३१ श्रावण २०८३, आईतवार

कविता: अहंकार

कोलोराडोखबर संवाददाता , August 16th, 2026

-सुदीपभद्र खनाल-
म हूँ मूख्य सारा अरू झारपात
म हूँ जून यौटै अरू मात्र रात
म हूँ बुद्द ज्ञानी अरू मूर्ख मात्र
धरामा म मात्रै महासभ्य पात्र

म हूँ एक माली अरू दास मेरा
म हूँ सूर्य बाँकी अरू अन्ध घेरा
म मात्रै छु राम्रो म मात्रै सुयोग्य
म भोक्ता हूँ सारा अरू मात्र भोग्य

म आदर्श हूँ यो धराकै पवित्र
छ माधुर्य सारा धराको म भित्र
अरू शुष्क शीला वृथा शुष्क काठ
म मात्रै छु शालीन ज्ञानी र सभ्य

अरू लुव्ध सारा म मात्रै छु त्यागी
म योगी महान्हूँ अरू राग-रागी
म हूँ सिद्द बाँकी अरू गिद्दझैँ छन्
र संसार विग्रेर गो नित्य झन् झन्

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्