३ आश्विन २०८३, शनिबार

कोलोराडो विशेष/अमेरिका

भर्जिनियाबाट हराइरहेकी नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्ट पक्राउ

भर्जिनियाबाट हराइरहेकी नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्ट पक्राउ

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट २२ दिनदेखि हराईरहेकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टका श्रीमान् नरेश भट्ट गिरफ्तार भएका छन् । उनलाई बिहीबार बिहान स्थानीय प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले शंकाष्पद भन्दै निगरानीमा राखेको थियो । बुधबार घर खानतलासी गरेको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । करीब १ वर्ष छोरीलाई प्रहरीले आफूहरुसँगै लगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे थप जानकारी दिने भनेको छ । जुलाई ३१ देखि ममता सम्पर्कविहीन भएपछि ममताको खोजीका लागि मनासस पार्क प्रहरी चौकी अगाडि सबै समुदायका व्यक्तिहरु, ममताका साथीहरु, स्वास्थ्यकर्मी, शुभचिन्तक, बिभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरुले दवाव सिर्जना गरिरहेका छन् । (–फोटोहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुबाट साभार ।) ...
अमेरिकाको कोलोराडोमा सेप्टेम्बर २२ मा पहिलोपल्ट कुमारी रथ तानेर येंयाः मनाइँदै

अमेरिकाको कोलोराडोमा सेप्टेम्बर २२ मा पहिलोपल्ट कुमारी रथ तानेर येंयाः मनाइँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्धेश्यले येंयाः को कार्यक्रम आयोजना गर्न लागिएको छ । कोलोराडो नेवाः खलःको आयोजनामा बर्षा र सहकालका देवता ईन्द्रको पूजा आराधना गर्दै नेवाः समुदायले मनाउने येंयाः आगामी सेप्टेम्बर २२ तारिक आइतबारका दिन नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा मनाउन लागिएको हो । इन्द्रजात्रा काठमाडौं , भक्तपुर, ललितपुर, लगायत नेवाः समुदायको बस्ती रहेका स्थानमा इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवाः समुदायले मनाउने जात्रा हो । यसलाई इन्द्र जात्रा पनि भनिन्छ। इन्द्र जात्राको प्रमुख कार्य नै लिंगो ध्वजा स्थापना हो । मठैमठ र मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल मानिन्छ । जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरू भई मंगल चौथीसम्म आठ दिन विभिन्न नाच, गान, रथया...
तमु प्ये ल्हु अमेरिकाले अगस्त २४ मा कोलोराडोमा सम्मान कार्यक्रम गर्ने

तमु प्ये ल्हु अमेरिकाले अगस्त २४ मा कोलोराडोमा सम्मान कार्यक्रम गर्ने

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको १०औं वार्षिकोत्सवको अवसरमा गत जुन २९ र ३० (शनिबार र आइतबार) भव्यताका साथ सम्पन्न अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता सफल बनाउन साथ सहयोग गर्नेहरुलाई प्रशंसापत्र सहित सम्मान गरिने भएको छ । उक्त कार्यक्रमको सहआयोजकमा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) रहेका थिए । उक्त प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग पुर्‍याउनु हुने सहयोगी मनहरु, सम्पूर्ण आयोजक समितिका सदस्यहरु, स्वयम्सेवक तथा सहयोगीदाताहरुलाई सम्मान गर्न लागिएको तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्र ब. क्रोम्छे तमुले बताउनु भयो । ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए ...
एनआरएनए कोलोराडो च्याप्टरद्वारा डा. स्वर्णिम वाग्लेसँग आफूहरुका १६ सवाल प्रस्तुत

