२१ बैशाख २०८१, शुक्रबार

अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो फिचर)

कोलोराडोखबर संवाददाता , April 15th, 2024

अमेरिका (सानफ्रान्सिस्को) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा अप्रिल १४ तारिखका दिन नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकीसहित परेडको आयोजना गरिएको एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिनु भयो । नेपाल परेड विशेष कार्यक्रम बिहान ११ बजे सिटीहलमा भएको हो ।

न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि

स्थानीय मार्केट स्ट्रिटमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत भएको थियो । कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रहेका एनआएनएन च्याप्टरबाट पनि सहभागिता थियो । एनआरएनए एनसीसीका अध्यक्ष डा. अर्जुन बञ्जाडेसहितका पदाधिकारी र बीओडीहरुको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्