नेपाल । साहित्यकार खेमराज पोखरेलको अर्को कथाकृति ‘अर्कै सत्य’ एक कार्यक्रमबिच लोकार्पण गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठ, पुष्कर लोहनी, प्राडा सुरेन्द्र केसी लगायतले कृति सार्वजनिक गरे ।
कृति सार्वजनिक गर्दै प्रमुख अतिथि भागीरथी श्रेष्ठले खेमराज पोखरेल साहसी कथाकार भएको उल्लेख गरिन् । यसैबीच उनका दुई तीन किताब सार्वजनिक भएको बताइन् ।
यौन कथा लेख्दै आएका पोखरेलको यस कथाकृतिले तरंग ल्याउने चर्चा गरिन् ।
समीक्षक अनिता कोइरालाले कथाकृतिको समीक्षा गर्दै कथाकार पोखरेलले नयाँ प्रयोगकासाथ कथा लेखेको बताइन् । उनले कृतिभित्रका कथाहरूको चर्चा गर्दै कथामा रहेका कमी कमजोरी माथि टिप्पणी गरिन् ।
समीक्षक डा. दीनबन्धु शर्माले पोखरेलका कथामा यौन धेरै आएको देखिए पनि त्यो माध्यम मात्र भएको साध्य नभएको बताए ।
साहित्यकार विश्वराज अधिकारीले पोखरेल नयाँनयाँ विषयमा कथा लेख्न रुचाउने व्यक्ति भएको बताए ।
भुँडीपुराण प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्राडा सुरेन्द्र केसी, श्रीओम श्रेष्ठ ‘रोदन’, केशव पराजुलीले कृतिबारे बोले ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्