एनआरएनए कोलोराडो च्याप्टरद्वारा डा. स्वर्णिम वाग्लेसँग आफूहरुका १६ सवाल प्रस्तुत

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरले रास्वपा उपसभापति, वरिष्ठ अर्थविद् तथा प्रतिनिधि सभाका सांसद डा. स्वर्णिम वाग्लेसँग आफूहरुका विभिन्न समस्याहरु तथा समाधानका लागि गर्नु पर्ने विषयवस्तुहरु प्रस्तुत गरेको छ । पार्टी कामको शिलशिलामा हाल कोलोराडोमा आएका डा. वाग्लेलाई एनआरएनए कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष आरसी पन्त, च्याप्टर अध्यक्ष प्रकाश पौडेल, एनआरएनए एनसीसी अमेरिकाका बीओडी निमा शेर्पासहित एनआरएनएका सदस्यहरुले आफ्ना जिज्ञासासहित १६ बुँदे सवालहरु प्रस्तुत गरिएको हो । एनआरएनहरुलाई नागरिकता दिन थालिए पनि अधिकार संकुचित गरिएको, राजनीतिक अधिकार नदिएपनि अरु अधिकार आम नेपालीहरुले पाए अनुसारनै पाउनु पर्ने, एनआरएनहरुले नेपालमा स्वास्थ्य, शिक्षा, सूचना प्रविधि लगायता क्षेत्रमा लगानी गर्न चाहे पनि सरकारी प्रक्रिया झंझटिलो रहेकोले त्यसलाई सहजीकरण गर्नका लागि पहल गरिदिन अनुरोध गरे । साथै अमे...
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको उपस्थितिमा कोलोराडोमा अन्तक्रिया कार्यक्रम सम्पन्न

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको उपस्थितिमा कोलोराडोमा अन्तक्रिया कार्यक्रम सम्पन्न

कोलोराडो । अमेरिकाको कोलोराडोमा अगस्ट १६ तारिक शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क समिति कोलोराडोको आयोजनामा अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । रास्वपा प्रवास नेपाली सम्पर्क समितिका अध्यक्ष दीपक सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपाका उपसभापति , सांसद तथा वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिम वाग्लको उपस्थिति रहेको थियो । वेष्टमिनिस्टरको म्यारियट होटलमा सम्पन्न कार्यक्रममा कोलोराडो स्थितको विभिन्न संघ संस्थाका पदाधिकारी लगायत नेपालीभाषी जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा डा. वाग्लेले नेपालको अर्थतन्त्र राजनीति र समसामयिक विषयको यथार्थ चित्रण गर्दै नेपालमा आन्तरिक र बाह्य दुवै क्षेत्रमा बसाई सराइले नेपालका कैयौँ भू-भाग रित्तिदै गएको र सबल र सक्षम जनशक्ति नहुने अवस्था आउन सक्ने संभावना औल्याए । राजनीतिमा ...
अमेरिकाको भर्जिनियाबाट हराइरहेकी नेपाली नर्स ममता काफ्ले अझै सम्पर्कबिहीन

अमेरिकाको भर्जिनियाबाट हराइरहेकी नेपाली नर्स ममता काफ्ले अझै सम्पर्कबिहीन

अमेरिका । अगस्त १ देखि अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट हराईरहेकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट अझैसम्म पनि फेला परेकी छैनन् । ममताको ११ महिनाको बच्चा छ । ममताको खोजीका लागि मनासस पार्क प्रहरी चौकी अगाडि सबै समुदायका व्यक्तिहरु, ममताका साथीहरु, स्वास्थ्यकर्मी, शुभचिन्तक ,बिभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरुले दवाव सिर्जना गरिरहेका छन् । यता, नेपाली समुदायले ममताका परिवारका सदस्यलाई अमेरिका झिकाउने प्रयास जारी राखेका छन् । ममताको लागि काम गरिरहेका नेपाली समुदायले अमेरिकी सिनेटर, सांसदहरुसँग ममताका परिवारका सदस्यहरुलाई झिकाउने सवालमा अथक प्रयास गरिरहेका छन् ।  ...
कोलोराडोमा वरिष्ठ आख्यानकार कृष्ण धरावासीले दिए आख्यान लेखन सम्बन्धी प्रशिक्षण

