-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा नेपालीभाषी समुदाय बिच सकृय सामाजिक संस्था नेपाली घरको नयां कार्यसमितीका पदाधिकारी छनौट प्रकृया सम्पन्न भएको छ ।
आगामी २ बर्षे कार्यकालको लागी डा.संगीता श्रोत्रियको संयोजकत्वमा भुषणलाल श्रेष्ठ र डा.आनन्द पौडेलले रहेको तिन सदस्सिय निर्वाचन समितीले नया कार्यसमितीका पदाधिकारीहरूको छनौट प्रकृया सम्पन्न गरेको हो ।
निर्वाचन समितीले प्रकाशित गरेको सूचना अनुसार कोलोराडोस्थित नेपालीभाषी समुदायको गौरवपूर्ण संस्था (Nepal America social cultural exchange society) नेपाली घरको आगामी २०२६–२०२८ कार्यकालका लागि संस्थापक सदस्य, समाजसेवी तथा कोलोराडो नेपाली समाजका पुराना व्यक्तित्व गंगा चौलागाईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
निर्वाचन समितीद्वारा निर्धारित समयसीमाभित्र उम्मेदवारी दर्ता तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि सबै पदहरूमा एकल उम्मेदवारी परेकाले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
निर्वाचन समितीका अनुसार निर्विरोध निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू यस प्रकार रहेको छ:
अध्यक्ष गंगा चौलागाईं, वरिष्ठ उपाध्यक्ष भोला कटुवाल, उपाध्यक्षद्वय कृष्ण काफ्ले र सुनीता थापा, महासचिव राजु खनाल, सचिव बिभिषिका अधिकारी, कोषाध्यक्ष राजन सापकोटा, संयुक्त कोषाध्यक्ष शैलेन्द्र श्रेष्ठ, जनसम्पर्क तथा सञ्चार अफिसर सुरेश रेग्मी, कल्चर तथा इभेन्ट अफिसर दिनेशकुमार कार्की, रिसोर्स तथा फेसिलिटी अफिसर पुस्कर बस्नेत , सूचना प्रविधि अफिसर डैनी ब्राह्मण, महिला सशक्तिकरण संयोजक समिका डिस्कोल र युवा संयोजक चन्द्रकान्त अधिकारी रहेका छन् । संस्थाका बोर्डअफ डिरेक्टरहरूमा क्रमश: दिनेश थापा, जित घिमिरे, उत्तरा बराल, अन्जना बस्नेत, सञ्जु बराल रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले नेपाली घरको संस्थागत विकास, सामुदायिक एकता, सांस्कृतिक संरक्षण तथा सामाजिक सेवाका कार्यक्रमहरूलाई थप प्रभावकारी ढंगले अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ । निर्विरोध निर्वाचनले समुदायमा रहेको आपसी सद्भाव, सहमति र एकताको सशक्त सन्देश दिएको छ ।
कोलोराडोको नेपालीभाषी समुदायमा नेपाली घर एक स्थापित तथा अग्रणी संस्थाको रूपमा रहँदै आएको छ । नेपाली घर नेपाली समुदायको आस्था, भरोसा र विश्वासको केन्द्र बनेको छ । यस संस्थाप्रति समुदायका सदस्यहरूको गहिरो अपनत्व र विश्वास रहेको छ । समुदायको यही विश्वासलाई आत्मसात् गर्दै नवनिर्वाचित कार्यसमितिले आगामी दिनहरूमा थाती रहेका सम्पूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गर्ने कुरामा समुदायको पूर्ण विश्वास रहेको छ ।
नेपालीभाषी समुदायको आस्थाको केन्द्र नेपाली साँस्कृतिक केन्द्र स्थापनागरी नेपाली भाषा संस्कृतीको संरक्षण पहिचान गर्दै पुस्तान्तरणको पहलगर्ने मुल उद्देश्य राखेर सन् २०१० मा विधीवत स्थापना भएको संस्थाको यस कार्यसमिती आठौं कार्यकालको लागी चुनिएका हुन् । संस्थाको निर्विरोध निर्वाचित सवै कार्यसमितीका पदाधिकारीहरूलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना ।



कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्