१३ भाद्र २०८३, शनिबार

राजनीति/समाज

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार विशेष सभा आयोजना गर्दै

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार विशेष सभा आयोजना गर्दै

नेपाल । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्ने पक्षधरले बुधबार विशेष सभाको आयोजना गर्दैछ । काठमाडौँको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा दिउँसो १ बजे आयोजना हुने विशेष सभामा कांग्रेसका अग्रज नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विशेष महाधिवेशनका पक्षधरहरू महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले त यो निर्विकल्प भएकाले यसमा कुनै पनि अर्को सहमति हुन नसक्ने स्पष्ट पारिसकेका छन् । त्यस्तै गगन थापाले सोमबार मात्रै सामाजिक सञ्जालमार्फत जिज्ञासु कांग्रेस नेता तथा कार्यकर्ताको शंका निवारण गर्ने प्रयास गर्दै विशेष महाधिवेशनको विकल्प नभएकाले निर्धारित समयभित्रै विशेष महाधिवेशन हुने भन्दै तयारी थाल्न निर्देशनसमेत दिएका छन् । ...
प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

नेपाल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए । उनले चुनाव जहिले भएता पनि आफूहरू तयार रहेको र यस अन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको बताए । प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय छ ।...
नेकपा एमालेद्वारा संसद पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता

नेकपा एमालेद्वारा संसद पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता

नेपाल । संसद पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेको छ । विघटित प्रतिनिधिसभा संसदीय दलका तर्फबाट रिट निवेदन पेश गरिएको नेता महेश बर्तौलाले जानकारी दिए । एमालेले रिट लिएर जाने अधिकार विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बर्तौला र सचेतक सुनिता बराललाई जिम्मा दिएको थियो । ...
ईश्वर पोखरेलद्वारा नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा

ईश्वर पोखरेलद्वारा नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाल । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिस्पर्धामा उत्रने घोषणा गरेका हुन् । पोखरेलले अध्यक्ष ओलीलाई अब अभिभावकको भूमिकामा बसेर नेतृत्व हस्तान्तरणतर्फ अगाडि बढ्न आग्रह गरेका छन्। औपचारिक रूपमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका पोखरेलले वक्तव्यमार्फत पार्टी पुनर्गठन र रूपान्तरणका लागि कार्यकर्ताबाट आएको सुझावअनुसार आफूले अध्यक्षको उम्मेदवारी दिने उल्लेख गरेका छन् । एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदै छ ।...
मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक !

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक !

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन गएका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई मंगलबार सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेनजीलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो ।
एमालेको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने

एमालेको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११ औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने प्रष्ट्याएका छन् । महाधिवेशन प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरिसकेकाले महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुने बताएका हुन् । अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा राजनीतिक, सांगठानिक प्रस्ताव र विधानमा थप बहस र परिमार्जन आवश्यक रहेको बताइरहँदा महासचिवको यो भनाइ आएको हो । महासचिव पोखरेलले ११ औँ महाधिवेशनले प्रतिगमनको विरुद्ध निर्णायक भूमिका खेल्ने जिकिर गरे ।...
नयाँ नीति र नेतृत्वसहित नयाँ सभापतिको हस्ताक्षरमा पार्टी चुनावमा जाने गगनको दाबी

नयाँ नीति र नेतृत्वसहित नयाँ सभापतिको हस्ताक्षरमा पार्टी चुनावमा जाने गगनको दाबी

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले नयाँ नीति र नेतृत्वसहित नयाँ सभापतिको हस्ताक्षरमा पार्टी चुनावमा जाने दाबी गरेका छन् । “विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ,” उनले भनेका छन् । पार्टी पंक्ति र शुभचिन्तकहरूले ‘पार्टीले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो रु’ भनेर प्रश्न गरिरहेको सन्दर्भ कोट्याउँदै थापाले अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुने बताएका हुन् ।...
नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त

नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त

नेपाल । नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई २९औँ मुख्य सचिवमा नियुक्त गरेको हो । अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल सरकारका सचिवको वरिष्ठता कायम गर्दै मुख्य सचिवमा अर्याललाई नियुक्त गरिएको जानकारी दिनुभयो । बैठकले बुधबारदेखि लागु हुने गरी अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । मुख्य सचिव एकनारायण अर्यालले मङ्गलबारबाट ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउनुहुँदै छ । विक्रम संवत् २०८३ असार २६ गतेसम्म मुख्य सचिवको जिम्मेवारीमा रहनुहुने सुमनराज अर्याल २०७७ माघ १९ गते सचिवमा बढुवा हुनुभएको थियो । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार उहाँ ५८ वर्षे उमेरहदकै कारण अवकाश प्राप्त गर्नुह...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ६४ दल दर्ता, एमाले अझै आएन

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ६४ दल दर्ता, एमाले अझै आएन

नेपाल । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । आयोगका अनुसार यही मङ्सिर १ गते १२, मङ्सिर २ गते पाँच, मङ्सिर ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६ राजनीतिक दल दर्ता भएका थिए । सोमबार नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०, तराई–मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी, जनादेश पार्टी, नेपाल दर्ता भएका थिए । आयोगमा कूल १३५ राजनीतिक दल दर्...
राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै

राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै

नेपाल । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा मङ्गलबार देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महो...