अनेसास कोलोराडो शाखाको आयोजनामा भव्यताका साथ मनाइयो सरस्वती पूजा कार्यक्रम
कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाद्वारा यही फेब्रुअरी १७ तारिक शनिबारका दिन सरस्वती पूजा कार्यक्रम आयोजना गरिएको छ ।
नेपाली भाषा पाठशालाका विद्यार्थीहरूद्वारा सञ्चालित सरस्वती पूजा कार्यक्रम नेपाली सांस्कृतिक केन्द्र, वेष्टमिन्स्टर कोलोराडोमा सम्पन्न गरिएको हो ।
कार्यक्रम संचालन एरिका अधिकारीले गरेकी थिइन् । भाषा पाठशालाका शिक्षकशिक्षिकाहरू र बिद्यार्थीको समुपस्थितिमा गुरु जीवन बरालद्वारा स्वस्ति वाचनसहित पूजा आरम्भ गरिएको थियो । भाषा पाठशालाका शिक्षकशिक्षिका र बिद्यार्थीसहित गुरु जीवन बरालबाट सरस्वती बन्दना गरिएको थियो ।
शिक्षकशिक्षिका, बिद्यार्थी अभिभावकद्वारा सरस्वती माताको पूजा, पुष्प अर्पण तथा दर्शन गरी भाषा पाठशालाका शिक्षिकाहरूबाट विद्यार्थी आभिभावक तथा उपस्थित पाहुनाहरूलाई प्रसाद वितरण गरिएको थियो ।
कार्यक्रममा ३०० जना भन्दा धेरैको उपस्थि...









