३० भाद्र २०८३, मंगलवार

अन्तर्वार्ता/विचार

सहकारीका सदस्यहरु सदस्य जस्तै कहिले बन्ने ?

सहकारीका सदस्यहरु सदस्य जस्तै कहिले बन्ने ?

–प्रतिमान पौडेल– यतिबेला संसारभर वित्तीय समस्या छ । नेपालमा त झन त्यसको असर पर्ने नै भयो । यो मुलुकका शासकहरु वित्तीय संकट समाधानमा होइन, सत्ता जोगाउने र प्राप्त कसरी गर्न सकिन्छ भन्ने मै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष, नयाँ पुराना सबै दल कसैलाई सत्ता जोगाउने ध्याउन्न छ भने कसैलाई मिसन ८४ को हावाले छोइसकेको छ । मुलुक टाट पल्टिन लागि सक्यो, यिनलाई भने सत्ताकै मात्र चिन्ता छ । सत्तामा गएर केही खोज्यो भने पनि गर्नेलाई गर्न नदिने हाम्रो मुलुकको दुर्भाग्य बन्दै आएको छ । हाम्रो निर्वाचन प्रणाली पनि ठिक छैन, कसैको बहुमत आउने अवस्था छैन । त्यसै कारण गठबन्धन बन्छ, गठबन्धन भनेको स्वार्थ समुह हो । हामी जनता पनि उस्तै हौ, एउटा पार्टीलाई बहुमत नदिने, सबैलाई भोट बाड्ने अनि यस्तै गठबन्धनको सरकार नभएर के हुन्छ ? यस्तो सरकारबाट मुलुकको उन्नती प्रगतिको अपेक्षा कसरी गर्ने ? सबै मिलेर वित्तीय संकट स...
यसो भन्छन् सांसद कृष्णकुमार श्रेष्ठ

यसो भन्छन् सांसद कृष्णकुमार श्रेष्ठ

काठमाडौँ । सांसद कृष्णकुमार श्रेष्ठले संसदीय समितिले प्रभावकारीरुपमा काम गर्नसक्नुपर्ने धारणा राख्नुभएको छ । स्वार्थको टकराव  र केही व्यक्ति तथा समूहको लाभका लागि संसदीय समिति परिचालिन हुनसक्नेबारे चनाखो हुनुपर्ने उहाँको भनाइ छ । अघिल्लो चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट संसद्मा प्रतिनिधित्व गर्नुभएका सांसद श्रेष्ठ गत निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभयो । अघिल्लो पटक र यस पटकसमेत उहाँ प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का सांसद श्रेष्ठ प्रतिनिधिसभा र आफू रहेको समितिमा खरो, तार्किक र स्पष्ट विचार राख्ने नेताका रुपमा चिनिनुहुन्छ । संसदीय समितिबाट हुने निर्णय र विधेयकमाथिका छलफलले कुनै व्यक्ति वा समूह विशेषलाई लाभ पुग्नसक्नेबारे ख्याल पु¥याउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।...
नेत्री भण्डारीको तर्क–राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ

नेत्री भण्डारीको तर्क–राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउनुहुन्छ । जनता र देशका हितका सवालमा सबै शक्ति एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उहाँले एक पक्षले उठाएका विषयलाई अर्काले खण्डन गर्दै जुहारी खेल्ने काम भइरहेकामा त्यसमा सुधारको खाँचो औँल्याउनुभयो । सांसद राजभण्डारी भन्नुहुन्छ, “मुलुकको हित हुने विषयमा सरकार, प्रमुख प्रतिपक्षलगायत पक्ष एक ठाउँमा उभिनुपर्छ, अहिले त्यस्ता विषयमा समेत सदनमा दलहरूबीच जुहारी खेलेजस्तो अनुभव भइरहेको छ ।” नेत्री राजभण्डारीले नेतृत्वले देश, समाज र जनतालाई ठिक बाटाबाट डोहोर्याउन पार्टीको आन्तरिक जीवनमा प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो । ‘सांसदसँग रासस संवाद’मा प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद उहाँले विभिन्न विधि र प्रक्रिया रहेका कारण राजनीतिकरूपमा बाहि...
कार्यमुखी र परिणाममुखी सदनको पक्षमा नेत्री श्रेष्ठ

कार्यमुखी र परिणाममुखी सदनको पक्षमा नेत्री श्रेष्ठ

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्नुहुन्छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमाथि लामो कर्मकाण्डी बहस–छलफल भए पनि त्यसमा समावेश गर्न दिइएका सुझाव र संशोधन नसमेटिएकामा उहाँ तीव्र असन्तुष्टि व्यक्त गर्नुहुन्छ । सांसद श्रेष्ठ भन्नुहुन्छ, “दैनिक रु १० लाख खर्च गरी बजेटमाथि महिनौँ छलफल गरियो । त्यसमा आएका सकारात्मक सुझाव समेट्नुपथ्र्यो । सरकारले जे ल्यायो, बैठकमा हुन्छ र हुन्न भन्ने आधारमा अल्पमत, बहुमत र सहमतिका नाममा पास भएको देखेँ । त्यो व्यावहारिक लागेन ।” यस्तो ढाँचा, ढर्रा र औपचारिकताले देशले गति नलिने उल्लेख गर्दै उहाँले परिणाम नदिने झन्झटिलो प्रक्रियालाई तत्कालै सच्याएर जानुपर्ने सुझाव दिनुभयो । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबीच भ्रष्टा...