२३ बैशाख २०८१, आईतवार

कोलोराडोमा पहिलो पटक इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी शुरु

कोलोराडोखबर संवाददाता , April 25th, 2024

कोलोराडो (अमेरिका) । अमेरिकाको कोलोराडोमा नेपाली समुदायका बीचमा पहिलो पटक अन्तरराज्य स्तरीय (इन्टर स्टेट) पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब(सीएनवाईसी) को सहआयोजकमा जुन २९ र ३० तारिखका दिन उक्त प्रतियोगिता गर्न लागिएको हो ।

अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा ल्याएर ‘सहभागिता र एकताका लागि खेलकुद’ भन्ने नाराका साथ नेपाली डायस्पोरा भित्र नेपाली युवा सहभागितालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन र संलग्न गराउनु कार्यक्रमको उद्देश्य गरेको तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्रबहादुर गुरुङले बताउनु भयो ।

उक्त प्रतियोगिताको व्यवस्थापनका लागि तीब्र रुपमा तयारी भइरहेको छ । प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरु र क्यानडासमेतबाट २०–२५ टिमको सहभागिता रहने आयोजकहरुले आंकलन गरेको एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनु भयो ।

प्रतियोगिता व्यवस्थापन समितिको संयोजकमा चन्द्र गुरुङ र सहसंयोजकमा कैलाश गुरुङ रहनु भएको छ । संयोजक चन्द्र गुरुङ एनआरएनए कोलोराडो च्याप्टरका युवा संयोजक हुनुहुन्छ ।

प्रगियोगितामा सहभागिताका लागि ६०० डलर टिम दर्ता शुल्क निर्धारण गरिएको छ । अप्रिल २८ तारिख आइतबार १२ बजे नेपालीघरमा एक कार्यक्रमबीच प्रतियोगिता सम्बन्धी विस्तृत विवरणसहित घोषणा गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्