१६ बैशाख २०८३, बुधबार

भाषा/साहित्य

सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने

सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने

नेपाल । नइ एकेडेमीबाट नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । यी पुरस्कारका राशि जनही २५–२५ हजार रहेका छन् । मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत यो पुरस्कार घोषणा भएको हो । ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्राडा कृष्णराज घतानी हुनुहुन्छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँका अध्यक्षतामा भएको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।...
श्रीश भण्डारीको ‘समय सूत्र’ सार्वजनिक

श्रीश भण्डारीको ‘समय सूत्र’ सार्वजनिक

नेपाल । वैदिक तथा वैज्ञानिक पक्षबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’ काठमाडौँमा आयोजित एक समारोहबिच सार्वजनिक गरिएको छ । लेखक तथा सम्पादक श्रीश भण्डारीको उक्त पुस्तक भौतिकशास्त्रका विद्वान् प्राडा उदयराज खनाल, पूर्वीय दर्शनका ज्ञाता प्राडा आमोदवर्धन कौण्डिन्यायन, वरिष्ठ चित्रकार एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय, वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, पत्रकार टीकाराम यात्री, इटर्नल पब्लिकेसन प्रालिकी प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारी र लेखक भण्डारीलगायत समारोहमा उपस्थित सबैले एकसाथ सार्वजनिक गर्नुभएको हो । पुस्तकमा समयको भौतिक, अनुभवजन्य, जैविक र मनोवैज्ञानिक आयामबारे वैज्ञानिक र दार्शनिक चिन्तनसहितको चर्चा छ । यसमा समयको सार्थकता, वर्तमानको मूल्य, समयको अनिकाल, समय मापन र जीवन व्यवस्थापन जस्ता विषयवस्तु समावेश छन् । समारोहमा समयब...
प्राडा अभि सुवेदीलाई सुरभि साहित्यिक पुरस्कार प्रदान

प्राडा अभि सुवेदीलाई सुरभि साहित्यिक पुरस्कार प्रदान

नेपाल । सुरभि साहित्य प्रतिष्ठानले शनिबार एक कार्यक्रमबिच अभिनन्दन तथा पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा प्राडा अभि सुवेदीलाई अभिनन्दन गरिनुका साथै गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार खगेन्द्र सङ्ग्रोला, सुरभि बाजुराम आख्यान साधना पुरस्कार, सुशीला प्रधानाङ्ग, सुरभि विजय वाङ्ममय पुरस्कार, ठाकुर शर्मा भण्डारी र सुरभि रमा बद्री निबन्ध पुरस्कार रामप्रसाद पन्तलाई प्रदान गरिएको थियो । पुरस्कृत व्यक्तित्वका योगदानबारे संस्थाका संरक्षक तथा पुरस्कार निर्णायक समितिका संयोजक युवराज मैनालीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा मैनालीको लघुकथासङ्ग्रह ‘पात्र विघटन’ पनि लोकार्पण गरिएको थियो । डा. अर्जुनदेव पन्त, कर्णाद महर्षि, प्राडा खगेन्द्र लुइटेल, कवि प्रह्लाद पोख्रेल, प्राडा दिनेशराज पन्तलगायतको उपस्थिति रहेको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्व तथा नगरप्रमुख दी...
कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई भव्य बनाउन आर्थिक समिति गठन

कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई भव्य बनाउन आर्थिक समिति गठन

कोलोराडो । अमेरिकाको कोलोराडामा मे २२ देखि २५ सम्म आयोजना हुने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारीको शिलशिलामा अनेसासको केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । उक्त उपसमितिको सदस्यहरुमा रमेश गुरुङ, वासुदेव खनाल, प्रकाश पौडेल, राज ढुङ्गाना, जगदीश ढकाल, शान्ति भुषाल, शर्मिला शर्मा र सुशील दाहाल रहेका छन् । अनेसास केन्द्रीय कार्यसमितिको आयोजनामा तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा हुन लागेको हो । कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन आफूहरु तयारीमा जुटिसकेको अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले बताए ।...
फागुन ५ र ६ मा सातौँ बकैया कला साहित्य महोत्सव हुँदै, झसापद्वारा ११ पुरस्कार घोषणा

