१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

नेपाली काँग्रेसद्वारा निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता

नेपाली काँग्रेसद्वारा निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता

नेपाल । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा पुगेर आइतबार बिहान दल दर्ता गराएका आयोगले जनाएको हो । आयोगका अनुसार दल दर्ता प्रयोजनका लागि प्रतिनिधि सभाको ४२ नम्बरमा र राष्ट्रिय सभाको ९ नम्बरमा दल दर्ता भएको हो । शनिवार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी मुख्यसचिव पौडेललाई दिएको थियो । ...
प्रगतिशील लोकतान्त्रिक पार्टीको अन्तरिम अध्यक्ष परिषद् गठन

प्रगतिशील लोकतान्त्रिक पार्टीको अन्तरिम अध्यक्ष परिषद् गठन

नेपाल । विभिन्न घटकहरूबीच एकीकरण भएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले अन्तरिम अध्यक्ष परिषद् गठन गरेको छ। एकता महाधिवेशन अघि पार्टीलाई नेतृत्व गर्नका लागि आइतबार एकता घोषणासँगै अध्यक्ष परिषद् गठन गरिएको हो। अध्यक्ष परिषदमा सबै युवा नेताहरू छन् । परिषद सात सदस्यीय रहने भए पनि अहिले पाँच सदस्यको मात्र टुंगो लागेको छ । पछि एकतामा जोडिने घटकहरूबाट अन्य सदस्य थपिने छ । अहिले जेनजी आन्दोलनकी नेतृ ओजश्वी भट्टराई, सन्तोष परियार, सुदन किराती, अशोक जैसवाल र दुर्गा सोब गरी अहिले पाँच जना अध्यक्ष परिषदमा छन् ।​ उक्त पार्टीमा बाबुराम भट्टराई, जनार्दन शर्माको अभिभावकत्व छ ।...
रेडियो अडियोका सञ्चालक पत्रकार दीपेन्द्र खनिया मृत अवस्थामा भेटिए

रेडियो अडियोका सञ्चालक पत्रकार दीपेन्द्र खनिया मृत अवस्थामा भेटिए

नेपाल । पत्रकार दीपेन्द्र खनिया मृत अवस्थामा भेटिनुभएको छ । काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उहाँ बस्दै आउनु भएको घरमा पत्रकार खनिया आइतबार मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उहाँको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक हुनुहुन्थ्यो ।...
सर्वोच्चको आदेश अनुसार दुर्गा प्रसाईं थुनामुक्त

सर्वोच्चको आदेश अनुसार दुर्गा प्रसाईं थुनामुक्त

नेपाल । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आदेश जारी गर्दै प्रसाईंलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको हो । सर्वोच्चको आदेश अनुसार प्रसाईं आइतबार साँझ नै रिहा भएका छन् । अदालतको आदेशमा अभिव्यक्तिका कारण मात्र प्रसाईंलाई थुनामा राखिनु संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन हुने उल्लेख गरिएको छ। साथै सरकारसँग २०८२ मङ्सिर ६ मा महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न सहमति भइसकेको, बदलिएको परिस्थितिमा प्रसाईंमाथि लगाइएको कसुरमा थप तहकिकात वा हिरासत आवश्यक नपर्ने ठहर गर्दै जारी गरिएको पक्राउपुर्जी तथा ...
वर्तमान सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको होः ओली

वर्तमान सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको होः ओली

नेपाल । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजित जनप्रदर्शन तथा जनसभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले वर्तमान सरकारले काम गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको जिकिर समेत गरे । उनले सरकारमाथि थप गम्भीर आरोप लगाउँदै जेनजीको नाममा केहीलाई बोलाएर सामाजिक अराजकता निम्त्याउने काम गरिरहेको पनि बताए। ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको पनि स्पष्ट पारे ।...
फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुने नेपाली काँग्रेसको निश्कर्ष

फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुने नेपाली काँग्रेसको निश्कर्ष

नेपाल । नेपाली कांग्रेसले विद्यमान शान्ति-सुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । असोज २८ गतेदेखि जारी बैठकले शनिबार ५ बुँदे निर्णय गरेको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक रहेको उल्लेख छ । निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न समेत माग गरेको छ । बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, ‘संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन सक्दैन ।’ लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा...
दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता

नेपाल । दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता गरिएको छ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबिच शनिबार भएको वार्तामा यस्तो सहमति भएको हो । महाअभियानका नाममा प्रसाईंले आइतबारदेखि आन्दोलन गर्ने बताउँदै आएका थिए । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको बताइएको छ । वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बू नेतृत्वको टोली सहभागी थियो । साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा। निराजन प्रसाईं हुनुहुन्थ्यो । सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो । वार्ता प्रधानमन्त्रीको निवास बालुवाटारमा सम्पन्न भएको हो । अर्को चरणको वार्ता महाअभियानक...
प्रधानमन्त्री सुशीला कार्कीद्वारा जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल

प्रधानमन्त्री सुशीला कार्कीद्वारा जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताउनुभयो । उहाँले जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्न रहन पनि बताउनुभएको हो । उहाँले कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन आग्रह गर्नुभयो । प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उहाँहरुलाई सुझाव दिनुभयो । तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबिच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहु...
नेकपा एमालेद्वारा नेसनल भोलेन्टियर फोर्स गठन

नेकपा एमालेद्वारा नेसनल भोलेन्टियर फोर्स गठन

नेपाल । नेकपा एमालेले शुक्रबार नेसनल भोलेन्टियर फोर्स गठन गरेको छ । जनसंगठन विभागका प्रमुख भानुभक्त ढकालले फोर्सको घोषणा गरेका हुन् । उनका अनुसार फोर्सको कमान्डर पुष्पराज श्रेष्ठ रहनेछन् । उनी युवासंघका पूर्व उपाध्यक्ष पनि हुन् । फोर्समा सबै जिल्लामा सदस्य रहनेछन् । पार्टी सचिवालय बैठकको निर्णय अनुसार फोर्सको घोषणा गरिएको नेता ढकालले बताए । पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा फोर्सको घोषणा गरिएको हो ।...
सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा

सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा

नेपाल । सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पूरा भएको छ । २०६३ सालमा मंसिर ५ गते भएको सम्झौतापछि माओवादीले दशक लामो शशस्त्र द्वन्द्व त्यागेर शान्तिपूर्ण राजनीतिको बाटो रोजेको थियो । माओवादीले २०५२ सालमा सशस्त्र जनयुद्ध थालेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार संविधानसभाको निर्वाचन भएर नयाँ संविधान अनुसार दुई पटक निर्वाचन समेत भइसकेको छ । लडाकूहरुको समायोजन भएको छ। दुई दशकमा पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय अझै टुंगिएको छैनन्। सरकार र माओवादीले अनिच्छा र राजनीतिक एजेण्डा मात्र बनाइँदा द्वन्द्वको छानबिन, पीडितहरुलाई न्याय, पीडकलाई दण्ड र परिपुरणको काम भएको छैन । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक गत वर्ष पारित भएर कार्यान्वयनमा गए...