अमेरिकाको बोस्टनमा सञ्चालित कन्सुलर सेवा घुम्ती शिविरमा सेवाग्राहीको भीड
बोस्टन । अमेरिकाको न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावासले मासाच्युसेट्स राज्यको बोस्टनमा सञ्चालन गरेको दुइ दिने कन्सुलर सेवा घुम्ती शिविरको पहिलो दिन, १३३ जना सेवाग्राहीहरुले सेवा लिएका छन् । जस मध्य ११७ जनाले पास्पोर्ट नविकरण र १६ जनाले अन्य सेवाहरु लिएका छन् ।
उक्त शिविर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यासाच्युसेट्स र न्यू हेमसायर च्याप्टरको संयोजनमा Alewife Brook Park way, Cambridge, MA-02138 मा सञ्चालन भइरहेको छ। उक्त शिविरबाट म्यासाच्यूसेट्स राज्यसहित छिमेकी राज्यहरु न्यू हेमसायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोवास गर्ने प्रवासी नेपालीहरुले सेवा लिएका थिए ।
एनआरएनए, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले अपेक्षा गरिए भन्दा निकै बढी संख्यामा सेवाग्राहीहरुले पहिलो दिनमै सेव...









