-आर. आर. चौलागाईं-
पहिला पहिला हामी
एक दिन सत्यको जीत हुन्छ भनेर
खूब भाषण गर्थ्यौँ
गीत गाउँथ्यौँ
हो, आज सत्यको जित भएको छ
उनीहरूले भ्रष्टाचार गरेको सत्य हो
उनीहरूले बलात्कार गरेको सत्य हो
उनीहरूले मान्छे मारेको सत्य हो
अनि उनीहरूले मान्छे बेचेको पनि सत्य हो
त्यही भएर त उनीहरू धमाधम छुटिरहेका छन्
र विजय र्याली निकालिरहेका छन्
किनकि आज सत्यको जीत भएको छ ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्