सागर गैरेको नयाँ नियात्रा सङ्ग्रहको गृह विमोचन
नेपाल । बाँकेको कोहलपुरका साहित्यकार सागर गैरेको नयाँ नियात्रा सङ्ग्रह ‘एउटा अल्बाट्रसः प्रशान्त महासागरदेखि कालासागरसम्म’ को गृह विमोचन कोहलपुरमा गरिएको छ।
काठमाडौँमा सार्वजनिक गरिएको कृतिलाई यसपटक गृहनगरका साहित्यकार, कवि, लेखक तथा सञ्चारकर्मीबीच विशेष समारोहका साथ विमोचन गरिएको हो । विमोचनका साथै कृतिमाथि समीक्षात्मक बहस र कृतिकारसँग प्रत्यक्ष परिसंवादसमेत आयोजना गरिएको थियो ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कृतिको गृह विमोचन प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, प्राज्ञसभा सदस्य महानन्द ढकाल, साहित्यकार भरत रानाभाट, कवि बीपी अस्तु र कृतिकारकी जीवनसंगिनी यशोदा गैरेले संयुक्त रूपमा गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष डा. रिजालका अनुसार यो साहित्यकार गैरेको चौथो साहित्यिक कृति हो। यसमा भारतको गोवा, मलेसिया, भियतनाम, फिलिपिन्स र जर्जियाको यात्राका अनुभूति समे...









