२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको सुझाव

गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको सुझाव

नेपाल । गैरआवासीय नेपाली संघको तर्फबाट गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक, २०८३ सम्बन्धमा आफ्ना विस्तृत सुझावहरू परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा पेश गरिएको छ। उक्त सुझावहरू उपाध्यक्ष एवं गैरआवासीय नेपाली कल्याण विभागकी प्रमुख तथा नागरिकता निरन्तरता समितिकि संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमार्फत पेश गरिएको हो । प्रतिनिधिमण्डलले विश्वभर रहेका गैरआवासीय नेपाली समुदायबाट संकलित सुझावहरू, सरोकारवाला निकायहरू तथा कानुनी विज्ञहरूसँग गरिएको बृहत् छलफल र परामर्शका आधारमा तयार पारिएको एकीकृत दस्तावेज मन्त्रालयसमक्ष बुझाएको हो । यसका साथै श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा सम्बन्धी महाशाखामा समेत उक्त सुझाव बुझाइएको छ। सुझावपत्र उपसचिव मधुसुदन भट्टराईमार्फत मन्त्री शिशिर खनाललाई तथा महाशाखा प्रमुख पुष्पराज भट्टराईलाई हस्तान्तर...
टेक्ससमा सञ्चालित कन्सुलर घुम्ती शिविरमा २७२ नेपालीले लिए सेवा

टेक्ससमा सञ्चालित कन्सुलर घुम्ती शिविरमा २७२ नेपालीले लिए सेवा

अमेरिका । अमेरिका टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन् । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा ग्रेटर अस्टिन नेपाली समाजले यही वैशाख १४ र १५ गते आयोजना गरिएको राहदानी तथा कन्सुलर घुम्ती शिविरमा नयाँ राहदानी तथा नवीकरण २६७, वारेस नामा एक, एकतर्फी यात्रा कागजात तीन र एनआरएन कार्ड एक गरी २७२ जनालाई सेवा प्रदान गरिएको उपमहावाणिज्यदूत धना जोशीले जानकारी दिनुभयो । अमेरिकाका विभिन्न नौ राज्यमा रहेका नेपालीलाई कन्सुलर सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले गत वर्ष टेक्ससको ड्यालसमा महावाणिज्य दूतावास स्थापना गरेको थियो । उपमहावाणिज्यदूत धना जोशीका अनुसार ड्यालसमा दूतावास स्थापना भएपछिको यो पहिलो घुम्ती शिविर हो । भौगोलिक रूपमा टाढा रहेका नेपालीलाई पायक पर्ने स्थानमै से...
प्रथम अन्तराष्ट्रिय महिला सम्मेलनका लागि सरोकारवालासँग सुझाव संकलन

प्रथम अन्तराष्ट्रिय महिला सम्मेलनका लागि सरोकारवालासँग सुझाव संकलन

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत अन्तराष्ट्रिय समन्यव परिषद्को महिला विभागले “महिला सशक्तिकरणको आधार, रोजगारी, उद्यम र व्यापार” भन्ने मूल नारासहित आयोजना गर्न लागेको प्रथम अन्तराष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र बनाएको छ। राष्ट्रिय मानव अघिकार आयोगकी सदस्य लिली थापा, कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री माननीय राज्यमन्त्री शोभा चेम्जोंग,महिला आयोगकि अध्यक्ष कमला पराजुली संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र पूर्व अध्यक्ष रबिना थापाको विशेष आतिथ्यतामा आज सम्मेलनको तयारीस्वरूप विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन गरिएको छ। सम्मेलन आगामी जनवरीमा काठमाडौंमा आयोजना हुने तयारी छ, जसको उद्देश्य विश्वभर रहेका नेपाली महिलाहरूलाई एउटै मञ्चमा ल्याई उनीहरूको अनुभव, चुनौती र सफलताका कथाहरू आदान–प्रदान गर्नु रहेको छ। महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) को सभाप...
वासिङ्टनमा एक बन्दुकधारीले आक्रमण गरेपछि विश्वका नेताहरूद्वारा दुःख व्यक्त

वासिङ्टनमा एक बन्दुकधारीले आक्रमण गरेपछि विश्वका नेताहरूद्वारा दुःख व्यक्त

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा शनिबार राति वासिङ्टनमा एक बन्दुकधारीले आक्रमण गरेपछि विश्वका नेताहरूले दुःख व्यक्त गरेका छन् । अमेरिकी कानुन प्रवर्तन निकायले ‘शटगन, ह्यान्डगन र धेरै चक्कु’ सहित एक मात्र संदिग्धलाई हिरासतमा लिइएको बताएको छ । संदिग्धले सोमबार सङ्घीय अदालतमा अभियोगको सामना गर्नुपर्ने छ । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले भन्नुभयो, “वासिङटनमा ह्वाइट हाउसको संवाददाताको रात्रिभोजमा भएको दृश्यले स्तब्ध बनायो ।” “प्रजातान्त्रिक संस्था वा प्रेस स्वतन्त्रतामाथिको कुनै पनि आक्रमणको कडा शब्दमा निन्दा गरिनु पर्छ,” स्टार्मरले आइतबार सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले उक्त घटना ‘अस्वीकार्य’ भएको बताउनुभएको छ । “लोकतन्त्रमा हिंसाको कुनै स्थान छैन,” उहाँले एक्समा उल्लेख गर्नुभएको छ, “यस घटनामा मेरो राष्ट्रपति डोन...
NRNA र IFRC बीच मानवीय सहयोग सुदृढ गर्ने उद्देश्यसहित समन्वय बैठक सम्पन्न

