१० कार्तिक २०८३, मंगलवार

भाषा/साहित्य

कविता: ड्याम

कविता: ड्याम

-सर्वज्ञ वाग्ले- कहिलेसम्म ठूला देशहरूले आफ्ना नदीहरूलाई कङ्क्रिटका पर्खालभित्र थुनेर हाम्रो आकाशमा विनाशको बादल पठाइरहने ? कहिलेसम्म हिमालको काखमा जन्मिएका नदीहरू हाम्रो जीवनको धुन बनेर बग्नुपर्ने ठाउँमा अचानक मृत्युको हुङ्कार बनेर गाउँ, बस्ती र सपनाहरू बगाइरहने ? तिब्बततिर कुनै ड्यामको ढोका खुल्छ, कुनै पहिरोले नदीको सास रोक्छ, कुनै बाँधमाथि पानीको दबाब बढ्छ र त्यसको कम्पन हिमालको छाती हुँदै नेपालको मुटुसम्म आइपुग्छ । उता इन्जिनियरका नक्सामा नदी एउटा रेखा होला, ड्याम एउटा परियोजना होला, पानी एउटा स्रोत होला; तर यता त्यही पानी कसैको घर हो, कसैको खेत हो, कसैको पसिना हो, कसैको आमाको काख हो, कसैको छोराको फर्कने बाटो हो। एक्कासि नदी आफ्नो पुरानो बाटो बिर्सिएर राक्षसजस्तो गर्जिन्छ, पहिरोले पहाडको शरीर च्यात्छ, पुलहरू काठका सान...
कविता: लास

कविता: लास

-लक्ष्मण आचार्य- खोलाको किनारमा पल्टिएको छ एउटा लास ! लासको आँखाले खोजिरहेको छ आफन्तहरूको पहिचान कुरिरहेको छ आफ्नो समुचित दाहसंस्कार र अन्तिम अवसान ! भर्खरै केही जिउँदा मानिसहरूले लासको कानका मुन्द्राहरू लुछे नाकका फुलीहरू लुछे र मान्छेहरूको हुलमा गिद्धहरूको परिचय दिए खोई ? "हाम्रो मानवता कहाँ छ ? " लास माथि ऐश्वर्य खोज्ने ? खोई ? हाम्रो धर्म कहाँ छ ?" ऊ त विपदमा परेको थियो, बाँच्छु भन्दाभन्दै छटपटिएर विवशतामा मरेको थियोे सायद उसको शरीरभन्दा पहिले उसको प्रतिरोध मरेको थियो। उसको चित्कारसँगै सुन्दर जीवन अस्ताएको थियो यहाँ शवयात्रा त बाँच्नेहरूको निस्किरहेको छ यहाँ परीक्षण त बाँच्नेहरूको भइरहेछ किनारमा मिल्किएको त्यो एउटा लास केवल लास मात्र होइन कैयन सपनाहरूको उठिबास हो यो त प्रकृतिको कहालीलाग्दो विनाश हो ए ! लासमा ऐश्वर्य खोज्ने मानिसहरू हो...
साहित्य सन्ध्या सम्मान र पुरस्कार प्रदान

साहित्य सन्ध्या सम्मान र पुरस्कार प्रदान

नेपाल । साहित्य सन्ध्याले पाँच स्रष्टा एवं अभियानकर्मीलाई वर्ष २०८२ को पुरस्कार तथा सम्मान आज प्रदान गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी, सन्ध्याका अध्यक्ष राम विनयसहितले ती सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो । सो क्रममा दाङकी साहित्यकार डा बिन्दु शर्माले २१ हजार १०० राशिको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान र ओखलढुङ्गाका साहित्यकार ओमप्रसाद कोइरालाले पाँच हजार राशिको साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभयो । यस्तै सामाजिक रुपान्तरण अभियानकी अभियन्ता तथा जनप्रतिनिधि सान्नानी मिजारलाई १० हजार राशिको साहित्य सन्ध्या-मन पुरस्कार तथा सम्मान प्रदान गरियो । त्यसैगरी, नुवाकोट स्थायी घर भई हाल भीमसेनगोला माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जेहेनदार विद्यार्थी लक्ष्मी तामाङ...
पौडेलको पहिलो कृति ‘प्रश्नोत्तर’ लघुकथासङ्ग्रह लोकार्पण

