१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

थपिए ८ लाख ३७ हजार मतदाता, कूल मतदाताको संख्या एक करोड ८८ लाख

थपिए ८ लाख ३७ हजार मतदाता, कूल मतदाताको संख्या एक करोड ८८ लाख

नेपाल । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय सकिएको छ। यसअघि कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकोमा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो । यो अवधिमा नयाँ ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । यसमध्ये ३ लाख ४४ हजार ९१४ जनाले निर्वाचन कार्यालयमा गई आवेदन दिएका हुन् । यस्तै राष्ट्रिय परिचय पत्र मार्फत मात्रै ४ लाख ९१ हजार १८० मतदाता थपिएका हुन्। अन्तिम दिन शुक्रबारमात्र ७ हजार ८६२ जनाले मतदाता नामावलीमा नाम लेखाएका थिए । योसँगै देशभर कुल मतदाताको संख्या एक करोड ८८ लाख २५ हजार ६६४ पुगेको निर्वाचन आयोगले जनाएको छ । यसअघि २०७९ को निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो ।...
रास्वपाद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन

रास्वपाद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन

नेपाल । रास्वपाले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवार छनोट प्रक्रियालाई औपचारिक रूप दिन नयाँ समिति गठन गरेको छ। केन्द्रीय समिति बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यलाई संयोजकमा समिति गठन गरेको हो । समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यहरू डा।चन्दा कार्की र राजन गौतम तथा प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन् । रुपन्देही–३ का लागि भने पहिले नै तय भइसकेका उम्मेदवारलाई यथावत् राख्ने निर्णय रास्वपाले गरेको छ । पार्टीका अनुसार अब समितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि योग्य र सक्षम उम्मेदवारको अन्तिम सूची तयार गर्नेछ ।...
फागुन २१ गते हुने निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस

फागुन २१ गते हुने निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस

नेपाल । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा ९१० बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौती, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । राष्ट्रिय सुरक्षा प...
नेकपा एमालेको ११औं महाधिवेशन सम्पन्न गर्न १३ वटा उपसमिति गठन

नेकपा एमालेको ११औं महाधिवेशन सम्पन्न गर्न १३ वटा उपसमिति गठन

नेपाल । नेकपा (एमाले) ले ११ औं महाधिवेशन सम्पन्न गर्न १३ वटा उपसमिति गठन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशन व्यवस्थापनका लागि महासचिव शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय उपसमिति गठन गरेको छ । जसको सचिवमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सदस्यमा सचिव योगेश भट्टराई रहनुभएको छ । बैठकले प्रतिनिधि व्यवस्थापन उपसमितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेललाई सचिव तय गरेको छ । उपसमितिको सदस्यहरुमा केन्द्रीय संगठन विभागका सबै सदस्यहरू रहनुभएको छ । कार्ड व्यवस्थापनका लागि आवश्यक प्राविधिकहरूमा महेन्द्र श्रेष्ठ र किरण माली सदस्य रहेका छन् । जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव, सदस्यहरुमा इन्चार्ज गण्डकी र मधेस प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी, अध्यक्ष वागमती, गण्डकी, मधेस प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी ,वागमती प्रदेश अन्तर्...
निर्वाचन राष्ट्रलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एकमात्र वैधानिक निकासः प्रधानमन्त्री 

निर्वाचन राष्ट्रलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एकमात्र वैधानिक निकासः प्रधानमन्त्री 

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन राष्ट्रलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एकमात्र वैधानिक निकास भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित सर्वदलीय बैठकमा सम्बोधन गर्दै उहाँले सबै राजनीतिक दललाई समयमै र जिम्मेवारीपूर्वक निर्वाचन प्रक्रियामा सहभागिताका लागि आग्रह गर्नुभयो । प्रधानमन्त्री कार्कीले वर्तमान सरकार युवापुस्ताको जायज आक्रोश र दशकौँदेखिको राजनीतिक बेथितिविरुद्धको आन्दोलनको जगमा भएको अवगत गराउँदै भन्नुभयो, “युवाले एउटा स्पष्ट सन्देश दिए, “अब पुग्यो, भ्रष्टाचार, कुशासन र पहुँचको राजनीति अब चल्दैन ।” यसै ऐतिहासिक जनादेशमा रहेर तत्कालीन आवश्यकतालाई सम्बोधन गरी राजनीतिक निकास दिनका लागि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन घोषणा गर्नुभएको उहाँले बताउनुभयो । “यो...
सिमराको स्थिति सामान्य हुँदैः गृह मन्त्रालय

