अध्यागमन विभागले शुरु गर्यो ईभिसा र अनलाइन भुक्तानी सेवा
नेपाल । अध्यागमन विभागले अबदेखि ईभिसा जारी गर्दै अनलाइन भुक्तानी प्रारम्भ गरेको छ ।
शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ईभिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ईभिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् ।
अध्यागमन विभागले शुक्रवारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको जनाएको छ ।
अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुमा पूर्ण रुपमा डिजिट र स्वचालित रुपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन् । विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ ।
यो सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न,पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालय...









