अमेरिकाको बाल्टिमोरमा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ पुस्तक बिमोचन
अमेरिका । अमेरिकामा बस्दै आएका सुवास घिमिरेले लेखेको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ । कार्यक्रम बाल्टिमोरको फेमिली किचेनको सभाहलमा भएको थियो ।
जय नेपाल इन्टरनेशनल फाउण्डेशन मेरील्याण्ड च्याप्टरको संयोजनमा आयोजित कार्यक्रममा जयनेपाल इन्टरनेसनल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डित, एनआरएनए आइसीसीका पूर्वअध्यक्ष रबिना थापा, जयनेपाल फाउन्डेसनका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्मा पौडेल, हिन्दु बुद्ध मन्दिर मेरिल्याण्डका अध्यक्ष डा. श्याम कार्की र लेखक तथा अनुवादक सुवास घिमिरेले उक्त पुस्तकको लोकार्पण गरेका थिए ।
लोकार्पण गरिएको उक्त पुस्तकमाथिको चर्चा गर्दै बक्ताहरुले ४७ वर्ष अगाडि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अदालतमा व्यक्त गरेको मानव अधिकार, प्रजातन्त्र र नागरिक अधिकारका विषयमा आफ्नो आफ्नो ढंगले ब्याख्या गरे । बिपीको संघर्ष र बल...









