३० भाद्र २०८३, मंगलवार

बुढ्यौली साहित्य समाज रौतहट सर्लाहीद्वारा युवाकवि मोतीराम भट्टको स्मरण

कोलोराडोखबर संवाददाता , September 15th, 2026

नेपाल । बुढ्यौली साहित्य समाज रौतहट सर्लाहीले आफ्नो बाह्रौँ शृङ्खलाका अवसरमा युवाकवि मोतीराम भट्टलाई स्मरण गरेको छ ।

सो कार्यक्रममा उपस्थित मकवानपुर, रौतहट तथा सर्लाहीका स्रष्टाहरूले कविता, मुक्तक, हाइकू, गजल वाचन गरेका थिए । आफ्ना रचना सुनाउनेहरूमा मकवानपुरका राजकुमार लामिछाने, महोत्तरीका प्रेमकुमार घिमिरे, देवी घिमिरे, नारद काफ्ले, सुदर्शनप्रसाद भट्टराई, सर्लाहीका जीवन आचार्य, उत्तम दाहाल, केदार सिग्देल, गोपालसिंह, जीवन आचार्य, नित्यानन्द कँडेल, सुलोचना महतो, पार्वती गौतमलगायत थिए ।

यसै गरी मन्तव्य व्यक्त गर्नेहरूमा साहित्यकार रमेशमोहन अधिकारी, यामिनीकुमार दीप, रामशरण उप्रेती आदि थिए ।

कार्यक्रममा मीना देवकोटा, कृष्णबहादुर केसी, निरज झा, करुणा आले आदिको उपस्थिति थियो ।

चतुर्भुजेश्वर सामुदायिक पुस्तकालय सुखेपोखरी, हरिवनको सभाकक्षमा सम्पन्न यस कार्यक्रमको सञ्चालन कवि राम आचार्यले, स्वागत अर्जुन थापाले तथा सभाध्यक्षता संस्थाका अध्यक्ष घनश्याम पन्तले गरेका थिए भने प्रमुख आतिथ्य बुढ्यौली साहित्य समाज मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्लेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्