अप्रिल २१ मा स्थापना दिवस मनाउने नेपाल अमेरिका पत्रकार संघको निर्णय
अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आउँदो अप्रिल २१ तारिख आइतवारका दिन ‘नेजा स्थापना दिवस’ मनाउने निर्णय गरेको छ । गत जनवरी २० तारिख शनिवार नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरुसहित जुममार्फत बसेको १०औं बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सन् २००७ अप्रिल २१ देखि २२ सम्म भर्जिनिया राज्यको आर्लिङ्टनमा सम्पन्न भएको संस्थाको पहिलो अधिवेशनलाई आधार मानी, आउदो अप्रिल २१ तारिख आइतवारका दिन विविध क्रियाकलापहरु गरेर ‘नेजा स्थापना दिवस’ मनाउने निर्णय गरेको हो ।
नेजाको ऐतिहासिक दस्तावेजका अनुसार उक्त अधिवेशन गिरीश पोखरेलको संयोजकत्वमा सम्पन्न भएको थियो । अधिवेशनले संस्थाको विधानलाई पारित गर्दै गिरीश पोखरेलको नेतृत्वमा गठित तत्कालीन नेजा कार्यसमितिलाई औपचारिक रुपमा मान्यता दिएको थियो ।
यिनै ऐतिहासिक तथ्यलाई आधारमानी नेजाको इतिहासमा अप्रिल २१ अत्यन्त म...









