२५ कार्तिक २०८३, बुधबार

अमेरिकामा ममता काफ्ले हत्या प्रकरणः पति नरेश भट्ट दोषी ठहर, जन्मकैदसम्मको सजाय हुने

कोलोराडोखबर संवाददाता , November 11th, 2026

अमेरिका । प्रिन्स विलियम काउन्टीको जुरीले नरेश भट्टलाई उनकी पत्नी ममता काफ्ले भट्टको हत्यामा प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ ।

‘इन्साइड नोभा’का अनुसार जुरीले तीनवटा मुद्दाहरूमा उनलाई दोषी ठहराएको हो ।

जसमा प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अङ्गमङ्ग वा बेइज्जती गरेको रहेको छ ।

भट्टलाई सजाय निर्धारण गर्ने अन्तिम सुनुवाइ सन् २०२७ मार्च १२ का लागि तय गरिएको छ ।

मनासास पार्कमा नर्सका रूपमा कार्यरत २८ वर्षीया ममता काफ्ले भट्ट सन् २०२४ जुलाई २९ देखि सम्पर्कविहीन भएकी थिइन् ।

उनको शव हालसम्म फेला परेको छैन । ३९ वर्षीय नरेश भट्टले गत हप्ता अदालतमा बयान दिँदै ममताले आत्महत्या गरेको र आफूले उनको शव टुक्रा–टुक्रा पारेर फालेको स्वीकार गरेका थिए ।

भर्जिनियाको कानुन अनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्