नेपाली सांस्कृतिक केन्द्रमा हनुमान चालिसा भजन कृतन कार्यक्रम आयोजना हुँदै
नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्र नेपाली घर कोलोराडोमा प्रशिद्ध हनुमान चालिसा भजन कृतन कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाली घरको आोजना तथा हनुमान चालिसा भजन कृतन समूह ( Chanting Lead by: Sabina & Ajaya Pradhan ) को सहयोगमा आगामी मे ५ तारिकका दिन दिउँसो ठीक ३ बजेदेखी ५ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा कार्यक्रम आयोजना हुन लागेको हो ।
तेत्तीस कोटी देवी देवतामा बिश्वास गर्ने नेपाली सांस्कृतीक परंपरा अनुसार सबै देवी देवताहरुको आ आफ्नै बिशेषता र महत्व रहेको छ । सोही अनुसार कोलोराडोमा बिगत लामो समयदेखि निरन्तर रुपमा हरेक महिना हनुमान चालिमा भजन कृतन कार्यक्रम सञ्चालन हुदै आएको छ ।
हरेक महिनाको पहिलो आईतबार आयोजना हुने कोलोराडो कै प्रशिद्ध धार्मिक कार्यक्रम यस पटक नेपाली भाषीहरुको आस्थाको केन्द्र नेपाली घरमा आयोजना हुन लागेको नेपाली घरका अध्यक्ष जग...