पौडेलको पहिलो कृति ‘प्रश्नोत्तर’ लघुकथासङ्ग्रह लोकार्पण

नेपाल । साहित्यकार लक्ष्मीप्रसाद पौडेलको पहिलो कृति ‘प्रश्नोत्तर’ लघुकथासङ्ग्रह आइतबार राजधानीमा सार्वजनिक गरिएको छ । नेपाल वाङ्मय परिषद्, धनगढी, कैलालीद्वारा आयोजित कार्यक्रममा डा. पुष्करराज भट्ट, कथाकार ध्रुव मधिकर्मी, डा. हरिप्रसाद भण्डारी, डा. नवराज रिजाल, मनोहर लामिछाने, लघुकथाकार लता केसीलगायतले सो कृति सार्वजनिक गर्नुभएको हो । सार्वजनिक कृतिमाथि डा. शेखरकुमार श्रेष्ठ र शेखर अर्यालले लघुकथाका विविध आयामबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । समीक्षक शेखर अर्यालले समाजका विकृति र विसङ्गति तथा नैतिक मूल्यमान्यताका विषयलाई लक्ष्मीप्रसाद पौडेलका लघुकथाले जोडदार रूपमा उठाएको चर्चा गर्नुभयो । समीक्षक डा. शेखरकुमार श्रेष्ठले मिथकको प्रयोग र आख्यानका सैद्धान्तिक पक्षलाई समेत ख्याल गरी लघुकथालेखिनुपर्नेमा जोड दिनुभयो ।...
‘कतै कुनै यस्तो पनि एउटा संसार होस्’ नामक कवितासङ्ग्रह लोकार्पण

‘कतै कुनै यस्तो पनि एउटा संसार होस्’ नामक कवितासङ्ग्रह लोकार्पण

नेपाल । कवि विनयकुमार भण्डारीको ‘कतै कुनै यस्तो पनि एउटा संसार होस्’ नामक कवितासङ्ग्रह लोकार्पण भएको छ । शब्द मिडिया प्रालिले प्रकाशन गरेको कवितासङ्ग्रहमा ७४ कविता रहेको छ । राजनीतिक व्यवस्था, सामाजिक पक्ष, संस्कृति, नेवारी भाषाको कविता, ऐन नियम, किसान, सङ्गीतलगायतका कवितासङ्ग्रहमा रहेको छ । कवि भण्डारीद्वारा अन्य प्रकाशित कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ ९२०८१० र ‘तिम्रो देह मेरो जन्मदिन हो’ (२०७९) हुन् ।...
अल्पविराम पोखरेली ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट पुरस्कृत

अल्पविराम पोखरेली ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट पुरस्कृत

नेपाल । लघुकथाकार अल्पविराम पोखरेली (विष्णुकुमार श्रेष्ठ) ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ । लघुकथा समाजको १९ औँ वर्ष प्रवेशको अवसरमा शुक्रबार सर्जक पोखरेलीलाई १० हजार १११ रुपियाँसहित उक्त पुरस्कार प्रदान गरिएको हो । लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, सर्वनाम थिएटरका संस्थापक नाटककार अशेष मल्ल, समाजका अध्यक्ष तुलसीहरि कोइराला र पूर्णप्रसाद ब्राह्मणका छोरा सुरेशराज शर्माले संयुक्त रूपमा नगदसहित उहाँलाई सम्मान गर्नुभयो । वरिष्ठ नाटककार अशेष मल्लले संस्था खोल्न सजिलो भए पनि त्यसलाई निरन्तरता दिन निक्कै कठिन भएको अवस्थामा लघुकथा समाजले १९ औँ वर्षमा लक्ष्य अनुसारको काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । लघुकथा समाजका संस्थापक अध्यक्ष ‘रोदन’ ले पुरस्कृत व्यक्तित्व श्रेष्ठका छोरा गायक विवेक श्रेष्ठले गीत गाएर चर्चित हुनुभएपछि छोरोको नामबाट चिनिनु...
कविताः समय

