३१ भाद्र २०८१, सोमबार

एनसेल प्रकरणमा प्रधानमन्त्रीले भने, ‘म र मेरो परिवारको संलग्नता छैन’

कोलोराडोखबर संवाददाता , December 20th, 2023

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको स्वामित्व खरिद गर्ने व्यापारीसँग शीर्ष नेताहरुको सम्बन्ध रहेको स्वीकार गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको छलफलमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

समितिमा प्रधानमन्त्री प्रधानमन्त्री दाहालले भने, ‘हालै एनसेलको ८० प्रतिशत शेयर खरिद गर्ने गैरआवासीय नेपाली व्यवसायी सतिशलाल आचार्यसँग मेरो मात्र होइन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि राम्रै चिनजान छ ।’

ऐन, कानुन र राज्यको नियम विपरीत कोही जान्छ भने जोसुकै भए पनि नछाड्ने भन्दै प्रधानमन्त्रीले भने, ‘चिनेजानेको नाताले, अनुहार हेरेर मानिंदैन । राष्ट्र र जनताको हित नै मुख्य कुरा हो ।’ यो प्रकरणमा आफू र आफ्नो परिवारको कुनै संलग्नता नरहेको उनले जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्