सिमराको स्थिति सामान्य हुँदैः गृह मन्त्रालय

नेपाल । गृह मन्त्रालयले बुधबार बाराको सिमरामा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थिति सामान्य बन्दै गएको जनाएको छ । नेकपा एमालेका कार्यकर्ताहरु र जेनजी युवाहरुबीच झडप हुँदा त्यहाँको अवस्था अशान्त बनेको थियो । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिइ स्थिति सामान्य बनाउँदै शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो । मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ । “मुलुकमा शान्तिसुरक्षा कायम राख्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैको आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको छ । यसका लागि सबै पक्षले आआफ्नो कार्यक्र...
काठमाडौंमा अमेरिकी सेनासँगको अनुभव साटासाट र सहयोग सम्बन्धी छलफल

काठमाडौंमा अमेरिकी सेनासँगको अनुभव साटासाट र सहयोग सम्बन्धी छलफल

नेपाल । नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ देखि सञ्चालन हुँदै आइरहेको नेपाल–अमेरिका स्थल सेनाबीच अनुभव साटासाट तथा छलफल कार्यक्रम (एलएफटी) को छैटौँ संस्करण बुधबारदेखि सुरु भएको छ । जङ्गी अड्डामामा भएको तीन दिने कार्यक्रममा दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायत विषयहरूमा अनुभव तथा सहयोग आदानप्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति अशोकराज सिग्देलसँग उक्त कार्यक्रमका लागि नेपाल आउनुभएका अमेरिकी सेनाको प्रशान्त क्षेत्रका टोली प्रमुख लेफ्टिनेन्ट जनरल स्कोट ए वीन्टरले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तानलगायत देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगितामा सहभागिता जनाउँदै आएको सेनाले जाएको छ । यस...
हामी प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै अदालत जान्छौंः ओली

हामी प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै अदालत जान्छौंः ओली

नेपाल । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफूहरू अदालत जाने बताएका छन् । मङ्गलबार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा विघटन संविधान र कानुनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने कुनै बाटो नभएको जिकीर गरे । उनले आफूले सो विषयमा पटक पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहोर्‍याए । उनले वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्नै नसक्ने बताए। साथै, वर्तमान सरकारले अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । ...
प्रधानमन्त्री सुशीला कार्कीले १२३ दलसँग छलफल गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले १२३ दलसँग छलफल गर्ने

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग बुधबार छलफल गर्ने भएकी छिन् । दलका प्रतिनिधिहरूलाई छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको उनको सचिवालयले बताएको छ । फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका वेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेनजी प्रतिनिधहरुसँग छुट्टै र संयुक्त रुपमा छलफल गरिसकेकी छिन्। ...
दिवङ्गत पितृको सद्गतको कामना गर्दै बालाचतुर्दशी मनाइयो

दिवङ्गत पितृको सद्गतको कामना गर्दै बालाचतुर्दशी मनाइयो

नेपाल । दिवङ्गत पितृको सद्गतको कामना गर्दै मनाइने बालाचतुर्दशी बुधबार शतबीज छरेर मनाइएको छ । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा बिहानदेखि भिड लाग्ने गर्छ । अघिल्लो दिन भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्ने गरिन्छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन भने बिहान दिवङ्गत पितृको सद्गतको कामना गर्दै शतबीज छरिन्छ । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) मिसाएर छर्ने गर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतको कामना गर्दै शतबीज छर्छन् । प्राध्यापक तथा ज्योतिष सन्त वज्राचार्यका अनुसार भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ । शतबीज छर्दै मृगस्थलीमा रहेको बहिरा...