३० जेष्ठ २०८३, शनिबार

भाषा/साहित्य

अग्रज साहित्यकार ‘मञ्जुल’लाई यस वर्षको ‘विश्व-ज्योति साहित्य सम्मान’ प्रदान गर्ने घोषणा

अग्रज साहित्यकार ‘मञ्जुल’लाई यस वर्षको ‘विश्व-ज्योति साहित्य सम्मान’ प्रदान गर्ने घोषणा

नेपाल । नेपाली वाङ्गमयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले अग्रज साहित्यकार, कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मञ्जुल’लाई यस वर्षको ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । सम्मानका साथ नगद राशि ५१ हजार रुपैयाँ समेत रहने संस्थाले जनाएको छ । गत वर्षदेखि प्रदान गर्न सुरु गरिएको ‘विश्व–ज्योति साहित्य सम्मान’ पहिलोपल्ट कवि एवम् गीतकार उषा शेरचनलाई समर्पण गरिएको थियो । कविता तथा गीत लेखनमा क्रियाशील सर्जक मञ्जुलको जन्म विसं २००३ साल फागुनमा भोजपुरमा भएको हो । उनले ०२४ सालदेखि रेडियो नेपालमा गीत लेखन र गायनबाट आफ्नो यात्रा प्रारम्भ गरेका थिए । यही चैत २५ गते काठमाडौमा विशेष कार्यक्रमबीच सम्मान तथा पुरस्कार प्रदान गरिने एपेक नेपालले जनाएको छ ।...
पत्रकार विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ विमोचन

पत्रकार विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ विमोचन

नेपाल । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तक मङ्गलबार विमोचन गरिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा उक्त पुस्तक विमोचन गरिएको हो । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी युवाको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले हालै सम्पन्न निर्वाचनबाट प्राप्त दुई तिहाइनजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । २०१५ साललाई सम्झिनुहुँदै उहाँले नेपाली कांग्रेसले दुई तिहाइ ल्याएर बिपी कोइराला प्रधानमन्त्री हुनुभएको कुरा स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “देश, संविधान, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशिता सबै बचोस् । संविधानको पालनाको काम होस् तर आगामी निर्वाचनमा प्रतिपक्ष नरहने गरी आफू मात्र...
महेश्वर पन्तको कथाकृति ‘धर्तीमुनिका तारा’ सार्वजनिक

महेश्वर पन्तको कथाकृति ‘धर्तीमुनिका तारा’ सार्वजनिक

नेपाल । सर्जक महेश्वर पन्तद्वारा लेखिएको कथाकृति ‘धर्तीमुनिका तारा’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईसहितले कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा कुलपति राईले पन्तको साहित्यिक व्यक्तित्वको चर्चा गर्दै कृतिबारे बोले । साहित्यकार सन्ध्या पहाडीले कथासंग्रहमा अन्तर्निहित नारीसम्बन्धी संवेदनशील विषयवस्तुको विवेचनात्मक चर्चा गरिन् । प्राडा गोविन्दमानसिंह कार्कीले कृतिको संरचना, विषयवस्तु तथा साहित्यिक महत्त्वमाथि टिप्पणी गरे । प्रा। डा। रामप्रसाद दाहालले कथाभित्र निहित अन्तर्य, जीवनानुभूतिको प्रभाव र पाठकमा पर्ने साहित्यिक प्रभावबारे विश्लेषण गरे । कार्यक्रममा प्राडा पार्थिवेश्वर तिमिल्सिना, राजेन्द्र केसी, राधेश्याम लेकालीलगायतले कृ...
‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक विचार गोष्ठी सम्पन्न

‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक विचार गोष्ठी सम्पन्न

नेपाल । इतिहास शिरोमणि बाबुराम आचार्यको १३९ औँ जन्मजयन्तीको अवसरमा ‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्ष, कमलादीमा उक्त कार्यक्रम आयोजना गरिएको हो । प्राडा सुरेन्द्र केसीको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राडा वीणा पौडेलले ‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयमा प्रवचन दिनुभयो । आचार्यले नेपालको इतिहास अनुसन्धान, लेखन तथा दस्ताबेजीकरणमा पुर्याएको अतुलनीय योगदानबारे प्रकाश पार्नुभएको थियो । प्राडा दयाराम श्रेष्ठले टिप्पणी प्रस्तुत गर्दै बाबुराम आचार्यले नेपाली इतिहास लेखनको क्षेत्रमा पु¥याएको योगदान र त्यसको समकालीन महìवबारे चर्चा गर्नुभयो । कुलपति राईले इतिहासशिरोमणि आचार्यले...
‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा

‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा

नेपाल । पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ । साहित्यकार पारिजातको ९२औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजना गरिएको ‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा गरिएको केन्द्रका महासचिव दिलसुन्दर श्रेठले जानकारी दिनुभयो । आगामी वैशाख ५ गते पारिजातको स्मृति दिवसमा सम्मान प्रदान गरिने उहाँले बताउनुभयो ।सम्मानित हुनेमा ‘पारिजात बालसाहित्य सम्मान २०८२’ बाट बालसाहित्यकार रामबाबु सुवेदी, ‘पारिजात कला सम्मान २०८२’ बाट गीतकार तथा सङ्गीतकार शरद पौडेल, ‘पारिजात सृजन सम्मान २०८२’ बाट नवीन विभास तथा ‘पारिजात सङ्घर्षशील महिला सम्मान २०८२’ बाट देवी खड्का रहनुभएको छ । विसं १९९० फागुन ३० गते पारिजातको जन्म भएको दिनलाई प्रत्येक वर्ष केन्द्रले ‘पारिजात जन्मजयन्ती’का रूपमा मनाउँदै आएको छ । यसैगरी, केन्द्रले पारिजात परिसंवाद कार्यक्र...
अनेसास क्यारोलाइना च्याप्टर साहित्यकार मुक्तकमणि सम्मानित

अनेसास क्यारोलाइना च्याप्टर साहित्यकार मुक्तकमणि सम्मानित

अमेरिका । मुक्तकमणि उपनामले चर्चित साहित्यकार तीर्थराज अधिकारी सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरले आयोजना गरेको कार्यक्रममा एनसिएनसीका अध्यक्ष ददिन पाण्डे, अनेसासका च्याप्टर महासचिव मनोज प्रधान र सल्लाहकार ईश्वर देवकोटाले अधिकारीलाई खादा र टोपी लगाएर सम्मान गर्नुभयो । सो अवसरमा अधिकारीकी पत्नी सीतादेवी अधिकारीलाई पनि सम्मान गरिएको थियो । मुक्तकमणि अधिकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रस्टी पनि हुनुहुन्छ । उहाँका नौ साहित्यिक कृति र पाँच शब्द रचनाका अडियो एल्बम प्रकाशित छन् । सो कार्यक्रममा अधिकारीले एक वर्षअघि मात्र प्रकाशित चतुष्पदी ढाँचामा लेखिएको सारवत मुक्तक सङ्ग्रहका एक दर्जन जति उत्कृष्ट मुक्तक वाचन गर्नुभएको थियो । यसै गरी साहित्यकार अधिकारीले मुक्तकका बारेमा जानकारी दिनुका साथै उपस्थित साहित्यकारले सोधेको प्रश्...
अर्याल र बरईलाई २५ हजार राशिको ‘नइ कपिल प्रज्ञा पुरस्कार’

अर्याल र बरईलाई २५ हजार राशिको ‘नइ कपिल प्रज्ञा पुरस्कार’

नेपाल । नइ एकेडेमीले नेपाली भाषा–साहित्यको अनुसन्धान तथा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को उचाइ अभिवृद्धिमा योगदान पुर्याएको भन्दै युवा प्राज्ञ डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि जनही २५–२५ हजार रुपैयाँ रहेको छ । सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको सम्मानमा स्थापना गरिएको उक्त् पुरस्कार नइ एकेडेमीले प्रदान गर्दै आएको छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । चैत २७, २८ र २९ गते आयोजना हुने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ का अवसरमा दुवै प्राज्ञलाई उक्त पुरस्कार प्रदान गरिने नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।...
कविता: सबै ठीक छ महाराज !

कविता: सबै ठीक छ महाराज !

