२० कार्तिक २०८३, शुक्रबार

नेपाली घरको सहयोगार्थ कोलोराडोमा आयोजना हुने देउसी-भैलोको सम्पूर्ण तयारी पुरा

कोलोराडोखबर संवाददाता , November 6th, 2026

-नातिबाब भट्ट (कोलोराडो, अमेरीका) । नेपाली संस्कृति, परम्परा र सामुदायिक एकतालाई प्रवासमा जीवन्त राख्दै नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोका दुई छुट्टाछुट्टै स्थानमा आयोजना हुन लागेको देउसी–भैलोको सबै तयारी पुरा भएको छ।

नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा र अरोरामा यही नोभेम्बर ७ तारिक शनिवार साँझ ५ बजे देखि राति ९ बजेसम्म आयोजना हुन लागेको देउसी–भैलोको सम्पूर्ण तयारी पुरा भएको हो ।

आफ्नो स्थापना कालदेखि नै देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको नेपाली घरले नेपाली साँस्कृतिक केन्द्रमा नेपाली घरमा आयोजीत कार्यक्रमलाइ भब्य र सब्यरूपमा सफल बनाउन साँस्कृतिक सचिव दिनेश कार्किलाइ संयोजनको जिम्मा दिएको छ । संयोजक कार्कीले बुधबार संम्पन्न तयारी समितीको बैठकमा तयारीका कामहरू सबै पुरा भइसकेको बताएका छन् ।

यसैगरी, अरोरा तथा सेन्टिनियलवासी नेपाली समुदायको आयोजनामा अरोरास्थित Falcon Creek Middle School मा पनि सोहिदिन र समयमा देउसी–भैलो कार्यक्रम हुनेछ। यस स्थानको कार्यक्रम सफलातका साथ सम्पन्न बनाउन नेपाली घरका कोषाध्यक्ष राजन सापकोटाले संयोजनको जिम्मा लिएका छन् । आज उनै साप्कोटा संग भएको कुराकानीमा उनले पनि सबै तयारी पुरा भएको बताएका छन् ।

यसैगरी नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले कोलोराडोमा रहेका सबै नेपाली संघसंस्था तथा नेपाली भाषी समुदायका सदस्यहरूलाइ बिभिन्न सामाजिक संजाल मार्फत निमन्त्रणा पठाइ सकिएको र यदी कुनै कारणबस निमन्त्रणा नपुगेको भएपनि यसै समाचारलाइ आधारमानी आफूलाई पायक पर्ने स्थानमा सहभागी भई कार्यक्रम सफल बनाउन र नेपाली सांस्कृतिक केन्द्रको संरक्षण तथा विकासमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रवासमा आयोजना हुने यस्ता कार्यक्रम मनोरञ्जन र शुभकामना आदानप्रदानमा मात्र सीमित छैनन्। देउसी–भैलोले नयाँ पुस्तालाई नेपाली भाषा, लोकगीत, मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ। देउसीबाट संकलित सहयोग सामुदायिक संस्थाको संरक्षण र विकासमा जुटाउन सकिने भएकाले यस्ता कार्यक्रमको सामाजिक महत्व समेत रहेको छ।

हिन्दू धार्मिक परंम्परामा अनुसार- कात्तिक महिनामा दान तथा पुण्यकर्म गर्नु शुभ मानिन्छ। यही धार्मिक विश्वास, सांस्कृतिक निरन्तरता र सामुदायिक सहकार्यको भावनासहित आयोजना हुन लागेका कार्यक्रमलाई सफल बनाउन अध्यक्ष चौलागाईंले कोलोराडोवासी नेपालीभाषी समुदायलाइ सःपरिवार सक्रिय सहभागिताको लागी अनुरोध गरेका छन् ।

नेपाली साँस्कृतिक केन्द्रको सहयोगार्थ सहभागीहरूद्वारा स्वैच्छिक रूपमा प्रदानगरिएको दान दक्षिणाबाट खर्च कटाइ बाँकी रहेको रकम नेपाली घरको खातामा जम्मा गरिने जनाउदै चौलागाईंले यस अभियान सफल बनाउन सबैलाइ सहभागिताका बिनम्र अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्