२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

रास्वपा प्रवास विभाग प्रमुखमा दीपक बोहोरा नियुक्त

रास्वपा प्रवास विभाग प्रमुखमा दीपक बोहोरा नियुक्त

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई नियुक्त गरेको छ । रास्वपा सचिवालको आइतबार बसेको बैठकले बोहोरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । यसअघि प्रवास विभाग प्रमुख रहेका डीपी अर्याल सभामुख बनेसँगै उक्त पद रिक्त भएको थियो । सोही रिक्त पदमा सांसद बोहोरालाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।...
अमेरिकाको नर्थ क्यारोलिनामा मनाइयो नेपाल दिवस

अमेरिकाको नर्थ क्यारोलिनामा मनाइयो नेपाल दिवस

अमेरिका । विगतका वर्ष झैँ यस वर्ष पनि नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिबार नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ । नर्थ क्यारोलिनास्थित नेपालीको साझा संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसिएनसी) ले आयोजना गरेको नेपाल दिवसको यो १० औँ संस्करण हो । नेपाल दिवसमा करिब तीन हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ । टाउन अफ मोरिसभिल, एपेक्स, केरी, होलिस्पिङ र वेक काउन्टीले अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप प्रत्येक वर्ष सो कार्यक्रम गरिँदै आएको छ । “हामी नेपालबाट आउने मानिसका लागि नेपालबाहिर पनि नेपाल देख्ने एक अवसर हो, मलाई यो कार्यक्रम देख्दा निकै खुसी लागेको छ,” भर्खरै नेपालबाट आउनुभएका किशोर पौडेलले भन्नुभयो । एनसिएनसीका पूर्वअध्यक्ष आरपी पौडेल र वरिष्ठ साहित्यकार डा। ऋषि बस्ताकोटीले पनि भव्य रूपमा आयोजना भएकोमा खुसी व्यक्त गर्नुभयो । बसाइँ...
एनआरएनएद्वारा आइएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु

एनआरएनएद्वारा आइएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकार्यमा चार दिने आवासीय रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ। यस कार्यशालामा मध्यपूर्वका देशहरू सहित मलेसिया (राष्ट्रिय समन्वय समिति) का पदाधिकारीहरूको सहभागिता रहेको छ। कार्यशालाको मुख्य उद्देश्य एनआरएनए अन्तर्गतका एनसीसी तथा सचिवालयका कर्मचारीको समेत क्षमता अभिबृद्दि गरि समग्र संरचनालाई थप सुदृढ, सक्षम र प्रभावकारी बनाउनु रहेको छ। यसमार्फत संस्थागत क्षमता विकास, नेतृत्व सुदृढीकरण तथा समन्वय प्रणालीलाई अझ व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।...
सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को एनआरएनए एनसीसी अमेरिकाद्वारा स्वागत

सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को एनआरएनए एनसीसी अमेरिकाद्वारा स्वागत

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाले नेपाल सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को स्वागत गरेको छ । एनआरएनए एनसीसी अमेरिकाले विज्ञप्ति प्रकाशित गर्दै अब कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उल्लेख गरेको छ । सरकारले सार्वजनिक गरेको उक्त प्रतिबद्धतालाई ऐतिहासिक र सकारात्मक पहलका रूपमा लिएको उल्लेख गर्दै सरकारप्रति आभार व्यक्त गरेको हो । यसले विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग अझ नजिक ल्याउने विश्वास पनि व्यक्त गरिएको छ। गैरआवासीय नेपालीका लागि नागरिकता निरन्तरता, सम्पत्ति अधिकार तथा मतदान अधिकार सुनिश्चित गर्ने विषय समेटिनु महत्वपूर्ण उपलब्धि भएको एनआरएनएको भनाइ छ । साथै, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव र पूँजीलाई “ब्रेन गेन” का रूपमा उपयोग गर्ने सरकारको सोचलाई पनि प्रशंसनीय कदम मानिएको छ । एनआरएनए अमेरिकाले पूर्वाधार विकास, उच्च शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान, ख...
एनआरएनएको ११औं एशिया क्षेत्रीय सम्मेलन अगष्ट महिनामा चीनमा आयोजना हुने

एनआरएनएको ११औं एशिया क्षेत्रीय सम्मेलन अगष्ट महिनामा चीनमा आयोजना हुने

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं एशिया क्षेत्रीय सम्मेलन आगामी अगष्ट महिनामा आयोजना हुने भएको छ। संघका क्षेत्रीय संयोजक दीपक कँडेलका अनुसार उक्त सम्मेलन अगष्ट १५ र १६ तारिखमा चीनमा आयोजना गरिनेछ । सम्मेलनको नारा ‘आरोहण’ राखिएको छ । कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरू, नेपाल सरकारका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा एशिया क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरू सहभागी हुनेछन् ।...
NRNA को प्रतिनिधि मण्डलद्वारा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग भेटघाट

NRNA को प्रतिनिधि मण्डलद्वारा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग भेटघाट