-आर. आर. चौलागाईं- राजाले चाकरहरूलाई सोध्यो- "प्रजाहरू भोकै छन् रे हो ?" चाकरहरूले जवाफ दिए- "यो विरोधीहरूले चलाएको हल्ला हो प्रजाहरू मीठा मीठा खानेकुरा खाएर टन्न अघाएर बसेका छन् सबै ठीक छ महाराज !" राजाले फेरि चाकरहरूलाई सोध्यो- "प्रजाहरू नाङ्गै छन् रे हो ?" चाकरहरूले जवाफ दिए- "यो पनि आतङ्ककारीहरूले चलाएको हल्ला हो प्रजाहरू राम्राराम्रा लुगा लगाएर खूब रमाएका बसेका छन् सबै ठीक छ महाराज !" राजाले चाकरहरूलाई सोध्यो- "प्रजाहरूले न्याय पाएका छैनन् रे हो ?" चाकरहरूले जवाफ दिए- "यो विरोधीहरूले चलाएको हल्ला हो प्रजाहरू दूधको दूध र पानीको पानीजस्तै निष्पक्ष न्याय पाएर खुसी भएका छन् सबै ठीक छ महाराज !" राजाले फेरि चाकरहरूलाई सोध्यो- "प्रजाहरूले दु:ख पाएका छन् रे हो ?" चाकरहरूले जवाफ दिए- "यो पनि आतङ्ककारीहरूले चलाएको हल्ला हो प्रजाहरू संसारकै सबैभन्दा धेरै सुख पाएर ...
विराट अनुपमद्वारा लिखित किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

विराट अनुपमद्वारा लिखित किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

नेपाल । पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ । हालै राजधानीको उमोजा क्याफेमा विभिन्न मिडियाका सक्रिय पत्रकारहरुद्धारा संयुक्त रूपमा किताबको विमोचन भएको हो । किताब बारे बोल्दै प्रकाशक बूकहिलका अध्यक्ष भूपेन्द्र खड्काले ऐतिहासिक राजनीतिक सङ्ग्रह भएको बताए । उनले कूटनीति र राजनीतिमा गहिरो चासो राख्ने पत्रकार अनुपमले छोटो समयमा महत्त्वपूर्ण दस्ताबेज तयार पारेको जानकारी दिए । शिलापत्रका सम्पादक अनलाइनका सम्पादक योगेश ढकालले किताबमा पहिलो आमनिर्वाचनको विस्तृत तथ्यांकसहितका नवीन सूचना रहेको भन्दै पठनयोग्य पु्स्तक तयार पारेको बताए । त्यस्तै लेखक एवं प्राध्यापक डा. जगत नेपालले आफूले समेत थाहा नपाएको कतिपय नयाँ तथ्याङ्क किताबमा रहेको हुँदा राजनीतिक विषयमा चाखा मान्नेका लागी उपयोगी पुस्तक भएको बताए । पत्रकार अनुपमले पहिलो आमनिर्वाचनमा भएको रोचक क...
इन्द्रकुमार श्रेष्ठ ‘सरित्’को बालकथा सङ्ग्रह ‘मेरी छोरी मान्या’ को विमोचन

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’को बालकथा सङ्ग्रह ‘मेरी छोरी मान्या’ को विमोचन

नेपाल । वरिष्ठ आख्यानकार, कवि, साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ ‘सरित्’द्वारा रचित बालकथा सङ्ग्रह ‘मेरी छोरी मान्या’ को विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल, मन्डिखाटारले आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले उक्त बालकथा सङ्ग्रहको विमोचन गर्दै इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ एक समर्पित र अब्बल कथाकार भएको बताउनुभयो। उहाँले बालमनोविज्ञानलाई आत्मसात् गर्दै ‘सरित्’ले रचना गर्नुभएको ‘मेरी छोरी मान्या’ उत्कृष्ट बालकथा सङ्ग्रह भएको चर्चा गर्नुभयो। ती कथाहरूले बालबालिकालाई जीवन र समाज बुझ्न सहज बनाएको उहाँको भनाइ थियो। विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाले कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’द्वारा रचित ‘मेरी छोरी मान्या’ मूलतः बालबालिकाको चेतनास्तर र मनोविज्ञानलाई केन्द्...