कोलोराडोमा वरिष्ठ आख्यानकार कृष्ण धरावासीले दिए आख्यान लेखन सम्बन्धी प्रशिक्षण

कोलोराडो । अनेसास कोलोराडो शाखाको आयोजनामा अगस्त १७ तारिकका दिन आख्यान लेखन कार्यशाला सम्पन्न भएको छ । बिहान ११ बजेदेखि २ घण्टासम्म क्रस रोड कम्युनिटी सेन्टरमा उक्त कार्यक्रम सञ्चालन भएको हो । सहभागीहरुलाई वरिष्ठ आख्यानकार कृष्ण धरावासीले प्रशिक्षण प्रदान गरेका थिए । आख्यान लेखनको शैली र ध्यान पुर्याउनु पर्ने विविध पाटाहरुबारे धरावासीले प्रष्ट पारेका थिए । कार्यक्रममा पदम विश्वकर्मा, पुष्पराज पौडेल, निर्मला अर्याल, धन पौडेल, विजयराज शर्मा, दामोदर लुईंटेल, भुपेन्द्र महत, चन्द्र खत्री, सन्तोष सुवेदी, तारा अधिकारी, गंगा अभिलाषी, विजयदेव अधिकारी, राजु सिटौला, लालप्रसाद चौलागाईं, किरण अधिकारी, विकास त्रिपाठी, डा. शारदा त्रिपाठी, बसन्त लम्साल, हरिभक्त आचार्य र रञ्जना आचार्य लगायत भाषा साहित्यप्रति रुचि भएका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उक्त कार्यशालामा साहित्यकार मन्जु बिमलीको पनि उ...
उप-विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल रहेको अमेरिकी दूतावासको प्रतिक्रिया

उप-विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल रहेको अमेरिकी दूतावासको प्रतिक्रिया

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अगस्ट १६ तारिख शुक्रबार भएको भेटमा उहाँहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षासमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको उल्लेख ...
अमेरिकाको ओहायो र पेन्सिलभेनियामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता हुँदै

अमेरिकाको ओहायो र पेन्सिलभेनियामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता हुँदै

अमेरिका । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा अमेरिका र क्यानडामा बस्ने नेपालीबीचमा सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता आयोजन हुनेभएको छ । यही अगष्ट ३० देखि आगामी सेप्टेम्बर १५ सम्म अमेरिकाका दुई राज्यमा प्रतियोगिता आयोजना हुने आयोजकले जानकारी दिएको छ । फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले यी प्रतियोगितामा भाग लिनका लागि खेलाडी र खेल समूह नेपाली मूलको तथा नेपाली भाषी हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको बताउनुभयो । फुटबल प्रतियोगिता अगष्ट ३० देखि सेप्टेम्बर २ सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन र भलिबल प्रतियोगिता सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा आयोजना हुनेछ । अध्यक्ष अधिकारीले नेपाली समुदायका बीच आपसी सद्भाव अभिवृद्धि गर्ने, युवामा खेल तथा स्वच्छ प्रतिष्पर्धाको भावना विकास गर्ने, सामाजिक तथा खेल अनुशासनका माध्यमबाट आपसी भाइचारा...
कोलोराडोमा नेपाली संस्थाहरुको सहयोगार्थ सेप्टेम्बर ८ मा ‘फन्ड रेजिङ डिनर’ कार्यक्रम हुँदै

कोलोराडोमा नेपाली संस्थाहरुको सहयोगार्थ सेप्टेम्बर ८ मा ‘फन्ड रेजिङ डिनर’ कार्यक्रम हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा सक्रिय सम्पूर्ण नेपाली संघसंस्थाको सक्रिय सहयोगमा हेल्पिङ हेण्ड हेल्थ एजुकेशन र नेपाली घरलाई आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले फन्ड रेजिङ डिनर कार्यक्रम आयोजना हुने भएको छ । हेल्पिङ ह्यान्ड्स नेपाल र नेपाली घरको समन्वयमा आगामी सेप्टेम्बर ८ तारिक आइतबार फन्ड रेजिङ डिनर कार्यक्रम आयोजना गर्न लागिएको हो । 11885 Bradburn Blvd. Westminster स्थित हलमा बेलुका ५ बजेदेखि ८ बजेसम्म संचालन हुने उक्त फन्ड रेजिङ डिनर कार्यक्रमलाई भव्य, सभ्य र व्यबस्थित रुपमा सफल पार्न दुई छुट्टा छुट्टै समिति गठन गरि कार्य बिभाजन गरिएको छ । आइतबार बेलुका ४ बजेदेखि ८ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा, कोलोराडोमा सक्रिय बिभिन्न संघ संस्थाहरुको सहभागितामा एक बैठक बसी समिति गठन तथा कार्य बिभाजन गरिएको हो । हेल्पिङ ह्यान्डस नेपाल र नेपाली घरद्वारा आयोजित उक्...