नेपाल । महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) को नेतृत्वमा गैरआवासीय नेपाली संघ (NRNA) को प्रतिनिधिमंडलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग भेटघाट गरेको छ। भेटका क्रममा संघले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूको प्रगति र प्रभावबारे मन्त्री बादीलाई जानकारी दिईएको थियो। उक्त परियोजनामार्फत सडकबाट उदार गरिएका ५० जना बालबालिकाको संरक्षण, शिक्षा तथा पुनर्स्थापनामा सहयोग उपलब्ध गराइएको छ l यसैगरी, आगामी महिला विश्व सम्मेलनको तयारीका सम्बन्धमा पनि जानकारी गराइएको छ l सम्मेलनलाई सफल बनाउन भइरहेको तयारी र अपेक्षित सहभागिताबारे जानकारी प्रस्तुत गरिएको हो l भेटमा मन्त्री बादीले संघ का गतिविधिहरूको प्रशंसा गर्दै सरकारका तर्फबाट आवश्यक सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा गरिने कार्यक्रमहर...
बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिए

बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिए

नेपाल । भारत बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले राज्यपालसमक्ष राजीनामा बुझाएको पुष्टि गरेका छन्। राजीनामापछि उनले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, नयाँ बन्ने सरकारलाई आफ्नो “पूर्ण सहयोग र मार्गदर्शन” रहने बताएका छन्। आफ्नो कार्यकाल सम्झँदै उनले भने, “२४ नोभेम्बर २००५ मा पहिलोपटक राज्यमा एनडीए सरकार गठन भएको थियो। त्यसयता राज्यमा कानुनको शासन स्थापित भएको छ र हामी निरन्तर विकासका काममा लागिरहेका छौं।” उनले आफ्नो नेतृत्वमा सबै वर्ग, धर्म, जाति र समुदायको समावेशी विकास गरिएको दाबी गरेका छन्। नीतीश कुमारले भने, “शिक्षा, स्वास्थ्य, सडक, बिजुली, कृषि लगायत सबै क्षेत्रमा काम गरिएको छ। महिला र युवाहरूका लागि पनि धेरै पहल गरिएको छ।” यसअघि उनी मार्च महिनामा बिहारबाट राज्यसभा सदस्यमा निर्वाचित भएका थिए र सांसदको ...
कतारमा पनि एक भयो एनआरएनए

कतारमा पनि एक भयो एनआरएनए

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारमा लामो समयदेखि जारी आन्तरिक विवाद अन्त्य गर्दै अन्ततः एकता कायम भएको छ। आपसी समझदारी र सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो। सहमति अनुसार कृष्ण पन्थीले एनसीसीको नेतृत्व सम्हाल्ने भएका छन् भने पदम गिरीलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) मा मनोनयन गर्ने निर्णय गरिएको छ। संघका अध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा सोमबार सो सहमति जुटेको हो। त्यसैगरी, महासचिवमा शिव भुजेल चयन भएका छन् भने अर्का महासचिव विवेक पुलामी मगर उपाध्यक्ष पदमा रहने सहमति भएको छ। कोषाध्यक्षको जिम्मेवारी प्रेम बस्नेतले सम्हाल्नेछन् भने अर्का कोषाध्यक्ष कविन्द्र कण्डेल सचिव पदमा रहने भएका छन्। अन्य पदहरू दुवै पक्षबाट यथावत राख्ने सहमति भएको जनाइएको छ। एकताको वातावरण निर्माण गर्न आ–आफ्नो पद त्याग गरी योगदान गर्ने सबैप्रति आभार व्यक्त गरिएको छ। सामाजिक सेवा तथा व्यवस...
अमेरिकाबाट एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट !

अमेरिकाबाट एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट !

नेपाल । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् । मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, अन्यलाई भने विभिन्न नियम उल्लंघन गरेको आरोपमा अमेरिकाले डिपोर्ट गरिदिएको हो । पछिल्लो दुई महिनामा अमेरिकाबाट २ सय बढी नेपालीहरू डिपोर्ट भएका छन । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।...
स्पेनमा नेपाली घर (मन्दिर) बनाउनको लागि ३ लाख युरो संकलन

स्पेनमा नेपाली घर (मन्दिर) बनाउनको लागि ३ लाख युरो संकलन

नेपाल । स्पेनस्थित नेपाली समुदायले बार्सिलोनामा नेपाली घर (मन्दिर) बनाउनको लागि ५ करोड भन्दा बढी संकलन गरेका छन् । गैरआवासीय नेपाली संघ स्पेनका प्रवक्ता रमेश खनालका अनुसार गैर–आवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा सञ्चालित ५ दिने ‘स्पेन आध्यात्मिक महोत्सव २०२६’ मा ३ लाख युरो (५ करोड २१ लाख नेपाली रुपैयाँ) भन्दा बढीको आर्थिक संकलन भएको हो । महोत्सवमा वाचन शिरोमणि पण्डित श्री दीनबन्धु पोखरेलको मुखारविन्दबाट प्रवाहित आध्यात्मिक प्रवचनले वातावरण भक्तिमय बनेपछि नेपाली समुदायले मन फुकाएर आ–आफ्नो आर्थिक प्रतिबद्धता घोषणा गरेका थिए । आर्थिक प्रतिबद्धता जाहेर गर्नेहरूलाई आगामी महिनाभित्र संस्थाको खातामा पैसा संकलन गर्न आग्रह गरिएको खनालले जनाए । ...