कोलोराडोमा नेपाली संस्थाहरुको सहयोगार्थ सेप्टेम्बर ८ मा ‘फन्ड रेजिङ डिनर’ कार्यक्रम हुँदै
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा सक्रिय सम्पूर्ण नेपाली संघसंस्थाको सक्रिय सहयोगमा हेल्पिङ हेण्ड हेल्थ एजुकेशन र नेपाली घरलाई आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले फन्ड रेजिङ डिनर कार्यक्रम आयोजना हुने भएको छ । हेल्पिङ ह्यान्ड्स नेपाल र नेपाली घरको समन्वयमा आगामी सेप्टेम्बर ८ तारिक आइतबार फन्ड रेजिङ डिनर कार्यक्रम आयोजना गर्न लागिएको हो ।
11885 Bradburn Blvd. Westminster स्थित हलमा बेलुका ५ बजेदेखि ८ बजेसम्म संचालन हुने उक्त फन्ड रेजिङ डिनर कार्यक्रमलाई भव्य, सभ्य र व्यबस्थित रुपमा सफल पार्न दुई छुट्टा छुट्टै समिति गठन गरि कार्य बिभाजन गरिएको छ । आइतबार बेलुका ४ बजेदेखि ८ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा, कोलोराडोमा सक्रिय बिभिन्न संघ संस्थाहरुको सहभागितामा एक बैठक बसी समिति गठन तथा कार्य बिभाजन गरिएको हो ।
हेल्पिङ ह्यान्डस नेपाल र नेपाली घरद्वारा आयोजित उक्...









