अन्तर्राष्ट्रिय नारी दिवस मनाउन पाहुनाहरु कोलोराडो आउनेक्रम शुरु, शुक्रबार एनआरएनए नाइट
कोलोराडो । यसवर्ष ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन अमेरिका निवासी नेपालीहरु शनिबार कोलोराडोमा भेला हुँदै छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजना, एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजनामा आगामी शनिबार अर्थात मार्च ९ तारिखका दिन कोलोराडोमा अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम शनिबार दिउँसो १ बजे बाट ६ बजेसम्म हुने छ ।
कार्यक्रममा सेभेन समिट गरेकी शाहसी महिला शैली बस्नेत कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनु हुनेछ भने प्राप्ति विष्ट, रितु तुलाधर र नायिका रेखा थापा विशिष्ट अतिथिका रुपमा सहभागी हुनु हुनेछ ।
यसैक्रममा कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी र कोलोराडो बाहिरबाट एनआरएनए एनसीसीका पदाधिकारीहरु पनि कोलोराडो आउने क्रम शुरु भएको छ ।
एनआरएनए एनसीसीले अमेरिकामा रहेका आफ्ना सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिताका ला...