NRNA र IFRC बीच मानवीय सहयोग सुदृढ गर्ने उद्देश्यसहित समन्वय बैठक सम्पन्न

नेपाल । गैरआवासीय नेपाली संघ (NRNA) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (IFRC) बीच आपसी सहकार्य तथा मानवीय सहयोग सुदृढ गर्ने उद्देश्यसहित समन्वय बैठक सम्पन्न भएको छ। NRNA को केन्द्रीय कार्यालयमा सम्पन्न उक्त बैठकमा IFRC नेपालका प्रतिनिधि प्रमुख डेभिड फिशर तथा मानवीय कूटनीति तथा सम्पर्क प्रबन्धक कृष्ण कुमार के.सी.को सहभागिता रहेको थियो। NRNA को तर्फबाट उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष टीका गुरुङ, एनसीसी संस्थापक अध्यक्ष कृष्ण पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत (CEO) राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो। बैठकमा विपद् व्यवस्थापन, आप्रवासी नेपालीहरूको हित संरक्षण, समुदाय सशक्तीकरण, साथै अभियान तथा सचेतना लगायतका मानवीय सहायता कार्यक्रमहरूमा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।...
गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामाथि सुझाव दिन अनुरोध (मस्यौदासहित)

गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामाथि सुझाव दिन अनुरोध (मस्यौदासहित)

अमेरिका । नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट प्राप्त गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा माथि आफ्ना अमूल्य राय तथा सुझावहरू दिन अनुरोध गरिएको छ । यो विधेयक गैरआवासीय नेपाली संघले ल्याएको नभई नेपाल सरकारकै पहलमा तयार गरिएको हो । नेपाल सरकारले उक्त मस्यौदाका सम्बन्धमा गैरआवासीय नेपालीहरूबाट राय तथा सुझाव माग गरिरहेको छ । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यहरूबाट सुझाव संकलन गर्न सूचना प्रकाशित गरेको एनआरएनए एनसीसी युएसएका अध्यक्ष सतेन्द्र शाहले उल्लेख गरेका छन् । मस्यौदाको पूर्णपाठका लागि तलको लिंकमा क्लिक गर्नुहोस्ः https://drive.google.com/.../1CfZWeRIjga5liUKyVtn.../view......
दक्षिण पूर्वी एशियाबाट ६ सय १२ नेपालीको उद्धार

दक्षिण पूर्वी एशियाबाट ६ सय १२ नेपालीको उद्धार

नेपाल । परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एशियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तिब्रता दिएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । मन्त्रालयकाअनुसार उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४ सय ८७ जना, म्यानमारबाट १ सय ११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका छन् । उद्धार कार्यका लागि थाइल्याण्ड र म्यानमारस्थित नेपाली राजदूतावासहरूले स्थानीय निकायहरूसँग सक्रिय समन्वय र सहयोग गरिरहेका छन् । हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको सङ्ख्या २१ हजार पुगेको र त्यसम...
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने प्रतिबद्धता

नेपाल । सरकारले प्रस्तावित गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस सम्बन्धमा गैरआवासीय नेपाली संघ (NRNA) र परराष्ट्र मन्त्रालयबीच आयोजित अन्तरक्रिया कार्यक्रममा माननीय परराष्ट्र मन्त्री शिशिर खनालले उक्त जानकारी दिनुभयो। उहाँले संविधानका आकांक्षाहरूलाई अवधारणात्मक आधार र व्यावहारिक कार्यान्वयन दुवै दृष्टिकोणबाट अझ स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, गैरआवासीय नेपालीहरूको अधिकार, भूमिका तथा योगदानलाई समेट्ने गरी ऐनलाई प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा संघका अध्यक्ष डा. हेमराज शर्मा, संस्थापक अध्यक्ष उपेन्द्र महतो, निवर्तमान अध्यक्ष डा. बद्री केसी, पूर्वअध्यक्ष कुल आचार्य, संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष वुद्धि सु...
महान्यायाधिवक्ता कँडेलको योग्यतामा प्रश्न उठाउँदै तीन रिट निवेदन दायर

महान्यायाधिवक्ता कँडेलको योग्यतामा प्रश्न उठाउँदै तीन रिट निवेदन दायर

नेपाल । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै तीन रिट निवेदन दायर गरिएका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका र उक्त विषयमा बिहीबार सुनुवाइ हुने जानकारी दिनुभयो । महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गर्नुभएको हो । रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत २२ गते डा कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ । निरन्...
अमेरिकाको लुइसियाना गोलीकाण्डः ८ बालबालिकाको मृत्यु

अमेरिकाको लुइसियाना गोलीकाण्डः ८ बालबालिकाको मृत्यु

अमेरिका । अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्ट शहरमा भएको गोलीकाण्डमा १ देखि १४ वर्ष उमेरका ८ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनालाई प्रहरीले घरेलु विवादसँग सम्बन्धित बताएको छ। प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५ बजे घटना शुरू भएको थियो। एक जना बन्दुकधारीले १० जनामाथि गोली प्रहार गरेपछि चोरी गरिएको गाडीमा भागेका थिए। त्यसपछि प्रहरीले पछ्याउँदै संदिग्ध हमलाकारीलाई गोली हानी मारेको थियो। श्रेभपोर्टका मेयर टम आर्सेनोले भने, ‘परिवारहरू पीडामा छन्, प्रहरी र सम्बन्धित निकायका कर्मचारीहरू पनि प्रभावित छन्। यस घटनाले सम्पूर्ण समुदायलाई असर पारेको छ, हामी सबै पीडित परिवारसँगै शोकमा छौं।’ प्रहरीले मृतकहरूको नाम सार्वजनिक गरेको छैन, तर केही बालबालिका हमलाकारीसँग सम्बन्धित रहेको बताइएको छ। संदिग्ध हमलाकारीको पहिचान शमार एल्किन्सका रूपमा गरिएको छ। मेयरले यस घटनालाई श...