९ कार्तिक २०८३, सोमबार

सुनको मूल्य रु ११ हजार ७०० घट्यो

कोलोराडोखबर संवाददाता , October 26th, 2026

नेपाल । नेपाली बजारमा आइतबार सुनको मूल्य रु ११ हजार ७०० र चाँदीको मूल्य रु २३० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम भएको थियो ।

गत कात्तिक २ गते छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार १८५ कायम भएको थियो । दसैँ पर्वको कारणले करिब एक साता स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्