९ कार्तिक २०८३, सोमबार

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्दैनौंः महामन्त्री पौडेल

कोलोराडोखबर संवाददाता , October 26th, 2026

नेपाल । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् ।

नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए।

महामन्त्री पौडेलले पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने धारणा राखे।

कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै रूपान्तरणको अनुभूति दिलाउने उनको भनाइ थियो। सरकारको स्थिरताबारे पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताए। सरकारको स्थिरताका पक्षमा कांग्रेस रहेको उल्लेख गर्दै उनले सरकारले गलत काम गरेमा भने कांग्रेसले निरन्तर खबरदारी गर्ने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्