२८ बैशाख २०८१, शुक्रबार

अमेरिकाको ओमाहा नेब्रास्कामा शनिवार एनआरएन नागरिकता सम्बन्धी अन्तरक्रिया हुँदै

कोलोराडोखबर संवाददाता , April 26th, 2024

अमेरिका (ओमाहा, नेब्रास्का) । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेब्रास्का च्याप्टरको आयोजनामा अप्रिल २७ तारिक शनिवारको दिन एनआरएन नागरिकता सम्बन्धी अन्तरक्रिया हुने भएको छ ।

उक्त दिन साँझ ६ बजेदेखि ७ः३० बजेसम्म Bellevue University मा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एनआरएनए नेब्रास्का च्याप्टरका अध्यक्ष राज आचार्यले जानकारी दिनु भयो ।

एनआरएनए (एनसीसी यूएसए) का अध्यक्ष डा. अर्जुन बन्जाडे र राष्ट्रिय स्वतन्त्र पार्टी एनआरएन विभागका उपाध्यक्ष तथा नेपालका युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार डा. प्रणय राणाको उपस्थितिमा उक्त कार्यक्रममा हुन लागेको हो ।

यो कार्यक्रम राजनीतिक कार्यक्रम होइन, समाजका लागि अति उपयोगी कार्यक्रम भएका हुँदा नेब्रास्कावासी सम्पूर्णलाई उपस्थितिका लागि एनआरएनए नेब्रास्का च्याप्टरका अध्यक्ष आचार्यले अनुरोध गर्नु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारले एनआरएन (फरक किसिमको) नागरिकता भनिरहँदा अन्य देशले दोहोरो नगरिकता जसरी लिइरहँदाको बारेमा, पैत्रिक सम्पत्तिको कारोबार सहजताबारे, भिसा आवश्यकताको स्पष्टताबारे र नेपाली नागरिकता गुमाएका गैरआवासीय नेपालीहरूको एनआरएन नगरिकता प्राप्ति प्रक्रिया सहज बनाउने बारेमा छलफल तथा अन्तरक्रिया हुनेछ ।

साथमा नेब्रास्कावासीलाई भरपूर मनोरञ्जन गराउन नेपालबाट नेपाली सिनेमाका प्लेब्याक गायक कृष्ण काफ्लेले आफ्ना मिठामिठा सुमधुर गीतहरु प्रस्तुत गर्नु हुनेछ ।

नेब्रास्कावासी नेपालीहरुको लागि नेपाल सरकारबाट आफुले पाउने आफ्ना हक अधिकार सम्बन्धी जानकारीमुलक कार्यक्रम पहिलो पटक नेब्रास्कामा आयोजना गरिएको हो । साथै भुटानी नेपालीहरुले पनि आफुहरुलाई नेपाल सरकारले एनआरएनए कार्ड दिए नेपालको विकासमा ठूलो सहयोग गर्न सक्ने कुरा राख्न भुटानी समाजबाट पनि उल्लेख्य उपस्तिथी रहने जानकारी आएको छ ।

प्रतिक्रिया दिनुहोस्