१४ जेष्ठ २०८३, बिहीबार

युरोपियन युनियनका सदस्य राष्ट्रले अमेरिकासँगको व्यापार सम्झौता कार्यान्वयन गर्ने तयारी

कोलोराडोखबर संवाददाता , May 28th, 2026

अमेरिका । युरोपियन युनियनका सदस्य राष्ट्रले संयुक्त राज्य अमेरिकासँग भएको व्यापार सम्झौता औपचारिकरूपमा कार्यान्वयन गर्ने तयारीका साथ युरोपेली संसद्‌ले बुधबार स्वीकृत गरेका छन् । जसको कार्यन्वयनका लागि अन्तिम हस्ताक्षर बाँकी छ ।

गत जुलाईमा भएको सम्झौताले अधिकांश युरोपेली सामानमा १५ प्रतिशत अमेरिकी कर कायम गरेको थियो । तर गत हप्ता इयूका राजधानी र सांसदबिच भएको सम्झौताले सम्झौता कार्यान्वयन गर्न वा दण्डात्मक नयाँ करको सामना गर्न अनयथा ट्रम्पको जुलाई(४ को समय सीमा पूरा गर्न निगरानी गरेको जनाइएको छ ।

ब्रसेल्समा आयोजित कूटनीतिक बैठकले औपचारिकरूपमा सम्झौतालाई अनुमोदन गरेको छ भने सांसदले जूनको मध्यतिर आधिकारिकरूपमा समर्थन गर्ने जनाइएको छ । संयुक्त राज्य अमेरिकाले आफ्नो अठोट छाडेमा सम्झौताले इयूका कर दर हटाउनका लागि सुरक्षित उपाय समावेश गरेको जनाइएको छ ।

तर उनीहरूलाई ह्वाइट हाउससँगको तनावबाट बच्नका लागि सांसदको प्रारम्भिक मागबाट पछि हटाइएको जनाइएको छ । सम्झौताको म्याद ट्रम्पको कार्यकाल समाप्त भएपछि २०२९ को अन्त्यसम्म हुने बताइएको छ । सम्झौता अनुसार संयुक्त राज्य अमेरिकाले संसद्‌ले चाहेको पूर्व शर्त बनाउनुको सट्टा निर्धारित समयमा १५ प्रतिशत भन्दा बढी अतिरिक्त कर हटाउन वर्षको अन्त्यसम्मको समय सीमा दिएको छ ।

ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको धम्कीलाई लिएर यो व्यापार सम्झौतालाई युरोपेली सङ्घका लागि प्रतिकुल ठान्ने संसदले अनुमोदन प्रक्रियालाई धेरै पटक स्थगित गरेको थियो । अन्ततः युरोपेली आयोगले युरोपेली सङघको सबै भन्दा ठुलो व्यापारिक साझेदार अमेरिकासँगको सम्बन्ध कायम राख्नुपर्ने आवश्यकतालाई उद्धृत गर्दै शुल्क सम्झौताको कार्यान्वयन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्