आर्थिक कूटनीति सम्बन्धी समीक्षा तथा समन्वय कार्यक्रममा एनआरएनएद्वारा सुझाव प्रस्तुत
नेपाल । परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखाले आयोजना गरेको आर्थिक कूटनीति सम्बन्धी समीक्षा तथा समन्वय कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष डा. बद्री केसीले नेपालको आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनलाई प्रभावकारी बनाउन नीतिगत, संस्थागत तथा संरचनागत सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ। उहाँले एनआरएनलाई संविधानतः अधिकार प्रदान गरी अझ प्रभावकारी रूपमा लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्ने उहाँको धारणा थियो।
उहाँले नेपालले सुरुमा व्यापार कूटनीतिबाट कूटनीतिक अभ्यास प्रारम्भ गरेको उल्लेख गर्दै हाल विश्वव्यापी रूपमा आर्थिक कूटनीति (Economic Diplomacy) प्रमुख आधार बनेको बताउनुभयो। दूतावासहरूलाई आर्थिक कूटनीतिमा अझ सक्रिय बनाउनुपर्ने उहाँको धारणा थियो।
डा. केसीले एनआरएनए, FNCCI, CNI लगायत संस्थाहरूलाई आर्थिक कूटनीतिको अविच्छिन्न हिस्सा बनाउँदै व...









