मेयर बालेनलाई खुला पत्रः ‘एनआरएनएको सामाजिक सम्पत्ति संरक्षण गर्ने कर्तव्य तपाईँको पनि हो’
–फणिन्द्र पन्त–
बुधबार काठमाडौँ महानगरपालिकाले विश्वभरिका कम्तिमा १००० प्लस बढी महानगर, नगरमा बसोबास गर्ने नेपालीको साझा सवाल र सरोकारको वकालत गर्ने मुख्यालयलाई समेत प्रभावित गर्ने गरी ७ दिनको समयमा खालि गर भन्ने सूचना निकालेछ । काठमाडौँ महानगर प्रमुख बालेन शाहको जोस् त् छ तर बिबेक चाही अधुरो रहेको प्रमाण उनको सूचना आँफै छ ।
१. बिशेष अदालतले निर्णय गरेको पूर्ण विवरण ( पूर्ण) पाठ प्रकाशित हुन बाँकी नै छ । निर्णयको बिस्तृत जानकारी र असर अनि पुनरावेदन भन्ने त हुन्छ, हुन्छ । सर्बोच्च अदालत छ, अन्तिममा राष्ट्रपति सम्म राजनैतिक निर्णय र बिबेकको अपिल गर्ने विश्वव्यापी प्रचलन र अधिकार , मौलिक हक सुरक्षित हुन्छ ।
२. हामीले (एनआरएनए) ले पनि सार्बजनिक मिडियाबाट मात्र नै सुनेको, थाहा पाएको हो । कुनै आधिकारिक निकाय वा अदालतबाट बिषयबस्तु र सम्पतिको अधिकारको बारेमा लिखित जानकारी आजसम्म आएको छैन । आउ...









