नेपाल । मदन पुरस्कार विजेता लेखक विवेक ओझाको नयाँ कृति ‘मौन कोलाहल’ हालै सार्वजनिक गरिएको छ । नौ कथा समेटिएको यो कृतिलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।
‘मौन कोलाहल’मा लेखक ओझाले समाजभित्र लुकेका कुरूप संवेदनालाई कलात्मक ढंगले उजागर गरेका छन् । संग्रहका कथाहरूले मानवीय अस्तित्व, सामाजिक ढोँग, नैतिक द्वन्द्व र चेतनाको अन्धकारलाई दार्शनिक शैलीमा प्रस्तुत गर्दै पाठकलाई गम्भीर आत्ममन्थनतर्फ डोर्याउने प्रयास गरेका छन् ।
ओझाले आफ्नो चर्चित उपन्यास ‘ऐँठन’का निम्ति २०७९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए । ‘ऐँठन’ र ‘ऐलानी’जस्ता चर्चित तथा पाठकमाझ लोकप्रिय उपन्यासपछि ‘मौन कोलाहल’ उनको पहिलो कथासंग्रह हो ।
पुस्तकको मूल्य ४९५ रुपैयाँ राखिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्