फागुन ५ र ६ मा सातौँ बकैया कला साहित्य महोत्सव हुँदै, झसापद्वारा ११ पुरस्कार घोषणा

नेपाल (हेटौँडा) । झरना साहित्यिक परिवार मकवानपुरले फागुन ५ र ६ गते बकैयाको छतिवनमा सातौँ बकैया कला साहित्य महोत्सव गर्ने भएको छ । महेन्द्र मावि प्राङगणमा हुने महोत्सवमा ३ सय २३ औँ साहित्य शृंखला, ३३ औँ वार्षिक उत्सवसँगै २०८२ का लागि विभिन्न ११ विधाका स्थानीय तथा राष्ट्रिय पुरस्कार पनि समर्पण गरिने बताइएको छ । झरनाले यसवर्ष समर्पण गर्ने २१ हजार १ सय २१ राशीको होमनाथ–टीकामाया प्रतिभा सम्मान पाँचथरका रमेश शुभेच्छुकलाई प्रदान गर्ने भएको छ । यो पुरस्कार साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् । यस्तै, मुक्तकमा योगदान गरेवापत प्रदान गरिने १५ हजार ५ सय ५५ रुपैयाँ राशीको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान रुकुम पश्चिमका कर्णबहादुर खत्रीलाई प्रदान गरिने भएको छ । यो पुरस्कार झरनाका संस्थापक रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेका हुन् । यस्तै, जिल्लाम...
अन्तरराष्ट्रिय नेपाली गीतकार संघद्वारा सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै

अन्तरराष्ट्रिय नेपाली गीतकार संघद्वारा सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै

अमेरिका । अन्तरराष्ट्रिय नेपाली गीतकार संघले गीत, सङ्गीतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सात स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ । अमेरिकाको पेन्सल्भेनियामा आयोजना हुने संघको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँहरूलाई सम्मान गरिने सङ्घका संस्थापक अध्यक्ष डा हरि उप्रेतीले जानकारी दिनुभयो । कवि एवं गीतकार कवि दिनेश अधिकारीलाई ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ प्रदान गर्ने घोषणा गरिएको छ । बर्सेनि गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने एक जना स्रष्टारकलाकारलाई उक्त सम्मान प्रदान गरिँदै आइएको उहाँले उल्लेख गर्नुभयो । संस्थापक अध्यक्ष डा उप्रेतीका अनुसार नेपालतर्फ पुरू लम्साललाई गीतकार सम्मान, तृप्ती खड्कालाई सङ्गीत सम्मान र यशोधा पराजुलीलाई गायन सम्मान प्रदान गरिने छ । डायसपोरातर्फ अमेरिकाका सबु गदाल कार्कीलाई डायसपोरा गीतकार सम्मान, डम्बर खापुङ सुब्बालाई डायसपोरा गायन सम्मान तथा...
मुक्तककारहरू उषा शेरचन र डा. रुपक श्रेष्ठलाई पुरस्कारको घोषणा

मुक्तककारहरू उषा शेरचन र डा. रुपक श्रेष्ठलाई पुरस्कारको घोषणा

नेपाल । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तककारहरू उषा शेरचन र डा. रुपक श्रेष्ठलाई पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानका अनुसार शेरचनलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र श्रेष्ठलाई ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशि क्रमशः ५१ हजार र ३१ हजार रुपैयाँ रहेको छ । कवि साहित्यकार शेरचनका ‘अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तकसंग्रहरूलगायत कथा, कविता र उपन्यास प्रकाशित छन् । श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ र पोख्तकको अंग्रेजी अनुवाद मुक्तक कृतिसहित विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन् ।...
कविता: पाताल सुन्दरी

