३ आश्विन २०८३, शनिबार

कविता: कत्ति राम्रो घाम कत्ति राम्रो जून

कोलोराडोखबर संवाददाता , September 19th, 2026

-लक्ष्मण आचार्य-
कत्ति राम्रो घाम कत्ति राम्रो जून
कत्ति जाती हुन्थ्यो पाएदेखि छुन

मिठो बोल्नेलाई सबले माया गर्छन्
कत्ति मिठो हुन्छ बाँसुरीको धुन

जीवनमा केही लक्ष्य राख्नु पर्छ
खोज राम्रो बन्न खोज राम्रो हुन

हामीभित्रै हुन्छ देवता र दानव
अघि बढ्न सधैं राम्रो बाटो चुन

दुःखहरू आउँछन् पार लाउनुपर्छ
हुन्न साथी हुन्न कुना पसी रुन

-चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्