२५ असार २०८३, बिहीबार

सागर गैरेको नयाँ नियात्रा सङ्ग्रहको गृह विमोचन

कोलोराडोखबर संवाददाता , July 9th, 2026

नेपाल । बाँकेको कोहलपुरका साहित्यकार सागर गैरेको नयाँ नियात्रा सङ्ग्रह ‘एउटा अल्बाट्रसः प्रशान्त महासागरदेखि कालासागरसम्म’ को गृह विमोचन कोहलपुरमा गरिएको छ।

काठमाडौँमा सार्वजनिक गरिएको कृतिलाई यसपटक गृहनगरका साहित्यकार, कवि, लेखक तथा सञ्चारकर्मीबीच विशेष समारोहका साथ विमोचन गरिएको हो । विमोचनका साथै कृतिमाथि समीक्षात्मक बहस र कृतिकारसँग प्रत्यक्ष परिसंवादसमेत आयोजना गरिएको थियो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कृतिको गृह विमोचन प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, प्राज्ञसभा सदस्य महानन्द ढकाल, साहित्यकार भरत रानाभाट, कवि बीपी अस्तु र कृतिकारकी जीवनसंगिनी यशोदा गैरेले संयुक्त रूपमा गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष डा. रिजालका अनुसार यो साहित्यकार गैरेको चौथो साहित्यिक कृति हो। यसमा भारतको गोवा, मलेसिया, भियतनाम, फिलिपिन्स र जर्जियाको यात्राका अनुभूति समेटिएका छन् । साहित्यका विभिन्न विधामा सक्रिय गैरेको यसअघि ‘बलैगाउँदेखि बाकुसम्म’ नियात्रा सङ्ग्रह, ‘लकडाउन’ आत्मपरक निबन्ध सङ्ग्रह तथा गत वर्ष प्रकाशित ‘मोहर’ उपन्यास सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्