कविताः समय

-सुदीपभद्र खनाल- सम्झनेले आफैँलाई अहं ब्रह्मास्मी भनेर सम्प्पूर्णता सम्झेपनि भो यौटा सानो कण सम्झेर धूल सम्झेपनि भो खुल्ला आकाश या सानो त्रिणविन्दु सम्झेपनि भो खासमा उसले तपाईलाई मलाई र उसलाई अझ भनौँ हामीलाई कसरी हेर्छ ? के सम्झन्छ उ युक्लिड एथेना कृष्न क्राइष्ट बुद्द र इब्लिस जो पनि हुनसक्छ बर्बरिकको शक्ति सन्जयको दृष्टि र प्रभाको किरण जस्तो पनि बन्नसक्छ आखिर सर्वोत्तम शक्ति उही नै त हो जसले राजालाई रङ्क र रङ्कलाई राजा बनायो कौडीको भाउमा नबिक्ने ढुङ्गोलाई हिरा र चमकदार हिरालाई कालापत्त्थर बनायो जो काल हो र सृजन पनि उसैलाई सोधे थाहा हुन्छ आजभोलि कस्को मूल्य कति छ ओजन कति छ ताप र तौल कति छ किनभने उहीनै हो जसले संवेदनहीन ढुङ्गालाई ईश्वर र सर्वज्ञ ईश्वरलाई ढुङ्गा बनायो आज उसैको यक्ष प्रश्न तपाईँतिर सोझिएको छ ! भन्नुहोस् तपाईँ ढुङ्गो बन्ने कि ईश्वर ?...
गजल

गजल

-आर. आर. चौलागाईं- खबरदार ! तपाईँ जे पायो त्यही नलेख्नुहोला सज्जन मान्छेहरूलाई भ्रष्टाचारी नभन्नुहोला । देश बनाउन भोकतिर्खा नभनी खटेका छन् तपाईँ उनीहरूलाई कैले तनाव नदिनुहोला । हामीले के गरेका छौँ र एक भोट दिएका हौँ जितेर जानेहरूलाई गालीगलौज नगर्नुहोला । बिचरा ! कामले गर्दा सुकेर सिट्ठो भएका छन् बरु आफूले अलिकति काँध थापिदिनुहोला । आज हेर्नोस् त हाम्रो ठाउँ स्वर्ग भैसकेको छ ती महापुरुषलाई फूलमालाले सिँगार्नुहोला । -हेटौंडा, मकवानपुर ।...
कविता: थाहा

कविता: थाहा

-आरसी रिजाल- म सानो छँदा केही काम गर्न खोज्दा बाले -- ए तँलाई केही थाहा छैन् ? भन्दै हकार्नु हुन्त्यो म बबुरो-- होला भनी ठान्थेँ। जवानीमा बिबाह भयो केहि दिनपछि श्रीमतिले -- तपाईलाई केही आउँदैन केही थाहा छैन भन्न लागिन म गोज्याङ्रे-- हो कि क्याहो ठान्थेँ। अब घरले जा,घाटले आभन्ने उमेरमा छोराबुहारी मात्र होइन नातिनातिनाले समेत-- हजुरबाको दिमाग सुकिसक्यो जमाना कहाँबाट काँ पुगिसक्यो हजुरलाई केही थाहै छैन् भन्छन्। अब म भन्दिनँ तपाईहरु नै भन्नुस्-- मैले थाहा पाउने कहिले ? के म थाहै नपाई मर्ने ? -हेटौंडा, मकवानपुर ।...
लघुकथा: चस्मा

लघुकथा: चस्मा

-लक्ष्मण आचार्य- नेताले नयाँ चस्मा लगाए। कार्यकर्ताले खुसामद गर्दै सोधे, “कस्तो देखिएको छ, हजुर ?” नेताले झ्यालबाट बाहिर पर परसम्मको दृश्य नियालेर हेरे । त्यहाँ सडकका खाल्डाखुल्डीहरू देखिएनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जान लागेका युवाहरूको लाम देखिएन। अस्पतालको बिरामीहरूको ताँती देखिएन। ग्याँस डिपोहरूमा खाली सिलिन्डरहरूको कुनै लाम देखिएन । मल र सिँचाइको अभावमा खग्रङ्ग सुकेर धाँजा फाटेको किसानको सुक्खा खेत पनि देखिएन। “अहा! यो त गज्जबको चस्मा रहेछ ।" नेताजीले अ‍ौधि खुसी व्यक्त गरे । "होइन हाम्रो देश त गज्जबै राम्रो रहेछ त।" कार्यकर्ताले मुस्कुराउँदै भने, “हो नि हजुर ! , यो कहाँ साधारण चस्मा हो त ! यो त विशेष चस्मा पो हो त । सत्ताको चस्मा !" जवाफमा नेताजी मुसुक्क मुस्कुराउँदै चस्मा सुमसुम्याउन थाले । -चन्द्रपुर, रौतहट ।...