शनिबार कोलोराडोमा सरस्वती पूजा कार्यक्रम गरिंदै, उपस्थितिका लागि अनेसासको अनुरोध
कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाद्वारा यही फेब्रुअरी १७ तारिक शनिबारका दिन सरस्वती पूजा कार्यक्रम आयोजना गर्न लागिएको छ ।
नेपाली भाषा पाठशालाका विधार्थी, शिक्षक तथा स्वयम्सेवकहरुको सहभागितामा सरस्वती पूजा कार्यक्रम गर्न लागिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले बताउनु भयो ।
अमेरिकाको कोलोराडोस्थि नेपाली साँस्कृतिक केन्द्र (नेपाली घर) मा दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।
नेपाली भाषा पाठशालामा अध्ययरत बालबालिकाहरुद्वारा नै कार्यक्रम सञ्चालन गरिने र बालबालिकाहरुको मात्र प्रस्तुती रहने अध्यक्ष सिटौलाले बताउनु भयो ।
कोलोराडो स्थिति सम्पूर्ण नेपाली भाषी र अभिभावकहरुलाई आफ्ना नानीबाबुसहित उपस्थित भई कार्यक्रम सफल पारिदिनु हुन अनेसास कोलोराडो शाखाका सचिव लालप्रसाद चौलागाईँले अनुरोध गर्नु भएको छ ।
कार्यक्रमको ...









