२१ बैशाख २०८१, शुक्रबार

कोलोराडोमा नेपाली नयाँबर्षको उपलक्ष्यमा नेपाल डे परेड आयोजना हुँदै

कोलोराडोखबर संवाददाता , April 17th, 2024

नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयांबर्ष २०८१ कोलोराडो निवासी नेपालीभाषीहरुले “नेपाल डे परेड” आयोजना गरी मनाउने भएका छन् ।

कोलोराडोमा नेपाली भाषी समुदायबीच सकृय संस्था रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाहरुको सहभागितामा “नेपाल डे परेड” संगै नयां बर्ष मनाउन लागिएको रकी माउन्टेन्ड फ्रेन्डस अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् ।

यही अप्रील २१ तरिक आईतबार अपरान्ह १२ बजे देखी दिउसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालन हुने कार्यक्रममा स्थानीय बोल्डर सिटीका मेयर लगाएतका बिभिन्न अतिथिहरुको उपस्थिती रहने अध्यक्ष बगालेले बताएका छन् ।

यहाका स्थानीयलाई नेपाल र नेपालीको भाषा संस्कृती पहिचाहन गराउन पाउने यस महत्वपूर्ण कार्यक्रममा सकेसम्म आ-आफ्नो संस्कृती झल्कने भेषभुषामा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ । त्यसैगरी संघसंस्थाहरुलाई संभव भएसम्म ब्यानर सहित उपस्थित भईदिनुहुन समेत अनुरोध गरिएको छ ।

अध्यक्ष बगालेले कार्यक्रममा संघसंस्थाका प्रतिनिधि बुद्धीजिवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपाली भाषी बुबा आमा, दाजुभाई, दिदी बहिनी तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने सबैलाई उपस्थित भई कार्यक्रमलाई भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग गरिदिन हुन समेत अनुरोध गरेका छन् ।

परेड कार्यक्रम हरेक बर्ष भौगोलिक स्थितीले काठमाडौं उपत्यकासंग मिल्दो जुल्दो शुन्दर नगर बोल्डरमा आयोजना हुने गर्दछ । केहीबर्ष अगाडि देखी अमेरिकाको बिभिन्न स्टेटमा नेपाली परेड आयोजना हुन थालेको छ । कोलोराडोको परेड भने यहां स्थित बोल्डर सिटी एण्ड काउन्ट्रिको कार्यालयले सन् २००३ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो साता नेपालीहरुको नयां बर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि आयोजना गर्न थालिएको हो ।

कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्देश्य लिई हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सकृयतामा यो कार्यक्रम सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्