम्झौता गर्दा सूचनामा उल्लेख भएकाभन्दा बढी जग्गा दिएको पाइएकाले अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । ब्यूरोका अनुसार कित्ताको जग्गाभन्दा बढी अर्को कित्तासमेत थप गरी भाडामा दिने र लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा आधारविना बदनियतपूर्वक सम्झौता गरिएको पाइएको छ । उक्त जग...
प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ६ गते उम्मेदवारी दर्ता

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ६ गते उम्मेदवारी दर्ता

नेपाल । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगको आइतबारको बैठकको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको वेवसाइटमा र नेपाल राजपत्रमा प्रकाशन गर्ने गरी सार्वजनिक गरिएको हो । पहिलो निर्वाचित हुने प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार विसं २०८२ माघ ६ गते बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने सोही दिन बेलुका ५ः०० बजेदेखि ७ः०० बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ः...
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी

विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी

नेपाल । मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्ने गरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । प्रस्तावित व्यवस्था अनुसारको अध्यादेश जारी भई कार्यान्वयनमा आए विदेशमा रहेका नागरिकले समानुपातिकतर्फको मत दिन पाउने छन् । पछिल्लो पटक विदेशमा रहेकासँगै नेपालमै तर फरक निर्वाचन क्षेत्रमा रहेकालाई पनि मतदान गर्न दिने गरी गृहकार्य भइरहेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेकासँगै फरक निर्वाचन क्षेत्रमा रहेका नागरिकलाई पनि मतदानमा सहभागी गराउने गरी अध्यादेशको मस्यौदा भएको बताउनुभयो । कानुन मन्त्रालयमा पठाइएको अध्यादेश आवश्यक परिमार्जनपछि सम्बन्धित मन्त्रालयमा पठाइने छ । मन्त्रीपरिषद्ल...
निर्वाचन आगोगमा दल दर्ताको प्रमाणपत्र लिनुपर्ने समयसीमा आइतबार सकिंदै

निर्वाचन आगोगमा दल दर्ताको प्रमाणपत्र लिनुपर्ने समयसीमा आइतबार सकिंदै

नेपाल । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन कात्तिक ३० गते आइतबारसम्म दल दर्ताको प्रमाणपत्र लिनुपर्ने निर्वाचन आयोगको समयसीमा सकिँदै छ । आयोगले चुनावमा भाग लिन कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने गत असोज २० गते नै प्रस्ट्याएको थियो तर हालसम्म दुई वटा नयाँ दलले मात्रै दर्ताको प्रमाणपत्र पाएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले सोमबारबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता हुने हुँदा कात्तिक ३० गतेभित्र दर्ताको प्रमाणपत्र लिनुपर्ने आयोगको निर्णय यथावत् रहेको जानकारी गराउनुभयो । आयोगले दल दर्ताको समयसीमा तोकेयता करिब २८ वटा नयाँ दल दर्ताको प्रक्रियामा छन् । श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलको मान्यता पाएका छन् ।...
कुलमान घिसिङद्धारा बागमती नदी करिडोरका ढल व्यवस्थापन र सडक स्तरोन्नतिको निरीक्षण

कुलमान घिसिङद्धारा बागमती नदी करिडोरका ढल व्यवस्थापन र सडक स्तरोन्नतिको निरीक्षण

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी किवास मन्त्री कुलमान घिसिङले शनिबार काठमाडौको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गर्नुभएको छ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाललगायत सम्बन्धित निकायका टोलीसहितको टोलीले गुहेश्वरीबाट सुन्दरीजल क्षेत्रम्मको नदी कारिडोर र सडक स्तरोन्नति बारे जानकारी लिएको थियो । टोलीले गुहेश्वरीदेखि सुन्दरीजलसम्म क्षेत्रमा पर्ने बागमती नदी किनार तथा ढल व्यवस्थापन, सडक विस्तार एवम् स्तरोन्नतिलगायतका विषयमा स्थलगत जानकारी लिएको थियो । मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताउनुभयो । उहाँले ...