अमेरिकामा मनाइयो २०औं रक्तदाता दिवस र १४औं बीडीए स्थापना दिवस
-नातीबाबु भट्ट (कोलोराडो, अमेरिका) । सदा झैँ यसपटक पनि ब्लड डोनर्स अफ अमेरिका (बीडीए) ले २०औं विश्व रक्तदाता दिवस र बीडीएको १४ औं स्थापना दिवसको उपलक्ष्यमा जूम मार्फत कार्यक्रम आयोजना गरि सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिंदै शुभकामना आदानप्रदान गरेको छ ।
कार्यक्रममा अमेरिका बाहेक क्यानाडा तथा नेपालबाट पनि सहभागिता रहेको थियो । बीडीएका बरिष्ठ उपाध्यक्ष शिव काफ्लेले सबै सहभागीहरुलाई स्वागत गरेका थिए भने अध्यक्ष भुषणलाल श्रेष्ठले रक्तदाता दिवसको महत्व र उपलब्धिको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा बीडीएका पूर्व अध्यक्ष डा. नन्द रेग्मीले ब्लड डोनर्स अफ अमेरिका हिजो, आज र भोलिको बारेमा छोटकरीमा प्रकाश पारेका थिए ।
त्यसैगरी कार्यक्रममा म्याराथन धावक तथा बीडीएका आजीवन सदस्य ८० पटक भन्दा धेरै रक्तदान गरिसकेका टेक्सास निवासी अनुप श्रेष्ठले रक्तदान सम्बन्धमा आफ्नु अनुभव सुनाएका ...








