२४ कार्तिक २०८३, मंगलवार

कोलोराडोमा नेपाली घरको सहयोगार्थ खेलिएको देउसी भैलोमा २८ हजार भन्दा बढी सहयोग संकलन

कोलोराडोखबर संवाददाता , November 10th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा खेलिएको देउसी–भैलोबाट २८ हजार डलर भन्दा बढी सहयोग संकलन गरिएको छ ।

यही नेभेम्वर ७ तारिक साँझ नेपाली घरको आयोजनामा वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा खेलिएको देउसी–भैलोमा १५ हजार ५ सय ७० र अरोरा तथा सेन्टिनियलवासी नेपाली समुदायको आयोजनामा अरोरास्थित Falcon Creek Middle School १३ हजार ५५ डलर गरी जम्मा २८ हजार ६ सय २५ डलर सहयोग संकलन गरिएको हो ।

साँस्कृतिक केन्द्र नेपाली घरमा खेलिएको देउसी–भैलोमा खेलिएको देउसी–भैलोको उद्घाटन सबिता श्रेष्ठ र अरोरामा आयोयोजित देउसी–भैलोको कान्ता रेग्मी द्वारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो । नेपाली राष्टियगान संगै अगाडी बढाइएको कार्यक्रम साँझ ५ बजे देखि राति ९ बजेसम्म सञ्चालन भएको थियो ।

आफ्नो स्थापना कालदेखि नै देउसी भैलो खेल्दै आएको नेपाली घरले कार्यक्रमलाइ भब्य र सब्यरूपमा सफल बनाउन साँस्कृतिक सचिव दिनेश कार्किलाइ संयोजनको जिम्मा दिएको थियो भने, अरोराको कार्यक्रम सफलातका साथ सम्पन्न बनाउन नेपाली घरका कोषाध्यक्ष राजन सापकोटाले संयोजनको जिम्मा लिएका थिए ।

कोलोराडोमा रहेका नेपाली भाषी समुदायको बाक्लो उपस्थिती रहेको कार्यक्रमा विशेषगरी साना बालबालिकाहरूको व्यापक सहभागीता र सकृयता बिच कार्यक्रम सम्पन्न हुनु सराहनिय पक्ष रहेको छ । दुबै कार्यक्रममा बाल बालिकाहरूले तिहार सम्बन्धि गीतमा शुन्दर नृत्य प्रश्तुत गरेका थिए भने केहीले गीत गाएर आफ्नो कला प्रश्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा गायिका संझना पाण्डे, निलम श्रेष्ठ, उत्तरा श्रेष्ठ, दिनेश कार्की लगायतले शुन्दर गीत गाएर श्रोता दर्शकको मन जित्न सफल भएका थिए । कार्यक्रममा नेपाली भाषी भुटनिज समुदायको पनि उल्लेख्य सहभागीता र सहयोग रहेको थियो ।

यसैगरी दुवै कार्यक्रममा परंपरागत शैलीमा देउसी भेलो खेलिएको थियो । कार्यक्रम सफल बनाउन सिर्ष्टर ग्रुप दिदीबहिनी समुह कोलोराडो लगायतका संघ संस्थाहरूको सकृय सहभागीता रहेको थियो ।

यसैबिच नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले सामाजिक संजाल मार्फत देउसी भैलोमा सहभागी सबैलाइ धन्यवाद दिएका छन् । उनले भनेका छन्-‘नेपालीघर द्वारा आयोजित देउसी–भैलो कार्यक्रममा आफ्नो अमूल्य समय प्रदान गरी उत्साहजनक सहभागिता जनाउनुहुने सम्पूर्ण सहयोगी दाताहरू, स्वयंसेवकहरू, कलाकारहरू, सहभागीहरू, शुभेच्छुकहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति म आफ्नो व्यक्तिगत तर्फबाट तथा नेपाली घर परिवारको तर्फबाट हृदयदेखि नै हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु। यहाँहरूको उत्साहपूर्ण सहभागिता, सहयोग, सद्भाव र आत्मीयताले कार्यक्रमलाई केवल एउटा सांस्कृतिक उत्सवमा मात्र सीमित नराखी आपसी प्रेम, सद्भाव, एकता र नेपालीपनको सुन्दर संगमका रूपमा स्थापित गरेको छ। देउसी–भैलो हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानको अमूल्य धरोहर हो। विदेशको व्यस्त जीवनशैलीका बीच पनि आफ्नो भाषा, कला, संस्कृति र परम्परालाई जीवन्त राख्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने यस अभियानमा यहाँहरू सबैको सहभागिता अत्यन्तै प्रशंसनीय र प्रेरणादायी छ।’

नेपाली घरप्रतिको यहाँहरूको लगन, मेहनत, समर्पण र नेपाली समाजप्रतिको निःस्वार्थ सेवाभाव सधैँ यसरी नै कायम रहिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। यहाँहरूजस्ता समर्पित, सहयोगी र समाजप्रति जिम्मेवार साथीहरूसँग हातेमालो गर्दै काम गर्न पाउनु मेरा लागि पनि गौरवको विषय हो। कुनै पनि कार्यक्रम वा संस्था एक्लो प्रयासले सफल हुँदैन । यसको सफलताको पछाडि धेरै हातहरूको मेहनत, धेरै मनहरूको भावना र धेरै व्यक्तिहरूको निःस्वार्थ योगदान जोडिएको हुन्छ। त्यसैले कार्यक्रमको तयारीदेखि व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, आर्थिक तथा भौतिक सहयोग र प्रत्यक्ष सहभागितासम्म योगदान पुर्‍याउनुहुने प्रत्येक व्यक्तिको योगदान हाम्रा लागि उत्तिकै महत्वपूर्ण र सम्मानयोग्य छ। हामी सबैको एकता, सहकार्य र सामूहिक प्रयासले नेपाली साँस्कृतिक केन्द्र घरलाई अझ उचाइमा पुर्‍याउँदै नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा अभियानलाई अझ सशक्त बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु भनेका छन् ।

त्यसैगरी नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा खेलिएको देउसी–भैलोका संयोजक दिनेश कार्किले पनि समाजिक संजाल मार्फत देउसी भैलोलाइ सफलताका साथ सम्पन्न बनाउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिएका छन् । आयोजकहरूले संकलित सहयोगबाट खर्च कटाइ बाँकी रहेको रकम नेपाली घरको खातामा जम्मा गरिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्