कविता: पाताल सुन्दरी

-सुदीपभद्र खनाल- तिम्रो याद मिठो म भित्र छ कतै अम्लान अन्तर्यमा गाढा रूप छिपी छ यो नजरको नानी बनी नैनमा तिम्रै शुभ्र छटा म भित्र छ यहाँ हे मोहिनीझैँ परी तिम्रो मोहनमादमा लठ म छु पातालकी सुन्दरी तिम्रो गीत मिठो छ प्रेम रसको गुँज्दै अझै कानमा तिम्रो प्रीत मिठो पवित्र मनको खुल्दैछ उद्ध्यानमा तिम्रै पावन भावका लहरमा डुब्दै छु हे लैबरी तिम्रो मोहनमादमा लठ म छु पातालकी सुन्दरी तिम्रो नूतन सभ्यता लहरको आलोकले लोभिई तिम्रो अर्थ र ज्ञान शक्ति प्रविधि स्पृही बनी झुम्मिई तिम्रै उज्वल रश्मिका झिलिमिली हेरी रमाएँ परी तिम्रो मोहन मादमा लठ म छु पातालकी सुन्दरी वासन्ती कुसुमी कला हृदयकी आल्हादिनी पावन लाग्ने चन्द्र शरत् छटा कुमुदिनी हे मोहिनी यौवन तिम्रै प्रेम पहारका वश परी फस्दै गएझैँ चरी तिम्रो मोहनमादमा लठ म छु पातालकी सुन्दरी आभा जादुगरी बस्यो कि यसरी भुल्नै नसक्ने गरी जस्त...
गीत: आमा ! म गएँ ल ? बाबा ! म मरेँ ल ?…

गीत: आमा ! म गएँ ल ? बाबा ! म मरेँ ल ?…

-आर. आर. चौलागाईं- आमा ! म गएँ ल ? बाबा ! म मरेँ ल ? छोरो थिएँ म हजुरको फर्किनँ सकिनँ छोरी थिएँ म हजुरको आउन सकिनँ आमा ! मलाई माफ गर्नुहोला ल ? बाबा ! मसँग नरिसाउनुहोला ल ? बोल्न पाउनुपर्छ भन्दा मलाई गोली हानेर मारे कुशासन हट्नुपर्छ भन्दा मलाई रगतपच्छे बनाए आमा ! हत्याराहरूलाई नछोड्होला ल ? बाबा ! आततायीहरूलाई भाग्न नदिनुहोला ल ? सडकमै झरेको छ मेरो झोला टिपेर लानुहोला सडकमै खसेको छ मेरो कलम जतनले राख्नुहोला आमा ! मलाई सम्झेर धेरै नरुनुहोला ल ? बाबा ! मेरो हत्याको बदला लिनुहोला ल ? (२०८२ भदौ २३ र २४ गतेको जेन्जी विद्रोहमा मारिएका बालबालिका र युवाहरूको सम्झनामा) -हेटौंडा, मकवानपुर ।...
कविता: चुनाव

कविता: चुनाव

-आरसी रिजाल- बा छँदा- मलाई "का " पार्टिमा भोट खसा भन्नू हुन्थ्यो मैले किन भन्दा - "यो पार्टिको राम्रो छ पारा घोषणापत्रमा छ - समाजवादको नारा ।" २/३ पटक भोट खसाएपछि बाले आजित भएर भन्नू भयो- अब "क" पार्टिमा भोट खसाउँ मैले किनभन्दा- "यसले समाजबाद मात्र हैन साम्यवादसमेत परिकल्पना गरेको छ।" २/३ पटक त्यसैमा खसायौँ- अनि बा भोटै खसाल्न नपाउनेगरि आफैँ खस्नु भयो। फेरि चुनावको चर्चा सुरुभयो अब स्वविवेक प्रयोग गर्दैछु -- फटाहामा कम फटाहा खोज्दैछु। -हेटौंडा, मकवानपुर ।...