२३ बैशाख २०८१, आईतवार

कोलोराडोमा आगामी सोमबार एनआरएन नागरिकता सम्बन्धी अन्तरक्रिया हुने

कोलोराडोखबर संवाददाता , April 25th, 2024

कोलोराडो (अमेरिका) । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोलोराडो च्याप्टरको आयोजनामा अप्रिल २९ तारिख सोमबारका दिन एनआरएन नागरिकता सम्बन्धी अन्तरक्रिया हुने भएको छ ।

उक्त दिन साँझ ६ बजेदेखि ७ः३० बजेसम्म नेपाली घरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनु भयो ।

नेपालको संघीय संसद प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना र राष्ट्रिय स्वतन्त्र पार्टी एनआरएन विभागका उपाध्यक्ष तथा नेपालका युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार डा. प्रणय राणाको उपस्थितिमा उक्त कार्यक्रममा हुन लागेको हो । यो कार्यक्रम राजनीति कार्यक्रम नभई समाजका लागि उपयोगी कार्यक्रम भएका हुँदा कोलोराडोवासी सम्पूर्णलाई उपस्थितिका लागि एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष पौडेलले अनुरोध गर्नु भयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारले एनआरएन (फरक किसिमको) नागरिकता भनिरहँदा अन्य देशले दोहोरो नगरिकता जसरी लिइरहँदाको बारेमा, पैत्रिक सम्पत्तिको कारोबार सहजताबारे, भिसा आवश्यकताको स्पष्टताबारे र नेपाली नागरिकता गुमाएका गैरआवासीय नेपालीहरूको एनआरएन नगरिकता प्राप्ति प्रक्रिया सहज बनाउने बारेमा छलफल तथा अन्तरक्रिया हुनेछ ।

प्रतिक्रिया दिनुहोस्